झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ४ भदौ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गर्नुभयो । सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार बन्न नसक्दा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा हुन नसक्ने बताउँदै सार्वजनिक पदका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र यो कानूनी रुपमा नै व्यवस्था गर्नुपर्ने भनाइ राख्नुभयो । सांसद भरतकुमार शाहले निर्माणाधीन गौतम बुद्ध विमानस्थल निर्माणमा मुख्य योगदान पु¥याएका आयोजना प्रमुखको सरुवा गरिएकामा…

Read More

तेह्रथुम, ४ भदौ । म्याङलुङ बजारमा वृद्धवृद्धाको जमघट र भलाकुसारीका लागि वृद्ध चौतारी निर्माण गरिएको छ । नगरपालिकाले बजारका वृद्धवृद्धाका लागि सो चौतारी निर्माण गरिदिएको हो । बजारको बीच भागमा रहेको रेडक्रस चोक नजिकै रु सात लाखको लागतमा निर्माण गरिएको सो चौतारीले बजार क्षेत्रमा रहेका तथा गाउँबाट बजार आउने वृद्धवृद्धाका लागि जमघट र भलाकुसारी गर्न सहज भएको ज्येष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष केदार ढुङ्गानाले बताउनुभयो । चौतारीले वृद्धवृद्धाबीचमा आपसी प्रेम र सद्भाव वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ उक्त चौतरी नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले आइतबार उद्घाटन गर्नुभएको थियो ।

Read More

कुमार चौलागाईं काठमाडौँ, ४ भदौ । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलङ्काको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्नेछ । दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग उसैको मैदानमा खेल्नेछ । अन्तिम अभ्यास खेलमा नेपालले कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ । नेपाली टोलीलाई सभामुख कृष्णबहादुर महराले जितको शुभकामनासहित आज बिदाइ गर्नुभयो । उहाँले प्रतियोगितामा विजयी बन्दै एशियाकप खेल्नेमा आफू विश्वस्त रहेको…

Read More

काठमाडौँ, ४ भदौ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला पर्नुभएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिनुभएको हो । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “घटनाको प्रकृति हेर्दा हत्या भएको देख्न्छि,”–उहाँले भन्नुभयो । मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ । श्रीमती र सुरक्षागार्ड घरमा भएका बेला उहाँको अकस्मात हत्या भएको देखिएकाले गहिराइमा पुगेर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख लामाले बताउनुभयो । झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताउनुभएको थियो ।

Read More

काठमाडौँ, ४ भदौ । कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्छ । तर, १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएको साढे दुई वर्षसम्म पार्टीका ४२ वटै विभाग रिक्त छन् । पार्टीलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विभाग र समिति निष्क्रिय छन् । विभाग नबन्दा पार्टीका केन्द्रीय सदस्यसमेत जिम्मेवारीविहीन जस्ता छन् । विभागका संयोजक केन्द्रीय सदस्य हुने व्यवस्था छ । एउटा विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् । ती मनोनयन नहुँदा एकातिर नेता तथा कार्यकर्ता दायित्वविहीन बनेका र अर्कोतिर संगठन ‘तदर्थवाद’ मा अघि बढेको नेताहरू बताउँछन् । साढे…

Read More

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगतिरउपलब्धिबारे अनुगमन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई ‘र्‍यापिड अपरेसन’ भनेको छ । महाशाखाको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले स्वीकृत कार्यक्रम र बजेटअनुसार कुन गतिमा काम अघि बढिरहेको छ भन्ने अनुगमन गरिने बताए । मन्त्रालयहरूका साथै प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका अन्य निकायको सूक्ष्म अनुगमन गरिने उनको भनाइ छ । ‘अबदेखि हरेक दुई–दुई महिनामा अनुगमन गरिनेछ,’ उनले भने । सेवाग्राहीको बाक्लो उपस्थिति हुने मन्त्रालय र निकायका हकमा भने नियमित रूपमा प्रत्यक्षरअप्रत्यक्ष ढंगले अनुगमन हुने…

Read More

बेसीसहर, ४ भदौ । बेसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको यातायातमा २ रुपैयाँ कर लगाएको छ । नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो । हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौँ । घरमा पालिएकालाइ लिने होईन । जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर विक्री गर्न खोज्छ उनीहरुलाई लिने भनेका हौँ । नगरप्रमुख गुमानसिंह अर्यालले भने । आजकोकान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ४ भदौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारले अनावश्यक रुपमा थप १९ हजार तिर्नुपरेको भन्दै गत जेठ २ गतेदेखि मलेसियामा नेपाली पठाउन रोक लगाईरहेको छ । श्रम सम्झौता गर्न दुई देशमा अधिकारबीच चरणबद्ध वार्ता भएका छन्, झन्डै डेढ बर्षदेखि रोकिएको वार्ता पनि सुचारु हुने वातावरण बनिरहेको छ, मलेसियाका लागि कार्यवाहक नेपाली राजदुत कुमार खरेलले भने, दुवै देशका सरकार नया ढंगले अगाडि बढ्ने संकेत देखापरिरहेको छ । हामी आशावादी छौँ । मलेसिया पनि यसमा सकारात्मकम देखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ४ भदौ । आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ । नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ३ भदौ । मदन भण्डारी फाण्डेशनका अध्यक्षमा उषाकिरण भण्डारी पुनःचयन हुनुभएको छ । शनिबार यहाँ सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले जननेता मदन भण्डारीकी सुपुत्री भण्डारीलाई चार वर्षका लागि पुनःअध्यक्षमा चयन गरेको हो । फाउण्डेशनका संस्थापक अध्यक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । संस्थापक अध्यक्ष श्रीमती भण्डारी राष्ट्रपतिमा चयन भएपछि फाउण्डेशनका अध्यक्षमा उषाकिरण हुनुभएको थियो । सम्मेलनले चयन गरेको ४५ सदस्यीय नयाँ कार्यसमितिका सचिवमा पेम्वा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई रहनुभएको छ । यसैगरी सदस्यमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, डा राजन भट्टराई, महेश बस्नेत, छविलाल…

Read More