
भद्रपुर, १६ पुस । मुनाल फुटबल क्लब तथा चन्द्रगढी भेट्रान्स क्लबलाई एक लाख १५ हजार मूल्य बराबरका खेल सामग्री प्रदान गरिएको छ ।
ब्रिटिस गोर्खामा कार्यरत मणि सुब्बा, बासुदेव रिजाल, सुरज वालिङ्ग, शैलेस राई, दिवस सुब्बा, अर्पण विष्ट, विनायक लिम्बू र रेमन तामाङले मुनाल फुटवल क्लब तथा चन्द्रगढी भेट्रान्स क्लबलाई ९० हजार तथा झापा अष्ट्रेलिया समाजका उपाध्यक्ष उमेश पोखरेलले २५ हजार बराबरको खेल सामग्री प्रदान गरेका हुन् ।

सन्तोष पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन अशारु राजवंशीले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
