झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ६ पुस । सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले तीन महिनाभित्र उनलाई काम लगाउन दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओलीसमेत विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो । मंसिर २६ मा दर्ता नम्बर ०७५–एपी–०२६९ भएको अवहेलना मुद्दा पुस १ मै पेसीमा चढ्दा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट फैसलासहितको मिसिल झिकाउने आदेश भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ६ पुस । चीन सरकारको सहयोगमा नेपालको उत्तरी क्षेत्रमा परियोजन सञ्चालन हुने भएको छ । चीनले नेपाल उत्तरी पहाडी क्षेत्र कृषि प्रविधि समन्वय परियोजना सञ्चालनमा ल्याउन लागेको हो । परियोजना सञ्चालनका लागि बुधबार कृषि तथा पशुपन्त्री विकास मन्त्रालयका योजना महाशाखाका प्रमुख डा. योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट तिब्बत इन्टरनेसनल इकोनोमिक एक्स्चेन्ज सर्भिस सेन्टरको वाणिज्य विभागका प्रबन्ध निर्देशक वेन जेनले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो परियोजनाका लाग चीनले २७ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ६ पुस । पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ रु कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन् । एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै । बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन् । फोटो खिच्ने लाइनमा बस्दा एक कर्मचारीले उनको खैरो कपाल हेर्दै भने, ‘कपालमा कालो लगाएर आउनुस् है, यस्तो कपालमा हुँदैन ।’ अमेरिकाबाट फर्केकी पाठकलाई त्यहीको कर्मचारीले प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल कालो बनाउन सुझाए । आक्रोश भावमा उनले भनिन्, ‘यस्तो नियम कतै…

Read More

कामठाडौं, ६ पुस । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ । एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही शुरु भएको हो । एआईजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डिएसपी, तीन इन्स्पेक्टर, चार सई, तीन हवल्दार, पाँच जवानविरुद्ध कारबाही सुरु भएको हो । छानविन समितिले १८ जना प्रहरीकै गल्नी प्रस्ट रुपमा औँल्याएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

उर्लाबारी, ६ पुस । स्थानीय तह ट्रेड युनियन संयुक्त परिचालन समितिले बिहीबार मोरङको उर्लाबारी नगरपालिकामा बिभिन्न माग राखी धर्ना दिएका छन् । धर्ना कार्यक्रममा नगरपालिकामा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालक सहभागी थिए । देशव्यापी आन्दोलनअन्तर्गत समितिले सो नगरपालिकामा धर्ना दिएको हो । समितिले बिभिन्न माग समेटिएको ज्ञापनपत्र समेत नगर प्रमुखलाई बुझाएका छन् । स्थानीय तहका कर्मचारीको हितमा सर्वोच्च अदालतद्वारा गरिएका फैसला कार्यान्वयन गर्नुपर्ने, कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७ उपदफा (४) बमोजिम स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न साविक स्थानीय निकायका कर्मचारीको समकक्षता निर्धारण गरी देहाय अनुसार समायोजन गर्नुपर्ने र स्थानीय तहमा फोहोरमैला तथा…

Read More

भद्रपुर, ६ पुस । झापाको भद्रपुरस्थित मेची नदीको बालुवामा रिर्भर साईड ‘बीच’ भलिबल खेलमा आयोजक वडासहित २ र ३ नम्बर वाड विजयी भएका छन् । बिहीबारदेखि शुरु भएको खेलमा वडा नम्बर ५ र १० बीचको पहिलो खेलमा आयोजक वडा विजयी भएको थियो । त्यसैगरी वडा नम्बर ३ र ९ को विचमा भएको दोस्रो खेलमा ३ नम्बर वाडले विजयी हासिल गरेको थियो । अन्तीम खेलमा वडा नम्बर १ र २ बिच भएको खेलमा पहिलो कोर्टमा १ नम्बरले जित हासिल गरेको थियो भने सोही टिमलाइ कोर्ट परिवर्तन गरि भएको खेलमा वडा नम्बर २ विजयी भएको थियो । खेलमा वडा नम्बर ५ का…

Read More

उर्लाबारी, ६ पुस । मोरङको विराटनगर महानगरपालिका–४ बरगाछी चोकस्थित कोसी राजमार्गमा हिजो साँझ तेल बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को२८प ३८५६ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना७ख ४६२३ नंको तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार मोरङ, पथरीशनिश्चरे नगरपालिका–१० बस्ने २२ वर्षीया हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय मनोज कार्की गम्भीर भएकाले उहाँको स्थानीय हाम्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक हिमा मनोजकी श्रीमती हुन् । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

सान नेपाल गौरादह, ६ पुस । लायन्स क्लब अफ गौरादह ग्रीन सिटी र वडा नं. १ को संयुक्त सहजीकरणमा पूर्ण अपांगता भएका व्यक्तिलाई दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले ह्वीलचियर वितरण गरिएको छ । गौरादह–१ का शंकर थापालाई बुधबार गौरादह बजारमा आयोजित एक समारोहका बीच ह्वीलचियर वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि साविक झापा क्षेत्र नं. ६ का सभासद दिपक कार्कीले ह्वीलचियर हस्तान्तरण गर्दै पूर्ण रुपमा अशक्त व्यक्तिलाई संस्थाले सहयोग गरेकामा धन्यवाद प्रदान गरे । क्लबका चार्टर प्रेसिडेन्ट दुर्गा गौतमले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अमेरिकाबाट ३८ हजार मूल्यबराबरको ह्वीलचियर आयात गरी प्रदान गरिएको बताए । क्लबका अध्यक्ष पुण्य सिग्देलको…

Read More

सुनसरी, ५ पुस । सुनसरीको भोक्राह(नरसिंह गाउँपालिका(३ शिवगंज टोलमा बिसिजी खोपबाट बिहीवार १ महिने शिशुको मृत्यु भएको छ । मत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बिसिजी खोप लगाएकी थिईन । खोप लगाएको केही समय पछी बेहोस भएका शिशुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो १ः५० बजे मृत्यु भएको हो । खोप लगाउने स्वास्थ्य स्वयम् सेविका ढकाललाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

बनियानी, ५ मंसिर । झापाको भद्रपुर नगरपालिका–५ बाट लागुऔषधसहित एक युवालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ का १९ वर्षीय धनबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राईलाई आज दिउँसो लागुऔषध फेनारागन २४ एम्पुल, लुपिजेसिक २३ एम्पुल, नुफिन १ एम्पुल, डाइजेल्याब २२ एम्पुल र डाइजेपाम १ एम्पुलसहित पक्राउ गरेको हो । बरामद लागूऔषधसहित राईलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More