तनहुँ, १२ कात्तिक । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दुई युवक घाइते भएका छन्।
बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा गएराति बा.प्र.०२–०५५ प १६३९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पम्फा बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बोटेको उपचारका क्रममा गएराति करिब ९ बजे मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अनिल गोतामे र पछाडि सवार १८ वर्षीय मन्दिप घिमिरे घाइते भएका छन्। घाइते दुवै जनाको लक्ष्मी सिटी अस्पताल, डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box



