झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २७ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताउनुभएको छ । थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज आयोजित कार्यक्रममा विमोचन गर्नुहुँदै उहाँले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताउनुभयो । नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा भए पनि केही पूरा नभएकाले त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व भएको उहाँले उल्लेख गर्नुभयो । नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा ती अधिकार कार्यान्वयनको तहमा…

Read More

अहिले एउटा कुकुर सोसल मिडियामा चर्चित छ । त्यस कुकुरले जुन कार्य गर्यो, त्यो थाहा पाउँदा तीनछक पर्नुको विकल्प छैन । एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि ९ दिनसम्म हिँडिरह्यो । अनि १ सय किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो ।अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो । मालिकलाई टोक्नका लागि ९ दिनसम्म हिँड्ने त्यो कुकुरको वास्तविक कथाले जो कोहीलाई भावुक बनाउँदछ । सेंटियागो मार्टिनेज नामका व्यक्ति हरेक वर्ष बिदा मनाउनका लागि अल्बयुक्रेन जाने गर्दथे । योपटक पनि उनी बिदा मनाउन गए तर उनले कुकुरलाई आफूसँग नलगी घरमै छाडे । मार्टिनेजलाई यो कुराको कल्पना थिएन कि घरमा छाडेको…

Read More

झापा, २७ मंसिर । भद्रशिला श्रेष्ठ तीन सन्तान माईतीको जिम्मा लगाई साउदी अरब गईन् । नेपालबाट जान प्रतिबन्ध रहेकाले उनी भारतको बाटो रोजिन् । यो २०६५ सालको कुरा हो । केचनाकवल ६ झापाकी ४८ बर्षीया भद्रशिला साउदी उडेको १० बर्षपछि शुक्रबार मंसिर २१ बाकसमा आईन् । छोराहरुले आमाको शव पाउने आशा पनि मारिसकेको थिए । मृत्युको ६ बर्षपछि बल्ल नेपाल ल्याइयो । मैले त हार मानिसकेको थिएँ । जिउँदो आमालाई त भेट्न पाएनौँ । मरेकी आमा पनि देख्न नपाईने भो भन्ठानेको थिएँ, छोरा नीरजले भने, ढिलै भए पनि शप पायौँ । मेडिकल रिपोर्टअनुसार भद्रशिलाको मृत्यु २०१३ जनवरी २ मा साउदीको…

Read More

काठमाडौँ, २७ मंसिर । प्रस्तावित काठमाडौँ–केरुङ रेलमागको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न चीन सकारात्मक देखिएको छ । काठमाडौँ–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको छ । काठमाडौँमा चलिरहेको तेस्रो तेस्रो दुईपक्षीय बैठकमा नेपालले अन्तरदेशीय रेलमार्गको डिपिआर तयार गर्न अनुरोध गरेसँगै चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

दमक ,२६ मङ्सिर । दाहाल प्रतिष्ठान नेपाल, हरिप्रसाद गौरादेवी दाहाल असहाय कोषबाट बोनम्यारो क्यान्सर पीडितलाई आर्थिक सहयोग गरिएको छ । झापाको दमक नगरपालिका–३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बोनम्यारो क्यान्सर पीडित अनुप बस्नेतलाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो । सो रकम पीडित बस्नेतलाई कोषका अध्यक्ष पुण्यप्रसाद दाहाल, प्रतिष्ठानका सहअध्यक्ष दुर्गा दाहाल र कोषका उपाध्यक्ष हरिहर दाहालले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । दाहाल वंश प्रतिष्ठान नेपालको दमकस्थित केन्द्रीय कार्यालयमा बुधबार उक्त रकम हस्तान्तरण गरिएको हो । लामो समयदेखि बोनम्यारो पीडित उहाँको थप उपचारमा सहयोग पु¥याउन सो सहयोग प्रदान गरिएको प्रतिष्ठानका सहअध्यक्ष दुर्गाले जानकारी दिनुभयो ।

