
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त तीन मन्त्रीलाई आजै…
काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त तीन मन्त्रीलाई आजै…
इटहरी, १८ साउन । राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अधिकारका विषयमा जिल्ला तहमा प्रशिक्षक प्रशिक्षण उत्पादन गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण तालीम आजबाट प्रारम्भ भएको छ । पूर्वी नेपालको झापा मोरङ सुनसरी र धनकुटा जिल्लाको नेपाल पत्रकार महासंघका जिल्ला सभापति एवं अन्य सञ्चारकर्र्मीसहित उक्त प्रशिक्षक प्रशिक्षण तालीममा ३५ जना सञ्चारकर्मीको सहभागिता रहेको छ । तालीममा सहभागी भएका सञ्चारकर्मीलाई जिम्मेवार पत्रकारिताको माध्यमबाट आम नेपाली जनतालाई सूचनाको हकसम्बन्धी संविधानबाट प्राप्त अधिकार सुनिश्चित गराउन भूमिका खेल्ने विषयमा ज्ञान एवं दक्षता प्रदान गरिने छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले तालीमको शुभारम्भ गर्दै संविधानले प्रत्याभूत गरेका नागरिकको सूचनाको हकका…
काठमाडौँ, १८ साउन । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ । सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवासमेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिन्छ । हाल यो सेवा एफटिटीएच वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानमा पनि एफटिटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने टेलिकमले जनाएको छ…
काठमाडौं, १८ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक भोट पनि खसेन । समितिमा रहेका कांग्रेसका चार सांसदले भने बहिस्कार गर्नुको चार कारण लिखित रुपमै राखेका छन् । ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौं’ उनीहरुले भनेका छन् । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् ।
काठमाडौँ, १८ साउन । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १३ः०० बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिनुभयो । आजको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११ः०० बजे बस्ने गरी बैठक स्थगन भएको जनाइएको छ । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक, २०७५’ लाई दफावार छलफलका…
काठमाडौँ, १८ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ संसदीय सुनुवाइ विशेष समितिले ढिलाई गरिरहेकोमा आपत्ति जनाउनु भएको छ । नेता महतले प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइमा ढिलाई गरेर दुईतिहाईको बलमा सरकारले संवैधानिक निकायलाई तर्साउन खोजिरहेको आरोप पनि लगाउनुभयो । शुक्रबार नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले मुलुकको विधि र सुुशासन समाप्त पारेको दावी समेत गर्नुभयो । नेता महतले सरकारले नियमनको अधिकार कटौति गरेर बीमा विधेयक संसदमा पेस गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
मिर्गौलाको संक्रमण निकै पीडादायी रोग हो, जो मूत्राशय (ब्लाडर) को संक्रमण सिस्टाइटिसका कारण हुन्छ । अधिकांश मानिसमा सिस्टाइटिसबाट मिर्गौलाको संक्रमण हुँदैन । तर, कहिलेकाहीँ ब्याक्टेरिया ब्लाडरबाट एक या दुवै मिर्गौलासम्म पुग्न सक्छन् । तत्कालै रोग पहिचान गरेर एन्टिबायोटिकले उपचार गरेमा मिर्गौलाको संक्रमण गम्भीर हुँदैन । तर, समयमै उपचार गरिएन भने अवस्था खराब हुँदै गएर मिर्गौला बिग्रने सम्भावना हुन्छ । लक्षण ः मिर्गौला संक्रमणको लक्षण कहिलेकाहीँ केही घन्टामै देखिन सक्छ । यस्तो अवस्थामा उच्च ज्वरो आउने, कम्पन हुने र पछाडि या साइडमा पीडा हुने हुन्छ । साथै सिस्टाइटिसजस्ता युरिनरी ट्रयाक्ट इन्फेक्सन (युटिआई) का लक्षण पनि देखिन्छ। तिनका लक्षण निम्न छन्ः –…
भारतमा एक गर्भवती बाख्रालाई मानिसहरुले सामूहिक बलात्कार गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा चर्चामा आयो । हरियाणाको मेवात इलाकामा २५ जुलाईमा गर्भवती बाख्राको सामूहिक बलात्कार भएको थियो । र, त्यसको भोलिपल्ट बाख्राको मृत्यु भएको थियो । मेवात प्रहरी प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो घटनाका आरोपीहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ । तर प्रहरीले कसैलाई पक्रिएको छैन । प्रहरी प्रवक्ता जितेन्द्र कुमारले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । जनावरसँग सेक्सः जनावरसँग ‘सेक्स’ गर्नुलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको अर्को एक अर्थ पनि छ ‘अति क्रूर व्यवहार’ । अक्सफोर्ड डिक्सनरीका अनुसार कुनै व्यक्ति र जनावरबीचको शारीरिक सम्पर्कलाई बेस्टिएलिटी भनिन्छ । नेसनल सेन्टर फर वायोटेक्नोलोजी इन्फरमेसन…
बलिउड अभिनेता इरफान खान जटिल प्रकारको क्यान्सरसँग जुझिरहेका छन् । न्यूरोएन्डोक्राइन ट्यूमरबाट पिडित उनको अमेरिकामा उपचार जारी रहेको छ । इरफानले एक अन्तरवार्तामा आफ्नो पछिल्लो अवस्थाबारे जानकारी दिएका छन् । ‘मैले अहिलेसम्म ४ राउन्ड किमो लिएँ । अझै दुई राउन्ड लिन बाँकी छ । डाक्टरहरुले अब म खतरामुक्त रहेको बताएका छन्,’ इरफानले भने । सुरुमा आफूलाई यस्तो रोग लागेको थाहा पाउँदा बाँच्ने आशा नै समाप्त भएको उनले सुनाए । ‘मलाई अब म मर्दैछु भन्ने लागेको थियो । तर, सास रहुञ्जेल आशा हुन्छ नै । त्यसैले उपचार प्रक्रियामा जान तयार भएँ । डाक्टरहरुले मेरो उपचारमा कुनै कसर बाँकी राखेनन् । यसैको…