
दमक, १७ बैशाख । झापाको दमकबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् ।
दमक–९ मा लागुऔषध खैरो हेरोइन बेचबिखन गर्दै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक–९ का ३७ वर्षीय मनकुमार लिम्बूलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा सडकमा हिँडिरहेको लिम्बूलाई फेलापारी शरीर खानतलासी गर्दा निजले लगाएको हाप ज्याकेटको देब्रे पट्टीको गोजीमा पोका–पोका पारी लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरो हेरोइन प्लाष्टिकबाहेक २ ग्राम ८० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
लिम्बूलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दमक ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



