
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १ पुस । सरकार कम्पनीमा दर्ता नहुने यातायात संघ/ समिति मातहत रहेका यातायता व्यवसायीलाई कम्पनीमा दर्ता हुन शनिबारदेखि लागु हुने गरी फेरि तीन महिना म्याद थप गरेको हो । सरकारले कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन नआउने यातायात व्यवसायीलाई कारबाही गर्नुको सट्टा फेरि दोस्रोपटक म्याद थप गरेर उनीहरुकै पक्ष लिएको हो । यातायात व्यवसायी अनेक बहानाबाजी गरेर सिन्डिकेटको बलमा सरकारलाई झुक्याउँदै बारम्बार म्याद थप गर्न सफल भइरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं, १ पुस । गाउँ, नगर तथा महानगरपालिकाका पूर्वाधार निर्माण कार्यको अनुगमन, समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जिल्ला समन्वय समितिका पदाधिकारी सुविधा बढाउन भने सफल छन् । देशभरका ७७ जिसस पदाधिकारीलाई प्रदेशपिच्छे आकर्षक तलब सुविधा छ। झन्डै झन्डै कामविहीन जिसस पदाधिकारी सुविधामा मस्त छन्। संविधानको धारा २२० मा गाउँपालिका र नगरपालिकबीच समन्वय गर्न जिल्ला समन्वय समितिको व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि जिससको भूमिका किटानी गरेको छ। संविधान र कानुनले निर्दिष्ट गरेअनुसार जिससले परिणाम दिने खालका काम भने गर्न सकेको छैन। उसले तहका बजेट खर्च तथा कार्यक्रमको समीक्षासमेत गर्न सकेको छैन। प्रदेश र केन्द्र सरकारलाई पठाउनुपर्ने…
मङ्गलवारे, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो । लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि विभिन्न समयमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै इलाम नगरपालिका र इलामे नागरिकका तर्पmबाट उहाँलाई सम्मान तथा नागरिक अभिनन्दन गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो । बाह्य लगानी कम भएको भन्दै नगरपालिकाले कृषिजन्य उद्योग, पर्यटन, उच्च शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटी उद्योगको प्रवद्र्धनका लागि…
बैतडी, १ पुस । बैतडीमा शनिबार नातिले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । लोकेन्द्र आज बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर बाजे र बज्यैको हत्या गरेको हो । लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कुमार चौलागाई काठमाडौँ, २९ मङ्सिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका थिए । सोहीअनुरुप यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–२० क्रिकेटमा पोखरा राइनोजबाट शनिबार चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन् । इपिएल क्रिकेटमा पोखरा राइनोजबाट खेलेका शक्तिले चितवनविरुद्ध अन्तिम खेल खेलेका हुन् । बिदाइ हुँदै गर्दा शक्ति निकै भावुक देखिएका थिए । उनले पत्रकारसँग…
झापा, २९ मंसिर । झापाको कमल गाउँपालिका(५ लभडाँडा भन्ने स्थानमा मोटरसाईकलको ठक्करबाट १ जना साईकलयात्रीको मृत्यु भएको छ भने मोटरसाईकल चालक घाइते भएका छन् । शुक्रबार दिउँसो पौने २ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलमा सवार झापा कमल गाउँपालिका(१ बस्ने बर्ष ५० को ईन्द्र बहादुर बुढाथोकीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा दिउँसो सवा ३ बजे बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तत्काल पहिचान नखुलेका अन्दाजी बर्ष ३०…
भद्रपुर, २९ मंसिर । स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ को ५ औं वार्षिक साधारण सभा चन्द्रगढीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा सहकारी अभियन्ता देवीप्रसाद दाहालको प्रमुख आतिथ्यमा भद्रपुर १० को सभाहल चन्द्रगढीमा साधारण सभामा सम्पन्न भएको हो । अध्यक्ष थापाले वार्षिक गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गर्दै २ लाख ९७ हजार ६ सय ७३ रुपैयाँको खुद नाफा प्रस्तुत गरेका थिए । प्रकाश भण्डारीले सञ्चमलन गरेको कार्यक्रममा झापा सामुदायिक सहकारीका अध्यक्ष विवेक पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भद्रपुर, २९ मंसिर । भद्रपुर जेसीजको नवनिर्मित सचिवायल भवन उद्घाटन गरिएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवन निर्माण समितिका सचिव प्रकाश भण्डारीले दिएको जानकारी अनुसार, स्वा. नरेश वर्माद्वारा छोरा विनेश बर्माको स्मृतिमा प्रदान गरेको एक कठ्ठा जमिनमा भद्रपुर–८ स्थित निर्माण सम्पन्न भएको भवनको २२ लाख १३ हजार ६ सय ४८ रुपैयाँ दाताले प्रदान गरी निर्माण भईरहेको सो भवन पूरा गर्न अझै धेरै खर्च हुने अनुमान गरिएको छ । निर्माण समितिको संयोजक रमेश पोखरेलका अनुसार भवन निर्माण गर्न दुई वर्षे अवधिमा भद्रपुरका उद्योगी, व्यापारी, समाजसेवी तथा कांग्रेसका संसद कृष्णप्रसाद सिटौलाले पु¥याएको योगदान…
भद्रपुर, २९ मंसिर । कवि तथा गीतकार देवीचरण भण्डारीले रचना गरेको गीति भिडियो एक कार्यक्रमका बीच आज सर्वजनिक गरिएको छ । संगीतकार तथा गीतकार शिवशंकर थापाले भद्रपुर–१० स्थित प्रज्ञा एकाडेमीको सभाहलमा भिडियो सर्वजनिक गरेका हुन् । सो अवसर पारेर झापाका कवि तथा गजलकारहरुले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए भने गायक अर्जुन खरेल, गायिका पवित्रा ओली लगायतले आ–आफ्ना गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा गायक तारावीर पाण्डेले भण्डारीको गीत ‘तिम्रो माया…’ सहित सांगितिक प्रस्तुती दिएका थिए । भण्डारी दम्पत्तिको विवाह वर्षगाठ समेत परेको सो अवसरमा शुभकामना दिँदै डाइनामिक ग्रुप चन्द्रगढीले आयोजना गरेको कार्यक्रमको अध्यक्षता खगेन्द्रा खुशीले गरेकी थिइन् ।
सागर गौतम खुदुनाबारी, २९ मंसिर । अर्जुनधारा–११ स्थित महारानीगञ्च माविको पाङ्गणमा वडाअध्यक्ष च्यालेन्ज कप झापा जिल्ला स्तरीय मावि फुटबल प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पहिलो पटक हुन लागेको प्रथम वडा अध्यक्षकप फुटवल प्रतियोगिता भव्य समारोका विच प्रदेश सासद बृख प्रधान र अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले उद्घाटन गरेका थिए । प्रधान र रानालाई खेलाडीलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । वडा–११ खेलकुद विकास समतिका अध्यक्ष मोसेस खड्काको अध्यक्षता तथा सांसद प्रधानकोे प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश–१ लाई खेलकुद विकासमा टेवा पु¥याउने उदेश्यले नयाँ ऐन व्यवस्था गरिएको…