
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, २ कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ । यसैगरी सन्देशमा विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीबाट विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उल्लेख गरिएको छ ।…
चितवन, २ कात्तिक । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो । मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान २ः३० बजे भएको थियो । त्यसैबीच माडीमा हात्तीको आक्रममणबाट एक किशोरको मृत्यु भएको छ । माडी…
झापा, २ कात्तिक । आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ । असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी…
महेश हेमरम र्इतिहास पल्टाएर हेर्नेहो भने सन्थाल समुदायमा धेरै वर्ष अघिदेखि दशै मनाउदै अएको पार्इन्छ । आदिमकालदेखि दशै मनाउने परम्परालार्इ हेर्नेहो भने सन्थाल समुदायका घरघरमा पुजा नभर्इ, गाउँमा भएका धामीहरूले पुजा गरी मनाउँदै आएको पाइन्छ । सन्थाल समुदायमा रहेको भाषा, धर्म, सास्कृती, लिपी, परम्परा, नियम, चालचलन अ।दिको संरक्षण गर्नका लागि दशै अ।उन महिना दिन अघिदेखि गाउँका सम्पूर्ण पूरूषहरूलार्इ भेला पारेर पुजा गर्दा उच्चरण गरिने मन्त्र लगायत त्यसमा प्रयोग हुने नियम चालचलन अ।दि इत्याधि उनिहरूलार्इ सिकाउने कार्य दशै अघि सम्म गरिन्छ । र दशैको फुलपातीको दिन बिहानी धामीहरूले पुजामा भगवानलार्इ बलीको रूपमा खसी, बोका, परेवा चडार्इ अर्को पुस्तालार्इ हस्तान्तरण गर्ने चलन…
धर्म गौतम नेपालीहरुले दशैं कहिलेदेखि मनाउन थालेका हुन् भन्ने कुराको अनुमान समाज शास्त्रीहरुले लगाउलान् । भनिन्छ पहिले दशैं चैतमा मनाइन्थ्यो, त्यो मौसम उपयुक्त नभएकाले दशैंलाई यता अर्थात् असोजतिर सारियो । चैते दशैं भनेर मान्ने चलन अद्यापि छ । त्यो रामनवमीसँग जोडिन पुग्छ । त्यसैले यसलाई रावण वधसँग पनि जोडियो होला । मौसमका हिसावले दशैंताकाको मौसम राजा मौसम हो । त्यसैले दशैंले रमाइलो मौसमको विम्ब समेत दिन्छ । झरी उघ्रिएर झलमल्ल घाम लागे भने ‘दशैं जस्तै पो भयो त’ भन्ने गरिन्छ । दशैंले अर्को अर्थ दिन्छ, मोजमज्जाको अवसर भन्ने । कुनै अवसर वा सुविधा विशेषरुपमा उपलब्ध भयो भने ‘तेरो त दशैं…
काठमाडौँ, ३१ असोज । काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिनुभयो । दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने उहाँको भनाइ छ । काठमाडौँबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौँका…
गौरादह, ३१ असोज । गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका छेत्रमा बसोबास गरी पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको छाता सस्था ‘ग्रामीण पत्रकार मञ्च’ गठन गरिएको छ । यस छेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था स्थापना गर्न आवश्यक रहेको साथै विभिन्न संघ सस्थाका सदस्य र बौद्धिक व्यक्तित्वहरुको सुझाब सल्लाहलाई मध्यनजर गरी संस्था स्थापना गरिएको हो । नव गठित ७ सदस्यीय मञ्चको अध्यक्षमा बेनु अधिकारी, उपाध्यक्षमा झगेन्द्र खड्का, सचिवमा आत्माराम राजवंशी, सहसचिवमा युवराज रेग्मी, कोषाध्यक्षमा सान्ती सुब्बा रहेका छन् । त्यस्तै, सदस्यहरुमा सान नेपाल र मदन राजवंशी रहेका छन् । मञ्चको सल्लाहकार समितिको संयोजकमा गौरादह नगर प्रमुख रोहितकुमार साह साथै सल्लाहकार समिति सदस्यमा गौरीगञ्ज…
काठमाडौं, ३१ असोज । मिरान्डाको इन्जुरी टाइमको गोलको मदतमा ब्रजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनालाई हराएको छ र चार देशको मैत्रिपूर्ण प्रतियोगिताको उपाधि जितेको छ । साउदी अरबमा भएको खेलमा ब्राजिलले लिओनल मेस्सी विनाको अर्जेन्टिनालाई १–० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा इन्जुरी टाइममा मिरान्डाले गोल गरे । किङ्ग अबदुल्ला स्पोट्र्स स्टेडियममा नेइमार, काउटिन्हो, रोबर्टो फिर्मिनोले गोल गर्न नसकिरहेका बेला उनले गोल गरेका थिए । अर्जेन्टिनी टोलीमा भने मेस्सीका साथै सर्जिओ एग्युरो, गोन्जालो हिगुइन र एन्जल डि मारिया पनि थिएनन् ।
झापा, ३१ असोज । महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा…
सान नेपाल गौरादह, ३० असोज । दशैँको शुभकामना आदान–प्रदान गर्ने उद्देश्ले वडा कार्यालय गौरादहले सञ्चालन गरेको नगर भलिबलको उपाधि वडा नं. २ ले हात पारेको छ । मंंगलबार भएको वार्ड नं. ७ र २ बीचको फाइनल खेलमा वार्ड नं. २ ले ७ लाई २७÷२९, २५÷२३, २५÷१५ को सेटमा पराजित गरेको थियो । मंगलबारकै दिन भएको जनप्रतिनिधि र नगर भित्रका शिक्षक कर्मचारीसहितको मैत्रीपूर्ण खेलमा कर्मचारीको टिम विजयी भएको हो । विजेता र उपविजेता तथा तेश्रो हुने टिमलाई क्रमसः २५ हजार र १५ हजार र ८÷८ हजार सहित सिल्ड पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि…