
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ३१ साउन । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी (पीडितलाई दिइने क्षतिपूर्ति रकम) रु ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढाले सो रकम हस्तान्तण गर्नुभयो । सो रकम साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत सम्बन्धित निकायसम्म पु¥याउन परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया शुरु गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि…
पाँचथर, ३१ साउन । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । आज घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । आमा कमला छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान् पनि अलैँची बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर घर फर्किंदा छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि बचाउने क्रममा आमा पनि घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर अवस्थामा भएकी ३५ वर्षीया कमलाको पाँचथर अस्पतालमा उपचार हुन…
उर्लाबारी, ३१ साउन । कृषि विकास बैंक उर्लाबारी शाखाले आर्थिक वर्ष २०७४÷७५ मा रु ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । सो बैंकले गत आवमा रु ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो । गत आवमा रु ४४ करोड ५० लाख कर्जा असुली गर्ने लक्ष्य लिएकामा रु ५४ करोड ६१ लाख ५९ हजार असुली गरेको बैंकका प्रबन्धक रक्षक रायले जानकारी दिनुभयो । रु पाँच करोड ब्याज असुली गर्ने लक्ष्य लिएको सो बैंकले गत आवमा रु पाँच करोड ६३ लाख ८२ हजार असुली गरेको छ । गत आवमा रु सात करोड २४ लाख ७२ हजार खुद…
काठमाडौँ, ३१ साउन । राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिनुभयो । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यबस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।
बलिउड अभिनेता आमिर खान आफ्नो निजी जीवनका कुराहरु मिडियामा ल्याउन रुचाउँदैनन् । विशेषगरी आफ्नो दाम्पत्य जीवनका विषयमा । सबैलाई थाहा छ कि आमिरको पहिलो बिहे असफल भएको थियो । रिनासँग बिहे गरेको १६ वर्षपछि उनले डिभोर्स गरेका थिए । त्यसको केही समयपछि उनले किरण रावसँग दोस्रो बिहे गरे । अहिले उनको दाम्पत्य जीवन राम्रै चलिरहेको छ । भारतीय मिडियासँग आफ्नो वैवाहिक जीवनबारे नबोलेका आमिरले हालै एक चिनीया पत्रकारसँगको अन्तरवार्तामा मुख खोलेका छन् । उनले आफ्नो पहिलो र दोस्रो श्रीमतीको विषयमा सम्भवतः पहिलोपटक मिडियामा टिप्पणी गरे । ‘मेरो पहिलो श्रीमती रिना एकदम कठोर थिइन्,’ उनले भने, ‘उनको र मेरो शैली पटक्कै…
विषालु सर्पको देख्दैमा मन डराउँछ । तर यो दुनियाँमा एकजना यस्ता मान्छे छन् जो २ सय विषालु सर्पको बीचमा बस्दछन् । भारतको छत्तिसगढस्थित बिलासपुर नजिकै रहेको पेड्राका बासिन्दा द्वारका कोलले २ सय सर्प पाल्नका लागि आफ्नो घरकै छेउँमा एउटा घर बनाएका छन् । उक्त झुपडीमा कोब्रा तथा करेटलगायतका खरतनाक सर्पहरु पालिएका छन् ।पछिल्लो २१ वर्षमा उनले झण्डै ५ हजार सर्प पक्रिएका छन् । यद्यपि, सर्प समाउने काम उनको जिउ पाल्ने पेशा होइन । उनी शौख र सहयोगका लागि मात्र यो काम गर्दछन् । आफूले पक्रिएका सर्प उनले घरभित्र ल्याएर राख्दछन् । उनले पालेका कुनै पनि सर्पको उनले दाँत फुकालिदिएका छैनन्…
