
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उर्लाबारी, २८ मङ्सिर । मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति मण्डलकी जेठी श्रीमतीका छोरा २५ वर्षीय आकाश र कान्छी श्रीमतीका छोरा २२ वर्षीय चुनुबीच घरायसी विषयमा भएको विवाद चुलिँदा चुनुले बाबुको हत्या गरेको बताइएको छ । छुरा प्रहारबाट गम्भीर घाइते शशीलाई उपचारका लागि नोबेल अस्पताल लगिएको र सो क्रममा बिहीबार राति उहाँको मृत्यु भएको हो । छुरा प्रहारबाट दाजु आकाशसमेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । अभियुक्त चुनुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान…
तेह्रथुम, २८ मङ्सिर । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तेह्रथुमका पीडितसँग छलफल गरेको छ । आयोगले जिल्लाका पीडित तथा सरोकारवालासँग अन्तक्र्रिया गर्दै उजुरीमाथि विस्तृत अनुसन्धानसमेत गरिरहेको छ । बिहीबारदेखि शुरु भएको अनुसन्धानको कामसमेत अन्त्यतिर पुगेको आयोगले जनाएको छ । आयोगमा तेह्रथुमबाट १७ जना बेपत्ता रहेका व्यक्तिका परिवारले उजुरी गरेका थिए । त्यसमध्ये बिहीबार १२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान सकिएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका प्रवक्ता प्राध्यापक डा विष्णु पाठकले बताउनुभयो । आयोगमा देशभरबाट तीन हजार १९२ वटा उजुरी परेका छन् । तीमध्ये ८५ प्रतिशत बढी उजुरीमाथि पुसको तेस्रो हप्ताभित्र अनुसन्धान गरिसक्ने प्रवक्ता पाठकले बताउनुभयो । तेह्रथुममा ‘पत्रकार कल्याण कोष–२०७५’ स्थापना…
झापा, २८ मंसिर । झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भएका छन् । जिल्लाको १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । बाँकी दुई स्थानीय तह मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिहीबार खुल्ला दिसामुक्त घोषणा भएको छ । सरसफाइ गुरुयोजना सार्वजनिक भएपछि २०७३ सम्म खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको समन्वयमा विभिन्न संस्थाहरुले खुल्ला दिसामुक्त अभियानमा सहयोग गरेका थिए । यस क्रममा झापामा ३९ हजार २ सय ८७ चर्पी निर्माण भएको जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । स्थानीय तह पुनःसंरचनाको…
काठमाडौँ , २८ मङ्सिर । बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आव २०७४÷७५ मा रु एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार वितरणयोग्य मुनाफा गरेको थियो । बैंकको हाल चुक्ता पूँजी रु सात अर्ब सात करोड ९६ हजार रहेको छ । लाभांश वितरण…
अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को नयाँ गीत ुरहर छ सँगैु बोलको गीत २४ भण्टा नपुग्दै युटुबको नम्बर ट्रेन्डिङमा आएको छ। स्वर अन्जु पन्त र सुगम पोखरेलको रहेको यो गीतको समाचार तयार पार्दासम्म भिडियोलाई चार लाख बढीले हेरिसकेका छन्। गीतमा सङ्गीत अर्जुन पोखरेलको छ। गीतमा शब्द दिज्जग धउरालीको रहेको छ। गीतमा नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ। चलचित्रमा नायक अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ। चलचित्रमा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्रको निर्माता भुवन केसी र…
कुमार चौलागार्इं काठमाडौँ, २८ मङ्सिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । साताँै चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेलले उपाधिको टुङ्गो वा उपाधि होड खुल्ला गर्नेछ । आर्मी र मनाङको नतिजाले लिगको समीकरणमा निकै ठूलो भूमिका खेल्छ । मनाङ विजयी भएको खण्डमा आर्मीको उपाधि दाबेदारी लगभग समाप्त हुनेछ । मनाङले जित दर्ता गरेमा उपाधि दाबेदारीमा बलियो स्थान बनाउनेछ । मनाङविरुद्व आर्मीको जित निकाल्न सके उपाधि होड खुला हुनेछ । त्यसमा आर्मीसँगै थ्री स्टार र सङ्कटाले समेत चुनौती पेश गर्ने अवसर प्राप्त गर्नेछन् ।…
काठमाडौँ, २८ मङ्सिर । आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज खेल तालिकामा नेपाल समूह ’ए’ मा परेको छ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दा अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ । नेपालले उद्घाटन खेल फागुन २८ मा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा २९ गते पाकिस्तान र चैत १ गते बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताका सबै खेल विराटनगरस्थित शहीद रङ्गशालामा हुने एन्फाले जनाएको छ समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन्…
गाईघाट, २८ मङ्सिर । उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताउनुभयो । ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको र स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो । स४३प २३७३ नंको ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा ट्याक्टरले उनैलाईसमेत किचेर सडकबाट २५ मिटर तल खसेको थियो ।…
भीष्मराज ओझा, काठमाडौँ, २८ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै…
काँकरभिट्टा,२८ मंसिर । झापाको मेचीनगर नगरपालिका खुल्ला दिसामुक्त नगर घोषणा भएको छ । मेचीनगर नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा बिहीबार आयोजना गरेको खुल्ला दिसामुक्त घोषणा सभामा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले मेचीनगरलाई खुल्ला दिशामुक्त नगर घोषणा गरेका थिए । खुल्ला दिसामुक्त नगर घोषणाको लागि जिल्ला सरसफाइ स्वच्छता समन्वय समितिले गुणस्तर र शौचालयको अवस्था अध्ययन गरि घोषणा अनुमति प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ । मंसिर २७ गते शतप्रतिशत घरधुरीमा शौचालय भएको हुँदा गुणस्तरण निर्धारणका लागि नगरपालिकाबाट पत्रचार गरिएकोमा मंसिर २६ गते जिल्ला सरसफाइ तथा स्वच्छता समितिको निर्णयले मेचीनगर नगरपालिका खुल्ला दिसामुक्त नगर घोषणा गर्न उपयुक्त ठहर गरेको थियो…