झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बलात्कार अभियोगमा सजाय काटिरहेका बाबा गुरमित राम रहिम सिंहलाई आज मृत्युदण्डको सजाय सुनाइन सक्ने सम्भावना छ । एक साताअघि भएको सुनुवाइमा बाबालाई पत्रकार रामचन्द्र छत्रपतिको हत्यारा ठहर गरिएको छ । यो मुद्दामा आज सजाय सुनाइँदैछ । सिबिआइको विशेष अदालतले आज राम रहिमसमेत ४ जना दोषीहरुलाई सजाय सुनाउँदेछ । अदालतले गत शुक्रबार बाबा राम रहिम, निर्मल, कुलदीप र किशनलाल गरी चार जनालाई हत्यारा ठहर गरेको थियो । अदालतले राम रहिम र किशनलाललाई भारतीय दण्ड विधानको धारा १२० बी र ३०२ अनुसारको दोषी ठहर गरेको छ । धारा ३०२ का दोषीलाई कम्तीमा आजीवन कारावासको सजाय हुन्छ । यो धाराका दोषीलाई मृत्युदण्डसम्मको सजाय…

Read More

चलचित्र ‘गरुण पुराड’को कमेडीले दर्शकलाई तानिरहेको छ । यो चलचित्रको ट्रेलर रिलिजसँगै यसले दर्शकको ध्यान खिच्न सफल भएको हो । माघको ४ गतेबाट रिलिज हुने यो चलचित्रलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी सर्टिफिकेट’ पाएको छ । सुवास कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रले ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथालाई प्रस्तुत गरेको छ । माघ महिना विवाहको महिना भएको र चलचित्रले पनि यस्तै कथा बोकेकाले माघमा रिलिज गर्न लागेको निर्माणपक्षले बताएको छ । चलचित्रमा समावेश ‘म त पिरेममा परे’ बोलको गीत अहिले चर्चामा छ । चलचित्रमा नायक नाजिर हुसेन ब्यान्ड बाजा बजाउने यूवाको भूमिकामा छन् ।…

Read More

काठमाडौँ, ३ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र चौथो तथा समूह चरणको अन्तिम खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो । राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको…

Read More

बिराटनगर, ३ माघ । १ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । खोटाङको बाह्रपोखरी गाउँपालिका–५ सोह्रखानीमा चिसापानीबाट बाक्सिला तर्फ गईरहेको को २ त ६१७४ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक उदयपुरको चौदण्डीगढी नगरपालिका–७ का २२ वर्षीय टंक श्रेष्ठको ट्रयाक्टरले किचेर घटनास्थलमा नै मृत्यु भएको छ । सोही घटनामा परी खोटाङ बराहपोखरी–४ का ३६ वर्षीय ईन्द्र श्रेष्ठ र उदयपुर चौदण्डी नगरपालिका–८ का देवकुमार राई घाइते भएका छन् । घाईतेहरुको बिराट मेडिकल कलेज बिराटनगरमा उपचार भईरहेको छ । यसैगरी पाँचथरको पौवा भञ्याङबाट फिदिम नगरपालिका तर्फ…

Read More

ईलाम, ३ माघ । ईलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा भएको आगलागीमा परी ५४ बर्षीया बिष्णुमाया राईको मृत्यु भएको छ । माघ १ गते रातीको समयमा सुत्ने कोठामा टुकी बत्ती बालेर सुतिरहेको अवस्थामा टुकी बत्तीबाट अचानक बेडमा आगो सल्कन गई राईको शरीरको बिभिन्न भाग जल्दा गम्भीर घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि धरान स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा ल्याईएकोमा उपचारको क्रममा बुधवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Read More

उर्लाबारी, ३ माघ । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई आज उर्लाबारी परिवार हङकङले रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ । उर्लाबारी नगरपालिका– ७ का वडाध्यक्ष वीरबल थापा, उर्लाबारी परिवार हङकङका निवर्तमान अध्यक्ष विकास सुब्बा र सल्लाहकार पूर्ण वाइबाले संयुक्तरुपमा बालगृहका अध्यक्ष मीना बराललाई सो रकम हस्तान्तरण गर्नुभयो । भवन निर्माणका लागि उक्त रकम उपलब्ध गराएको अध्यक्ष सुब्बाले बताउनुभयो । विसं २०५७ मा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा स्थापित सो बालगृहमा हाल २२ जिल्लाका ४६ बालबालिका आश्रित छन् ।

Read More

पोखरा, ३ माघ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुने अन्य दुई पुरुष र एक महिला सनाखत हुन बाँकी रहेको छ । सो दुर्घटनामा घाइते भएका ३० मध्ये २० लाई पोखराको मणिपाल शिक्षण अस्पताल र दुईलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्राण्डी अस्पताल…

Read More

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन गरेका हुन् । मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो । तर, यो सेवा रोकेकामा सर्वसाधारणबाट समेत सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले महासेठलाई यस्ता विषयहरुमा ‘ह्याभोक क्रिएट’ नगर्न भनेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ३ माघ । पार्टी एकता भएको आठ महिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरू सक्रिय हुन सकेका छैनन् । गत पुसमा बसेको स्थायी समिति बैठकले एकताका बाँकी काम पूरा गर्नका लागि प्रस्ताव बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा एकताकोबाँकी काम लम्बिएको हो । स्थायी समितिले संगठन एकतासम्बन्धी प्रस्ताव तयार गर्न रामबहादुर थापा, महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ रहेको कार्यदल बनाएको थियो । पुसभित्र प्रस्ताव बनाई एकताको काम सक्ने भनिएको थियो । तर कार्यदलकै नियमित बैठक…

Read More

काठमाडौँ, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रोअनुसार २०७६ सालको दशैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ । विसं २०७५ सालको तुलनामा आगामी वर्षको दशैँ १२ दिन अघि परेको छ । पात्रोअनुसार फुलपाती १८ गते, १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ । तिहार कात्तिक १० गतेदेखि शुरु हुने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More