झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इटहरी, २६ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सडक सुशासन कायम राख्न प्रत्येक नागरिकले सडकका विषय एवं ट्राफिक नियमका विषयमा ज्ञान राख्न जरुरी रहेको बताउनुभएको छ । प्रदेश मन्त्रालयद्वारा आज इटहरीमा आयोजित सडक सुशासन विषयक छलफलमा उहाँले सडक उपभोग एवं सडक सुरक्षाका विषयमा सचेत भएर लाग्न नसकेसम्म जतिसुकै राम्रो र सुविधा सम्पन्न सडक निर्माण भए पनि सडकमा दुर्घटनामा कमी नआउने भएकाले सडक उपयोगका विषयमा सबैले सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

Read More

बिर्तामोड, २६ असोज । कमल गाउँपालिकास्थित कमल स्पोर्टिङ क्लब बिर्तामोडमा जारी १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा दमक स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले पाखा लगाउँदै कमलले अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो । अब उपाधिका लागि कमलले आइतबार काँकडभिट्टाको सामना गर्नेछ । बिर्तामोड–२ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा कमलका तर्फबाट विजय मगर, सोयङ राई र दर्शन हेमरमले गोल गरे । दमकका तर्फबाट ओमप्रकाश तामाङले मात्र गोल गर्न सके । खेलको म्यान अफ द म्याच कमलका गोलरक्षक मनिष मगर घोषित भए । उनले नगद दुई हजार रुपैयाँ प्राप्त…

Read More

सागर गौतम खुदुनाबारी, २६ असोज । अर्जुनधारा नगरपालिकाले चाडवर्पको पूर्वसन्ध्यामा बजार अनुगमन गरेको छ । अनुगमन टोलीले शनिश्चरे बजार क्षेत्र अनुगमन गरेको छ । चाडपर्वको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो । नगरपालिकाका नगर उप–ं प्रमुख तथा अनुगमन समितिका संयोजक कमला आचार्यको संयोजकत्वमा शनिश्चरे प्रहरी चौकी , उद्योग वाणिज्य संघ, बिभिन्न बिषयगत शाखा तथा पत्रकारको टोलीले शनिश्चरे बजार क्षेत्रका बिभिन्न २७ वटा पसलमा अनुगमन गरेको हो । टोलीले अनुगमनका क्रममा व्यवसाय दर्ता, नविकरण गरे (नगरेको, राजस्व तिरे – नतिरेको र म्याद गुज्रेको अखाद्य बस्तु, नापतौलको प्रमाणपत्र, स्थायी लेखा प्रमाणपत्र, मासुको गुणस्तर लगायतको अनुगमन तथा…

Read More

काठमाडौं, २६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् । निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ । त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, २६ असोज । आज प्रकाशित अधिकांश पत्रिकाले नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। समाचारमा लेखिएको छ, सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् । उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् । चुनाव लड्न हच्किए गौतम शिर्षकमा…

Read More

मोरङ, २६ असोज । पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ । प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए । ‘कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न भन्दै लगिएको थियो,’ उनले भने, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा बालिकालाई घरेलु मदिरा खुवाएर…

Read More

मिलान (एजेन्सी) । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि बलात्कार गरेको भन्ने आरोपको खण्डन गर्दै आएका छन् । मायोर्गाले सो समयमा रोनाल्डोले माफूमाथि होटलमा जबरजस्ती गरेको दाबी गर्दै आएकी छन् । रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा आधारहीन भएको भन्दै त्यसको खण्डन गरेका हुन् । यसअघि रोनाल्डोले जर्मनीको डेर स्वेजल साप्ताहिकमा छापिएको आफूमाथि लागेको बलात्कारको आरोप झूटो भएको बताएका थिए । वकिल पिटरले सो पत्रिकाविरुद्ध मानहानिको मुद्दा हाल्ने तयारी भएको बताए । आजको नागरिक दैनिकमा खबर…

Read More

काठमाडौं, २६ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो । आयोगले बिहीबार सो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्शसमेत गरेको छ । त्यसक्रममा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणप्रति आयोगले शंका जनाएको हो । आयोगले परीक्षणको रिपोर्ट नै मगाएर विज्ञहरूसँग छलफल गरेको हो । आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले प्राविधिक रूपमा विश्वस्त हुन आयोगले भेजिनल स्वाब सुरक्षित राख्न प्रहरीलाई निर्देशन…

Read More

दमक, २६ असोज । झापाको दमक र आसपासको क्षेत्रमा बालबालिकाहरुमा भाइरलको प्रकोप देखिन थालेको छ । बिरामी भएर बालबालिकाहरुको उपचारका लागि अभिभावक अस्पताल तथा क्लिनिकहरुमा आउने क्रम बढेको छ । लाइफलाइन अस्पतालका बाल रोग बिशेषज्ञ डा. रजनिश मिश्रका अनुसार भाइरलको संक्रमण भएका बालबालिकाहरु अधिकतम रुपमा उपचारका लागि आउने गरेकाछन् । उनीहरुलाइ आवश्यक उपचारसंगै परामर्श समेत दिइने गरेको मिश्रले बताए । लाइफलाइन अस्पतालमा पनि धेरैको संख्यामा भाइरलको संक्रमणमा परेका बालबालिकाहरु उपचारका लागि आइरहेको मिश्रको भनाइ छ । मिश्र पछिल्लो समयमा दमकमा बालबालिकाको लागि राम्रो डाक्टर मानिन्छन् । बद्लिदोे मौसम, वायु प्रदुषण तथा दुषित पानीका कारण बालबालिकामा भाइरलको संक्रमण ज्यादा हुन्छ । यो हावाबाट…

Read More

मङ्गलबारे, २६ असोज । इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव हुने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ । खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान यहाँका पर्यटकीय आकर्षण हुन् । स्थानीय व्यावसायिक कृषि प्रणाली र मौरीपालन व्यवसाय यहाँ राम्रोसँग फस्टाएको छ । महोत्सवमा कृषि प्रदर्शनी र मौरीको समेत कक्ष राखिने महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईँले जानकारी दिनुभयो । यसअघि यहाँ दुई पटक महोत्सव आयोजना गरिएको थियो ।

Read More