भद्रपुर, ३१ साउन । मृगौला रोगबाट पीडित पूर्व फुटवल खेलाडी राजी राजवंशीलाई उपचारका लागि ४० हजार ५ सय रूपैया आर्थिक सहयोग गरिएको छ । नेपाल पुलिस क्लवमा समेत रहेर राष्ट्रिय फुटवल टिममा लामोसमय खेलाडीका रूपमा रहेका राजवंशी ३ महिना यता मृगौला रोगबाट पीडित भएपछि उपचारमा आर्थिक संकट आउन थालेपछि खेलमा संलग्न भद्रपुरका पूर्व खेलाडीहरुले आर्थिक संकलन गरी सो रकम राजवंशीलाई हस्तान्तरण गरेका हुन् । भद्रपुर नगर प्रमुख तथा पूर्व खेलाडी जीवनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले ३७ जना खेलाडी एवम् शुभचिन्तकबाट संकलित रकम ४० हजार ५ सय प्रदान गरेका हुन् । २०३९ सालबाट झापालाई केन्द्र बनाएर फुटवल खेल्न थालेका ५२ वर्षीय…
सान नेपाल गौरादह, ३१ साउन । चाडपर्व नजिकिँदै गर्दा चोरीका घटना सुनिन थालेका छन् । गौरादह वडा नं. २ मा रहेको कलाकार सीताराम ताजपुरियाको घर फुटाएरसामान चोरी भएको इलाका प्रशासन गौरादहले जनाएको छ । विगत केही देनदेखि कलाकार ताजपुरिया श्रीमतीसहित काठमाडौँ बस्दै आएका थिए । घरमा कोही नभएको मौका पारी मुख्य ढोका फुटाएर रातको समयमा चोरी भएको बताइएको छ । घटना भएको सूचना पाउने बित्तिकै प्रहरीको टोली उक्त स्थानमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । अनुसन्धान क्रममा केही लत्ताकपडा र खाली सुटकेस घरदेखि १०० मिटरको दुरीमा भेटिएको बताइएको छ । त्यस्तै, घरदेखि करिब ५०० मि. टाढा धान खेती भएको ठाउँमा…
गौरादह, ३१ साउन । गौरादहमा सञ्चालन गरिएको एक महिने हाउस वायरिङ् तालिम सम्पन्न भएको छ । दक्ष सीप प्रशिक्षण तथा रोजगार प्रर्वद्धन केन्द्र इटहरीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हाउस वायरीङ् तालिममा नगरपालिका भित्रका ३७ जनाले तालिम लिएका थिए । वडा नं.१ को वडा कार्यालयको सभाहलमा एक कार्यक्रमकाबिच समापन गरिएको हो । रोजगार प्रर्वद्धन केन्द्रका प्रशिक्षक मित्र राईले एक महिनासम्म प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले तालिममा सहभागिहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए । प्रमाण–पत्र वितरण गर्दै मेयर शाहले युवालाई आफ्नै क्षेत्रमा रोजगारीका अवसर सिर्जना गराई आत्मनिर्भर बनाउन नगरपालिकाले सीप मूलक तालिम आयोजना गरेको बताए…
मदन राजवंशी गौरीगञ्ज, ३१ साउन । बाटो निर्माणका नाममा उपभोक्ता समितिले झारो टार्ने काम मात्र गरेको आरोप लाउँदै गाउँलेहरुले उपभोक्ता समिति उपर गौरीगञ्ज गाउँपालिकामा उजुरी दर्ता गरेका छन् । गौरीगञ्ज गापा अन्तर्गतको हुलाकी सडक देखि प्रहरी टोल जाने सडकमा उपभोक्ता समितिका अध्यक्ष बाबुराम कटुवालले मनोमानी ढंगले काम गरेको र सम्झौता अनुसार काम नभएको गाउँलेहरुको आरोप छ । उपभोक्ता समितिको कोषाध्यक्ष धनमाया कार्की र सदस्य पेसराज भट्टराई सहितको टोलीले बुधबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ भेटेर गाउँलेहरुको हस्ताक्षर सहितको उजुरी बुझाएका हुन् । कोषाध्यक्ष धनमाया कार्कीका अनुसार समितिका अध्यक्ष कटुवालले समितिका सदस्यहरुलाई झुक्याएर निर्णय पुस्तिकामा हस्ताक्षर गराएको र समितिका सदस्यहरुलाई जानकारी नै…