झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनेपा, १६ पुस । मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना ९प्रोसेसिङ० गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काभ्रे, १६ पुस । अर्धभूमिगतरुपमा विभिन्न क्रियाकलापमा सञ्चालन गर्दै आएको नेकपा माओवादी विप्लव माओवादीको ताम्सालिङ जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ । जिल्लाको रोशी गाउँपालिका–८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका–९ मंगलटारका बहादुरसिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजीनामा पास नै गरको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको जिल्ला इन्चार्ज शरद रसाइलीले बताए । माओवादीले अदालतको गलत फैसला बदर नभए सशक्त विरोध गर्ने चेतावनी दिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, १६ पुस । संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ । विमानबारे अध्ययन गर्न कठिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औँल्याउँदै आइतबार प्रतिवेदन तयार गरको हो । कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिले वाइडबडीमा संलग्नलाई निलम्बन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Read More

भद्रपुर, १६ पुस । मुनाल फुटबल क्लब तथा चन्द्रगढी भेट्रान्स क्लबलाई एक लाख १५ हजार मूल्य बराबरका खेल सामग्री प्रदान गरिएको छ । ब्रिटिस गोर्खामा कार्यरत मणि सुब्बा, बासुदेव रिजाल, सुरज वालिङ्ग, शैलेस राई, दिवस सुब्बा, अर्पण विष्ट, विनायक लिम्बू र रेमन तामाङले मुनाल फुटवल क्लब तथा चन्द्रगढी भेट्रान्स क्लबलाई ९० हजार तथा झापा अष्ट्रेलिया समाजका उपाध्यक्ष उमेश पोखरेलले २५ हजार बराबरको खेल सामग्री प्रदान गरेका हुन् । सन्तोष पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन अशारु राजवंशीले गरेका थिए ।

Read More

सन्तोष शर्मा बनियानी, १६ पुस । झापाका दुई स्थानबाट प्रहरीले यसवर्षकै उच्च परिमाणमा लागुऔषध खैरो हिरोइन बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट प्राप्त सूचनाको आधारमा बिर्तामोड र अर्जुनधाराबाट ठूलो परिमाणमा खैरो हिरोइनसहित चार जना कारोबारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा दमक–६ मा बस्दै आएका पाँचथर फाल्गुनन्द–१ का संग्रामसिंह आङ्देम्बे लिम्बू, अर्जुनधारा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ताप्लेजुङ थुम्बेदिनका ४२ वर्षीय भीमबहादुर अधिकारी, उनकी श्रीमती ३८ वर्षीया ओममाया खतिवडा अधिकारी र उनकी साली झापा कचनकवल–२ की ३६ वर्षीया रेवतीमाया डाँगी रहेका छन् । झापाको बिर्तामोडस्थित इलाका प्रहरी…

Read More

सैनिकबजार, १५ पुस । २६०३ औं तमु ल्होसार पर्व २०७५ पुस १५ गते आइतबार विविध कार्यक्रम गरी मनाएको छ । तमु ह्युल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद् बिर्तामोड नगरसमितिले बिर्तामोड–१० सैनिकबजारस्थित गुम्वा परिषरमा उक्त पर्व मनाएको हो । तमू ह्युल छोंज धिं बिर्तामोड नगर समितिका अध्यक्ष धनकुमार गुरुङ (डिके)–को अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा मेयर शिवाकोटीले मन्तव्य राख्ने क्रममा बौद्ध धर्मावलम्वहरुको संस्कारमा प्रयोग गरिने खादाको विरोध गरेका थिए । कार्यक्रममा बोल्दै खादा मेयर शिवाकोटीले मैले खादाको बहिस्कार गरेको छु, यो प्रयोग गर्न पाइँदैन, यो…

Read More

काठमाडौँ, १५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उहाँहरुले रु ८० हजार घुस लिएको आयोगको दाबी छ । आयोगले उहाँहरुलाई सोही गाउँपालिका–४ बाट यही पुस १३ गते नियन्त्रणमा लिइएको भए पनि आवश्यक छानबिन पछि आज मात्रै सार्वजनिक गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ, १५ पुस । नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले क्यानाडा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता राजु नगरकोटीलाई आज सम्मान गरेको छ । गत सेप्टेम्बरमा क्यानाडाको भ्यानकुभरमा भएको उक्त प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कास्य पदक जितेका थिए । उक्त स्पर्धामा १३ खेलाडी सहभागी थिए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष महेश महर्जन, डा खगेन्द्र स्पोर्ट्स फाउण्डेशनका संस्थापक डा खगेन्द्र श्रेष्ठलगायतले राजुलाई सम्मान गर्नुभयो । राजु विगत १७ वर्षदेखि मकाउमा सेक्युरिटी सुपरभाइजरका रुपमा कार्यरत छन् । त्यसका अलावा राजु मकाउ तेक्वान्दो सङ्घमा पनि को–ओर्डिनेटरका रुपमा आबद्ध भइ तेक्वान्दाको प्रशिक्षणमा सङ्लग्न छन् । सम्मानित भएपछि…

Read More

चितवन, १५ पुस । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा परापूर्वकालदेखि चली आएका धर्मको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनले आज यहाँ आयोजना गरेको तमू ल्होछार कार्यक्रममा बोल्दै उहाँले नेपालमा चलाइएको धर्म परिवर्तनलाई रोक्नुपर्ने बताउनुभयो । नेता थापाले नेपालको पहिचान हिन्दू, बुद्ध, किराँती लगायतका मौलिक धर्म रहेको बताउँदै धर्म व्यक्तिको नीजि आस्थाको कुरा रहेकाले राज्यले सबै धर्मको रक्षा गर्नुपर्ने बताउनुभयो । आयोजक समितिका संयोजक गणेशबहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आदिवासी जनजाति महासङ्घ चितवनका सचिव महेन्द्र दुरा र परिषद् चितवनका उपाध्यक्ष विमला गुरुङले पनि बोल्नुभएको थियो ।

Read More

इलाम, १५ पुस । इलामको इलाम नगरपालिका–१२ साङरुम्बामा भएको आगलागीमा २० लाख बराबरको क्षति भएको छ । आज बिहान साडे ९ बजेको समयमा स्थानीय जित बहादुर नेम्बाङको ढुङगा माटोले बनेको ३ तले कच्ची र र भान्सा घर समेत जलेर नष्ट हुँदा घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, गरगहना समेत जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । सो आगलागी प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा ११ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो भने सो आगलागीबाट कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

Read More