झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

निर्मला घिमिरे काठमाडौं, १५ भाद्र । ठगी गरेको आरोपमा वैदेशिक रोगजार विभागले २ सय ५८ मेनपावर कम्पनीको कारोबार रोक्का गरेको छ। रोक्का गरिएका मेनपावर कम्पनी मध्ये अधिकांश वैदेशिक रोजगारकोे नाममा सर्वसाधारणलाई ठगी गर्ने, सरकारले तोकेको भन्दा चर्को रकम असुल गर्ने, नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने वैदेशिक रोजगारलाई अर्मयादित बनाउने, गैह्रकानुनी काम गर्नेलगायतको आरोप लागेको छ। विभागले मेनपावर कम्पनीलाई पीडितले दिएको उजुरी र प्रमाणका आधारमा कारोबार रोक्का गर्दै आएको हो। विभागका सूचना अधिकारी उद्धवप्रसाद रिजालले मेनपावर कम्पनीहरुले नियम विपरित कारोवार गर्ने सर्वसाधारणलाई ठगी गर्ने गरेको र त्यस्ता मेनपावर कम्पनीलाई पीडितको उजुरी र प्रमाणको आधारमा रोक्का गरिँदै आएको बताए। रिजालले सर्वसाधारण जनतालाई…

Read More

कञ्चनपुर, १५ भदौ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा बिहीबार राति एक किशोरी सामूहिक बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको र आफू घटनास्थल पुगेको जानकारी दिए । प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य परीक्षण गरिदै छ । किशोरीको घरमा बिहीबार पुजा भएको वेलामा एक युवकले उनलाई बोलाएर घरबाहिर भन्दा अल्लि परबाट मोटरसाइकलमा लगेर बलात्कार गरेका बताइएको छ । साथै प्रहरीले बलात्कारी परिचित रहेको बताएको छ भने उनीहरुको खोजी कार्य जारी छ । गएको साउन १० गते बलात्कारपछि हत्या गरिएका…

Read More

काठमाडौँ, १५ भदौ । नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा तथा भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । नेपाली टोलीमा किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल…

Read More

काठमाडौँ, १५ भदौ । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा सभामुखको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयनसम्बन्धी निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको उल्लेख छ । निर्वाचनको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलि भदौ १६ गते शनिबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म प्रस्ताव दर्ता गर्ने, भदौ १७ गते बिहान ११ बजेदेखि प्रारम्भ हुने समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्न कार्यक्रम रहेको थियो । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र…

Read More

सुर्खेत, १५ भदौ । कर्णालीका चर्चित कलाकार ‘लोकतान्त्रिक धामी’ तिलकप्रसाद चौलागाईको अल्सरबाट निधन भएको छ । तातोपानी गाउँपालिका–५ लाम्रा निवासी ६१ वर्षीय चौलागाईको उपचारका क्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको हो । जुम्लाबाट बाजुराको बडिमालिकाको तीर्थ दर्शनमा हिँड्नु भएका उहाँ फर्कंदा मुगु र जुम्लाको सिमानाको कालाकाँडा लेकमा बिरामी भएपछि उपचारार्थ अस्पतालमा ल्याइएको थियो । लोकतान्त्रिक नाचबाटै सामाजिक कुरीति र कु–संस्कारविरुद्ध जनतालाई सचेतना जगाउँदै आउनुभएका उहाँ दुई दशकदेखि कला क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँका दुई छोरा, चार छोरी छन् । उहाँको आजै जुम्लामा दाहसंस्कार गरिएको छ ।

Read More

हितकारी फल केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कहिलेकाहीँ यहीँ केराले मानिसलाई वित्यासै पार्दोरहेछ । एकजना युवक आफुसँग रहेको केरा खानुको साटो देखाएको आरोपमा पक्राउ परेका छन् । घटना अमेरिकाको हो । पुलिसलाई केरा देखाएको आरोपमा एक युवक पक्राउ परेका हुन् । पुलिसलाई केरा देखाउने युवकमाथि गुन्डागर्दीको अभियोग लगाइएको छ । पश्चिमी कोलोराडोस्थित एक सडकमा पुलिसले चेकजाँच गरिरहेको थियो । सोही सडक हुँदै २७ वर्षीय नाथन रल्फ चेनिंग गईरहेका थिए । जब पुलिसले उनलाई चेकजाँचका लागि रोक्यो नाथनले एकाएक गोजीबाट केरा निकालेर पुलिसलाई पेस्तोल तेर्साएझैँ गरी देखाए । सुरुमा त साँच्चीकै पेस्तोल पो ताकेको हो की भनेर पुलिस…

Read More

काठमाडौँ, १५ भदौ । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए । पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन पार्कसँग पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । बिहीबार दक्षिण एशियाली खेलकूद (साग) की स्वर्ण पदकधारी तथा ओलम्पियन फूपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पराजित भएका थिए । यसअघि बुधबार दुई तथा बिहीबार तीन खेलाडी…

Read More

भद्रपुर, १५ भदौ । ह्याप्पील्याण्ड फनपार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १२ करोडको लगानीमा फनपार्क निर्माण गरेका हुन् । यहाँ दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । फनपार्कमा माटोको ढिस्को उठाएर निर्माण गरिएको ‘सेल्फी डाँडा’ले पर्यटकलाई बढी आकर्षित गर्ने गरेको छ । पार्कमा आइसफल टावर, पानीको फोहोरा, बगैचा र बाल उद्यान निर्माण गरिएको छ । यहाँ…

Read More

आज शुक्रबारबाट सिनेमा ‘मेरी मामु’ प्रदर्शनमा आएको छ । देशभर एकसाथ प्रदर्शनमा आएको यो सिनेमालाई नेपालमा आयोजना भएको बिमस्टेक सम्मेलनले असर पारेको छ । शुक्रबार बिहानको शोमा ४० प्रतिशत अकुपेन्सी रहेको यो सिनेमाको दिउँसोका शोहरुमा केही राहत मिल्ने देखिएको छ । निर्माता सन्तोष सेनले शुक्रबारको तुलनामा शनिबारदेखि सिनेमाको कारोबार राम्रो हुने सम्भावना रहेको बताए । सेनले निर्माण गरेको यस सिनेमामा उनकै ७ वर्षिय छोरा आयुब सेन मुख्य भूमिकामा छन् । यसबाहेक सिनेमामा शारुक ताम्रकार, कुसुम गुरुङ, अश्लेषा ठकुरी, भुवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । बिक्रम लामा र एन्जीला…

Read More

बिर्तामोड, १५ भदौ । इलामको सूर्योदय नगरपालिकामा पाहुना खान गएकी एक महिलाको सुतेकै अवस्थामा मृत्यु भएको छ । माईजोगमाई गाउँपालिका–१ की ५० वर्षीया फुरन्दी शेर्पा सूर्योदय नगरपालिका–१० स्थित हरिबहादुर मुखियाको घरमा बिहीबार बेलुका खाना खाई सुतेकोमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Read More