
काठमाडौं, ६ पुस । चीन सरकारको सहयोगमा नेपालको उत्तरी क्षेत्रमा परियोजन सञ्चालन हुने भएको छ ।
चीनले नेपाल उत्तरी पहाडी क्षेत्र कृषि प्रविधि समन्वय परियोजना सञ्चालनमा ल्याउन लागेको हो । परियोजना सञ्चालनका लागि बुधबार कृषि तथा पशुपन्त्री विकास मन्त्रालयका योजना महाशाखाका प्रमुख डा. योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट तिब्बत इन्टरनेसनल इकोनोमिक एक्स्चेन्ज सर्भिस सेन्टरको वाणिज्य विभागका प्रबन्ध निर्देशक वेन जेनले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो परियोजनाका लाग चीनले २७ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


