
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अछाम, २६ मंसिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो । जबरजस्ती करणीको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । किशोेरीले दिएको जाहेरीका आधारमा भुललाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए । भुलले यही मङ्सिर २३ गते आइतबार ती किशोरीमाथि जबरजस्ती करणी गरेपछि किशोरीले साँफेबगर इलाका प्रहरी कार्यालयमा जानकारी दिएलगतै प्रहरीले भुललाई घरबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।…
चितवन, २६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले हठात रुपमा हिन्दु राष्ट्र हटाउँदा चौतर्फी मार परेको दावी गरे । उनले भने, ‘कांग्रेस महामन्त्रीलगायतका नेताहरुले हिन्दुराष्ट्रका पक्षमा दिएका कुराहरु सकारात्मक छन्, संस्थागत निर्णय गरेर आए कांग्रेससहितका शक्तिहरुसँग सहकार्य हुन्छ ।’ हिन्दु राष्ट्र कायम गराउन राजनीतिक सहमति जुटाउनु पर्नेमा उनको जोड छ । सहमति नभएमा मात्रै जनमत संग्रहलाई विकल्पका रुपमा राख्नुपर्ने उनले बताए । पछिल्लो समयमा नेपालमा १० लाखभन्दा बढि जनतालाई प्रभावमा पारेर धर्म परिवर्तन गराइएको थापाको…
बोलिभियाको दक्षिण पश्चिमी भागमा छ केरो रिको पहाड । बोलिभियामा लामो समयसम्म स्पेनी साम्राज्य रह्यो । स्पेनीहरु यस पहाडलाई धनी पहाड भन्थे । किनकी त्यहाँ प्रसस्तै चाँदी पाइन्थ्यो । पूरै पहाड नै चाँदीले बनेको लाग्थ्यो स्पेनीसलाई । तर स्थानीय मानिसहरु भने यो पहाडलाई मान्छे खाने पहाडको रुपमा चिन्दछन् । १६ औँ सताब्दी देखि अहिलेसम्म यो सहरले ८० लाख जना मानिसलाई खाइसकेको बताउँछन् स्थानीयहरु । सन् १५४५ मा स्पेनले उक्त पहाडको काखमा एक सानो सहर स्थापित गरी झण्डै ३० लाख लाख स्थानीय मानिसहरुलाई जबरजस्ती चाँदी खानीको काममा लगायो । उक्त पहाडबाट सदियौँ देखि चाँदी उत्खनन गरिँदै आएको छ । अनुमान अनुसार…
काठमाडौं, २६ मंसिर । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजीले पाँच महिनाअघि तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन । प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले इपिजी टोलीलाई प्रधानमन्त्रीसँग भेटको समय नै मिलाउन दिएका छैनन् । १९५० को नेपाल–भारत मैत्री सन्धिबाट भारतभन्दा नेपाल लाभान्वित भएको र अहिले इपिजीको प्रतिवेदनले भारतलाई समस्या तथा नेपाललाई थप लाभ हुने डोभालको निष्कर्ष छ । इपिजीको भारत पक्षका संयोजक भगतसिंह कोस्यारीले मोदीसँग भेटघाटको समय मिलाउन कोसिस गरिरहेका छन् । तर, प्रतिवेदन नसच्याए प्रधानमन्त्री मोदीले नबुझ्ने डोभालको भनाइपछि इपिजी अनिर्णयको बन्दी भएको छ । नेपाली पक्ष भने मोदीको समय पर्खेर बसेको छ…
काठमाडौं, २६ मंसिर । सरकारले झन्डै एक बर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टिहरु आईरहेका छन् । यसरी असन्तुष्टि जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन । यसमा पुनरावोलकन हुनुपर्ने उहाँको माग छ । संघीय र प्रदेश सरकारमा कार्यरत कर्मचारीबीच विभेद हुँदा अवहेलना भएको अध्यक्ष ढकाललको निष्कर्ष छ । ८६ हजार कर्मचारीको नेतृत्व गरेको आधिकारिक ट्रेड युनियनको अध्यक्षको मर्यादाक्रम सरकारको सचिवसरह हुनुपर्ने उनको दाबी छ । आजको नेपाल समाचारपत्रमा खबर छ । २०७४ माघ २६ गते सार्वजनिक गरिएको उक्त मर्यादाक्रमको संख्या २७…
काठमाडौँ, २६ मंसिर । दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ । आयोगका अध्यक्ष उमेश मैनालीले संसद सेवा, न्यायसेवा र महालेखा परीक्षकको कार्यालय गरी तीनवटा सेवाबाट मात्रै माग आएकाले त्यसका लागि मात्रै विज्ञापन गर्ने निर्णय भएको बताउनुभयो ।
भद्रपुर, २६ मङ्सिर । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो । इलाका…
उर्लाबारी, २६ मंसिर । सरकारले मोरङको उर्लाबारी नगरपालिकामा आगामी फागुनदेखि सामुदायिक स्वास्थ्य विमा लागू गर्नेभएको छ । स्वास्थ्य विमा बोर्डले मंगलबार उर्लाबारी नगरपालिकाको सभाहलमा आयोजना गरेको स्वास्थ्य विमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा बोर्डका तालिम अधिकृत रामकुमार श्रेष्ठले स्वास्थ्य विमाको परिचय, उद्देश्य, विशेषता, इतिहास, अन्तर्राष्ट्रिय अभ्याश, स्वास्थ्य विमा र जीवन विमाबीचको भिन्नताका बारेमा जानकारी गराएका थिए ।
उर्लाबारी, २६ मंसिर । मोरङको उर्लाबारीमा सञ्चालित सातदिने आधारभुत पत्रकारिता तालिम समापन समारोहका वक्ताहरुले समाचारको विश्वासनीयताबाट मात्रै यस पेशाको मर्यादा बृद्धि हुने बताउनुभएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालद्वारा आयोजना गरिएको तालिम समापन समारोहका वक्ताहरुले मंगलबार यस्तो बताएका हुन् । उनीहरुले समाचारको विश्वासनीयताका लागि भरपर्दो स्रोतको खोजी गर्न पत्रकारहरु निरन्तर क्रियाशिल हुनुपर्ने सुझाव दिएका छन् । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पत्रकारिता पेशा मर्यादित भएको र यस पेशाको मर्यादालाई कायम राख्न पत्रकारहरुले सन्तुलित, निश्पक्ष र स्वतन्त्ररुपले कलम चलाउन सुझाव दिए । फागोले पत्रकारिता पेशा जिम्मेवार भएको उल्लेख गर्दै यस पेशाको स्तरबृद्धि गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त…
काठमाडौँ, २६ मङ्सिर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा…