झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कञ्चनपुर, २४ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार साउन ९ गते राति भीमदत्त नगरपालिका १८ भगतपुरको एक पसलबाट कुखुरा चोरी भएको थियो । पसल मालिक पुनित चौधरीले प्रदीपमाथि शंका गरेर सालघारीस्थित प्रहरी बिटमा जाहेरी दिएका थिए । त्यसैका आधारमा साउन १० गते विहान १० बजेतिर प्रदीपलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी…

Read More

काठमाडौं, २४ मंसिर । भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन् । उद्धार गरिएकासहित नौ जना अचानक बेपत्ता भएपछि खोजी हुनुपर्ने मागसहित दिल्लीमा प्रर्दशन भईरहेको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

Read More

कुमरखोद, २४ मंसिर । झापाको पुरानो सदरमुकाम झापा बजारमा एनआइसी एसिया बैंकको शाखा स्थापना भएको छ । बैंकको २५८औं शाखाको रुपमा आइतबार झापा गाउँपालिकामा स्थापना भएको हो । शाखाको गाउँपालिका अध्यक्ष जयनारायण शाहले साखाको उद्घाटन गर्नुभयो । बैंकले ८ महिना अगाडि नै सोही स्थानमा कारोबार सञ्चालन गरे पनि आइतवारदेखि औपचारिक रुपमा शाखाको उद्घाटन गरिएको बैकका शाखा प्रबन्धक ओमप्रकाश भण्डारीले बताउनुभयो । बैकका हालसम्म २७० साखा सञ्चालनमा रहेका बताइएको छ । कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक दिपक थापा, झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी, बैंकका क्षेत्रीय उपप्रबन्धक रविन वारिया, नेत्र राना, अंगद हरिजन, नेत्र खड्का लगायतले बैंकले यस क्षेत्रका व्यापारी–व्यावसायी र कृषकको व्यापार…

Read More

भद्रपुर, २४ मंसिर । रामकृष्ण साधन आश्रम कचनकवल–५ पाठामारीको रजत महोत्सव भव्य रुपमा सम्पन्न गरिएको छ । कोच बिहारका पीठाधीश पूर्ण ब्रम्हानन्दजी महाराजको नेतृत्वमा आश्रममा विविध प्रवचनसहित रजत महोत्सव सम्पन्न गरिएको हो । आश्रम सचलन समितिका अध्यक्ष धनलाल गणेशले स्वागत गरेको कार्यक्रममा विपन्न परिवारका ३ सय महिलालाई साडी वितरण समेत गरिएको थियो । कार्यक्रममा यज्ञधनानन्दजी महाराज, एकार्थानन्दजी महाराज, कचनकवल गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशी लगायतले सफलताको कामना सहित मन्तव्य राखेका थिए ।

Read More

रुपन्देही, २३ मङ्सिर । पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा देवदह–७ का जीवन खत्रीलाई आज पक्राउ गरेको हो । घर अगाडि खेल्दै गरेको अवस्थामा बालिकालाई चाउचाउ दिएर ललाइफकाई नजिकैको टहरामा लगेर खत्रीले जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिनुभयो । खत्रीसँगै अन्य पाँच जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Read More

सन्तोष शर्मा बिर्तामोड, २३ मंसिर । नेपाल आइडल–२ का प्रतियोगी सुमित पाठकलाई जिताउन झापामा गठित ‘सुमित पाठक जिताउ अभियान’ समितिले दुई झापाली प्रतिभा बीच फाटो ल्याउने किसिमका गलत प्रचारबाजी नगर्न आग्रह गरेको छ । समितिले झापाको बिर्तामोडमा आज साँझ पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो आग्रह गरेको हो । नेपाल आइडल–२ का ‘टप–४’का दुवै झापाली प्रतियोगी सुमित पाठक र अस्मिता अधिकारीलाई शनिबार भद्रपुरस्थित विमानस्थलमा स्वागतका क्रममा अस्मितामाथि सुमितले ‘अभद्र शब्द’ प्रयोग गरेको सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार–टिकाटिप्पणी आएको थियो । सुमित जिताउ अभियानका अभियानकर्मी एवम् कलाकार राजेश घतानीले भिडियोमा केही अंश राखेर गलत प्रचारबाजी भएको आरोप लगाउनुभयो । ‘दुवै झापाली प्रतिभा…

Read More

संखुवासभा, २३ मंसिर । संखुवासभाको खाँदबारी नगरपालिका(६ मयम भन्ने स्थानमा आइतवार अवैध गर्भधारणबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । अवैध गर्भधारण गरी शिशुको हत्या अभियोगमा सोही ठाउँ बस्ने स्वर्गीय टंकमान राईको श्रीमती बर्ष ३७ की फुलमाया राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आइतवार रातको समयमा राईले बच्चा जन्माएर हत्या गरि डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल जिप्रकाबाट प्रहरी टोली खटि गई राईलाई नियन्त्रणमा लिई कानूनी प्रकृया पश्चात शिशुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको छ भने घटना सम्बन्धमा थप…

Read More

भद्रपुर, २३ मंसिर । नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले शिक्षा शाखाको नेतृत्व लिन आइपुगेका उपसचिव दिनेश न्यौपानेलाई स्वागत गरेको छ । महासंघका नगर अध्यक्ष गणेश गिरीको नेतृत्वमा गएको टोलीले शिक्षा मन्त्रालयबाट सरुवा भई भद्रपुर नगरपालिका शिक्षा शाखाको नेतृत्व गर्न भर्खरै आइपुगेका उपसचिव न्यौपानेको कार्यकक्षमै गएर कार्यकाल सफलताको कामना सहित स्वागत गरेको हो । भद्रपुर नगरमा सवल शिक्षण वातावरणको निर्माण गरी नेतृत्व लिन शुभकामना दिँदै स्रोत व्यक्ति प्रेम भुजेल, नेपाल शिक्षक संघ जिल्ला सचिव योगेन्द्र पौडेल, शिक्षक महासंघका रमाकान्त चौधरी, मञ्जु चौधरी, राजनकृष्ण गौतम विद्यालय कर्मचारी परिषदका जगेनलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Read More

काठमाडौँ, २३ मङ्सिर । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिकासमेत जारी गरेको थियो । कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ महीना लामो समयमा एक हजार ५०० कम्पनीका करीब छ हजार सवारी मात्र दर्ता भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । पुस…

Read More

दमक, २३ मङ्सिर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको दायित्व भएको औंल्याउनुभएको छ । यहाँ आजदेखि शुरु भएको स्थानीय तहमा विपत् सचेतना तथा अभिमुखीकरण तालीमको उद्घाटन गर्नुहुदै मन्त्री कार्कीले विपत् हुनसक्ने जोखिम नियन्त्रण गर्न समयमानै उपाय अवलम्बन गर्न सकिए उत्पन्न हुने जोखिम कमी आउने जोड दिनुभयो । विपत् व्यवस्थापन गर्न सबैको चुनौती भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “विपत् व्यवस्थापन गर्न सबैले प्रयास गर्ने हो भने त्यसबाट हुने मानवीय तथा प्राकृतिजन्य जोखिममा कमी आउने छ ।” कार्यक्रममा मन्त्रालयका सचिव गोपालप्रसाद पराजुलीले विपत्बाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न तथा त्यस सम्बन्धी सचेतना…

Read More