Read More

बिर्तामोड, २७ मंसीर । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ झापाको जिल्ला अघिवेशन आगामी पुस ११ गते हुने भएको छ । आसन्न नेविसंघको निर्वाचन सम्पन्न गर्न गठित सहयोग एवम् समन्वय समितिका संयोजक देउमान थेवे, नेपाली कांग्रेस जिल्ला सभापति उद्धव थापा तथा नेविसंघका पदाधिकारी संलग्न बैठकले जिल्ला, विद्यालय इकाई, क्याम्पस इकाई, स्थानीय तह र जिल्ला अधिवेशनको मिति तय गरेको हो । बैठकले आगामी पुस दुई गते एकैदिन जिल्लाभरमा रहेका १४१ वटै मावितहका ईकाईहरुमा नेविसंको नयाँ नेतृत्व चयन गर्ने, पुस ३ गते स्थानीय तह अन्तरगत गाउँ तथा नगर इकाईमा, पुस ५ गते क्याम्पसहरुको नयाँ नेतृत्व, तथा जिल्ला प्रतिनिधि चयन गर्ने निर्णय गरेको…

Read More

उर्लाबारी, २७ मंसिर । लिम्बू सिरेङ चङ्बाङको सुनसरीको धरानमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले गजेन्द्र सिरेङ चङबाङको संंयोजकत्वमा २५ सदस्यीय सिरेङ चङवाङ अन्तर्राष्ट्रिय महासंघ तदर्थ समिति गंठन गरेको छ । जसको सहसंयोजकमा तेजकुमार सिरेङ चङवाङ, प्रेमप्रसाद सिरेङ चङबाङ र मेघराज सिरेङ चङबाङ तथा महासचिवमा सुर्यमान सिरेङ चङवाङ, सचिवमा तिलप्रसाद सेरेङ चङबाङ, सन्तोष सिरेङ चङबाङ, चन्द्रबहादुर सिरेङ चङबाङ र सन्तोष सेरेङ चङबाङ रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा बलबहादुर सिरेङ चङबाङ, सहकोषाध्यक्षमा योगेन्द्र सिरेङ चङबाङ र तारा सिरेङ चङवाङ तथा सदयस्हरुमा चन्द्रप्रकाश सिरेङ चङबाङ, मनबहादुर सिरेङ चङबाङ, दुर्गाकुमार सिरेङ चङबाङ, सोनु सिरेङ चङबाङ, मदन सिरेङ चङबाङ, मनोज सिरेङ चङबाङ, नन्दकुमार सिरेङ चङवाङ, विजयप्रकाश…

Read More

काठमाडौं, २७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ। दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता अफ लोड गरेको हो। उनीहरूले नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका थिए। भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ जना यात्रु मस्को जान लागेका थिए। त्यसमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन्। एस ट्राभल्स एक्सप्रेस सर्भिस प्रालिको ब्रान्डिङ नाम ‘एस ट्राभल्स डटकम’ हो। नक्कली कागजपत्र…

Read More

काठमाडौं, २७ मंसिर । गाँजासहित कतार उड्न लागेका एक युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रिएको छ । नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका मोरङको बलिगामा-४ बस्ने ३२ बर्षीया मानसिंह सरदार थारुलाई १ हजार २ सय ग्राम गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको प्रस्थान कक्षको एक्सरेमा जाँचका बेला प्लाष्टिकमा पोको पारेको अवस्थामा गाँजा भेटिएको थियो । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

Read More

काठमाडौं, २७ मंसिर । मलेसिय रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्ने ÷नराख्ने बिषय मुख्य बाधक बनेको छ । पुराना व्यवसायी आफुले मौका पाउनुपर्ने चलखेलमा लागेका छन् । तिनलाई कारबाही गरेका श्रममन्त्री भने नयाँ ल्याउने अडानमा देखिन्छन् । बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, आएससी जस्ता संरचना कायम राख्न पुरानै सञ्चालक दौडधुप गरिरहेका छन् । मन्त्री गोकर्ण विष्टले प्रतिस्पर्धाबाट ल्याउने बताउँदै आएका छन् । उनको निकट बनेर ती हात पार्न अझ विवादास्पद व्यक्ति लागि परेका छन् । पुजा चन्द ठकुरी, रघु पुरी, सन्तोष कार्कीलगायत उनका साथमा छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

Read More