सागर गौतम
खुदुनाबारी, २९ मंसिर । अर्जुनधारा–११ स्थित महारानीगञ्च माविको पाङ्गणमा वडाअध्यक्ष च्यालेन्ज कप झापा जिल्ला स्तरीय मावि फुटबल प्रतियोगिता सुरु भएको छ ।
‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पहिलो पटक हुन लागेको प्रथम वडा अध्यक्षकप फुटवल प्रतियोगिता भव्य समारोका विच प्रदेश सासद बृख प्रधान र अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले उद्घाटन गरेका थिए । प्रधान र रानालाई खेलाडीलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् ।
वडा–११ खेलकुद विकास समतिका अध्यक्ष मोसेस खड्काको अध्यक्षता तथा सांसद प्रधानकोे प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश–१ लाई खेलकुद विकासमा टेवा पु¥याउने उदेश्यले नयाँ ऐन व्यवस्था गरिएको र यसले निकै महत्व राख्ने बताए । खेलाडीका लागि आवासीय, विमा व्यवस्था, पठनपाठनको व्यवस्था गर्नका लागि ऐन आएकाले महसुस हुने बताए ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताए । ‘खेललेनै मानिसलाई अनुशासीत र एक सूत्रमा बाध्न सक्छ, सक्ने’ उनको भनाई रहेको थियो । प्रतियोगीतामा ३४ वटा माविका टिम सहभागीता रहेको जनाइएको छ । प्रतियोगीताको बिजेताले नगद २५ हजार, द्धितिय हुनेलाइ नगद १५ हजार सहित ट्रफी,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने सचिव अर्जुन लम्जेलले बताए । प्रतियोगिता २४ दिनसम्म संचालन हुनेछ ।
स्थानीय खेल अनुशासन समितिका सदस्य किरण ओलीले स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण बरिष्ठ फुटबल प्रशिक्षक भगीरथ आले मगरले गरेका थिए । कार्यक्रममा वडा–११ वडा अध्यक्ष भैरव खड्का, युवा संघ केन्द्रिय सदस्य प्रर्तुस राना, पूर्व सभासद भिष्म धिमाल, आदर्श माविका करुण कुमार पराजुली, बरिष्ठ फुटबल प्रशिक्षक आले लगायतको आतिथ्यता रहेको थियो ।
यसैबिच वडा कप फुटबल प्रतियोगिता आदर्श मावि जयपुरले बिजयी यात्रा सुरु गरेको छ । उद्घघाटन खेलमा भानु मावि फुलबारीलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै आदर्श मावि बिजयी यात्रा सुरु गरेको महारानीगञ्च माविका पूर्व अध्यक्ष लवकुश गौतमले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।