
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दाङ, ७ पुस । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उहाँले बताउनुभयो । सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका र उनीहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राति नै कोहलपुरस्थित शिक्षण अस्पताल लगिएकोे थियो । शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । घटनालगत्तै नेपाली…
बनियानी, ७ पुस । झापाको झापा गाउँपालिकाबाट नाबालक मिठाई दिन्छु भन्दै अप्राकृतिक मैथुन गर्ने एक युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गापा–२ का १८ वर्षीय सन्दिप बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बर्देवाले सोही वडामा ६ वर्षीय एक नाबालकलाई मिठाइ दिन्छु भन्दै ललाइ–फकाइ अप्राकृतक मैथुन गरेका हुन् । बर्देवालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले मेचीनगर–६ स्थित भन्सार गेटबाट लागुऔषध खैरोहिरोइन सहित बिर्तामोड–१ का आरिप महमदलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा प्रहरीले आरिपको साथबाट २ ग्राम खैरो हिरोइन बरामद गरेको…
बिर्तामोड, ७ पुस । झापाका स्थानीय तहका प्रमुख/ अध्यक्षहरुले ठूलो योजना र सानो बजेट प्राप्त हुँदा योजनाहरु अपलपत्र हुने गरेको बताएका छन् । जिल्ला समन्वय समिति झापाले शुक्रबार आयोजना गरेको वार्षिक कार्ययोजना सम्बन्धी परामर्श गोष्ठीमा उनीहरुले त्यस्तो बताएका हुन् । ‘बजेट अपुग भएपछि योजनाहरु आधा पनि नभई अलपत्र पर्ने गरेका छन्’, उनीहरु भन्छन्, ‘ठूलो योजनाका लागि ठूलै बजेट पाउनु प¥यो ।’ त्यस्तै, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले तीन तहकै सरकारको कामकारबाहीको निगरानी सञ्चार क्षेत्रले गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रले केन्द्र, प्रदेश र स्थानीय तहले गरेका कार्यहरुको निगरानी गरे प्रभावकारी हुने बताउनुभयो । ‘हाम्रो…
काठमाडौँ, ७ पुस । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् । आज भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् । नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् । आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भए । उनले २० लाख पुस्कार पाए । त्यसैगरी सेकेण्ड रनरअप प्रदेश नं १, झापाका सुमित पाठक भए । उनले १२ लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको थर्ड रनरअप प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन्…
लमही, ६ पुस । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले…
तेह्रथुम, ६ पुस । तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि माइभ्याली फुटबल क्लब इलाम र उदयपुर भिड्ने भएका छन् । आज भएको सेमीफाइनल खेलमा उदयपुरले पाँचथरलाई ४–२ र इलामले झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । खेलको पहिलो हाफमा उदयपुरका हेम राईले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफमा पाँचथरका लागि गजिन राईले एक गोल फर्काएका थिए । निर्धारित समयमा एक–एकको बराबरी खेलेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । यस्तै आजै भएको सेमीफाइनलको दोस्रो खेलमा माइभ्याली फुटबल क्लब इलामले जलथल फुटबल क्लब झापालाई २–० ले पराजित गरेको छ । इलामका लागि मनिष…
बिर्तामोड, ६ पुस । झापाको झापा गाउँपालिकाका एक पुरुषलाई बहुविवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा–२ स्थित झापा बजारका ४८ वर्षीय शम्भुबहादुर कार्कीले घरमा जेठी श्रीमती हुँदाहुँदै रामेछाप घर बताउने ४५ वर्षीया मुठ्ठू माझीसँग विवाह गरेपछि उनलाई पक्राउ गरिएको हो । दोस्रो विवाह गरेको उजुरी आएपछि कार्की र माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिररहेका प्रहरीले जनाएको छ ।
बिर्तामोड, ६ पुस । झापाको मेचीनगर–६ स्थित भन्सार गेटबाट लागुऔषध खैरो हिरोइनसहित एक युवालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–१ का आरिप महमद रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले आरिपको साथबाट २ ग्राम खैरो हिरोइन बरामद गरेको छ । पक्राउ परेका आरिपमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड, ६ पुस । झापाको बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई आज सूचनाको हक, पत्रकारिता, मुलुकी संहिताबारे प्रशिक्षण प्रदान गरिएको छ । यहाँस्थित साझामञ्च मिडिया प्रालिको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा जनप्रतिनिधि तथा कर्मचारीलाई उक्त प्रशिक्षण प्रदान गरिएको हो । उनीहरुलाई नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले प्रशिक्षण दिनुभएको छ । उहाँले सहभागीलाई सूचनाको हकको प्रयोग र उपयोगिताबारे जानकारी गराउनुभयो । कार्यक्रममा गाउँलेले सूचनाको हकको प्रयोगबाट जनप्रतिनिधि र कर्मचारीले गरेको निर्णय जस्ताको तस्तै नागरिकले थाहा पाउने बताउनुभयो । ‘सूचनाको हकले कुनै पनि विषयलाई ‘मिलाउने’ भन्ने कुरालाई प्रहार गर्छ’, उहाँले भन्नुभयो, ‘यसले हुन्छ वा हुँदैन भन्ने कुरालाई केही गर्दैन ।’ ‘धेरै…
बिर्तामोड, ६ पुस । झापाको अर्जुनधारा–५ लक्ष्मीपुरस्थित नवदुर्गा पाञ्चायतन मन्दिरमा सप्ताह श्रीमद् लिङ्ग महापुराण शुरु भएको छ । पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना हुने पुराणको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले गरेका थिए । १८ औं पुराण लगाउने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको पुराणमध्ये यो १४ औँ अनुष्ठान भएको पुराण आयोजक समितिका अधयक्ष छविलाल लम्सालले जानकारी दिए । पुराण उद्घाटनको अवसर पारेर नवदुर्गा सामुदायिक भवनको समेत औपचारिक रुपमा उद्घाटन गरिने उनले बताए । पुराणमा पण्डित पुरुषोत्तम गजुरेलको प्रमुख वाचन रहने र पण्डित लक्ष्मप्रसाद पोखरेलको उप वाचन रहने अध्यक्ष लम्सालले बताए । पुराणका लागि २ लाख ५० हजार अनुमानीत…