झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पर्वत, १७ मङ्सिर । जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूर काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् । आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको आधारमा खोजी गर्दा सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा आलम पक्राउ गरेको हो । फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई फलेवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।…

Read More

काठमाडौँ, १७ मंसिर । विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन)ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ । विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माइ भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिएका छन् । अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले ट्वीटमार्फत ओलीको किताब म्यानमारकी नेतृ आङ सान सुकीसहित ७ विदेशी विशिष्ट पाहुनाले शनिबार सार्वजनिक गरको बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

गौराहद, १७ मंसिर । झापाको गौरादहमा आत्मा साक्षी राखी मन बचन र कर्मले सामाजिक कार्यमा जुटौँ भन्ने उद्देश्यका साथ दिलिप भण्डारीको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता हित संरक्षण मञ्च गठन गरिएको छ । नवगठित संस्थाका उपाध्यक्षमा डा. तिलका खनाल, सचिवमा भिमविजय वास्तोला, कोषाध्यक्षमा चक्रपाणी बराल, तथा सदस्यहरुमा गणेश अधिकारी, डा. मनिषा भुजेल, मोहनकृष्ण घिमिरे, पुनम नेपाल, निर्मला रिमाल, प्रेम लावती तथा अर्जुन लोहनी रहेका छन् । सो अवसरका कार्यक्रम अध्यक्ष डा. नविन चापागाँईले बजारको होडवाजी, व्यक्तिको चाँडै धनी हुने आकांक्षा, व्यस्त जनजिवन आदीको कारण कमसल, सडेगलेका र गुणस्तरहिन खाद्यपदार्थको किनबेच तथा विक्री वितरण मौलाएको वताउदै यसले मानविय स्वास्थ्यमा नकारात्मक असर पार्न…

Read More

सान नेपाल गौरादह, १७ मंसिर । गौरादह जेसीजले युवाहरुको नेतृत्व विकास गराउने उद्देश्यले आइतबार रि प्रोगाम योर माइन्ड भन्ने मनमा उत्प्रेरणा जगाउने कार्यक्रमको आयोजना गरेको छ । गौरादह न.पा. वडा नं. १ को वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, शिक्षाकर्मी, व्यवसायी, विद्यार्थी लगायत स्थानीयबासीहरुको समेत सहभागिता रहेको थियो । विजनेस ट्रेनर, लिडरसीप कन्सल्टेन्ट इन्टरनेसनल एन.एल.पी राजा बाबु शाहले सहभागीहरुलाई आफ्नो दैनिक जिवनमा आइपर्ने समस्या, व्यवसाय सम्बन्धि विद्यार्थीहरुको अध्ययनमा आउने तनावलाई हामीले कसरी सामधान गर्न सकिन्छ भन्ने विषयमा उत्प्रेरणा जगाउन सहभागीहरुलाई जानकारी गराए । मानव जीवनमा अवलम्बन गरिने सकारात्मक सोच, मानसिक चिन्तन र भौतिक आध्यात्मिक विकास गर्न सकिने अवधारणाका वारेमा…

Read More

काठमाडौँ, १७ मंसिर । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गरेका छन् । उनीहरुले आफूलाई अन्यायपूर्वक बर्खास्त गरिएको दाबीका साथ पुर्नवहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका हुन । बर्खास्त गरेको ३५ दिनभित्र पुर्नवहालीको निवेदन दिने प्राब्धान अनुसार उनीहरुले आफूहरुलाई पुर्नवहाली गरी सरकारी सेवामा निरन्तरता दिन माग गरका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

क्यालिफोर्निया, १७ मंसिर । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिईन् । ठट्टा सोच्दासोच्दै सत्य भयो । उनका साथीले भने । तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरुका अनुसार अरु बेला पनि उनी आत्महत्या गर्ने कुरा…

Read More

काठमाडौं, १७ मंसिर । प्रहरीले १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ । प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लार्य कडाईका साथ लागु गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ बर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् । प्रकरहीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरुलाई प्रवेश गर्न दिनेछन् । कुनै सञ्चालकले कानुन् मिचेर कसैलाई छिराए प्रहरीले पक्राउ गरी कानुन्बमोजिम कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए ।…

Read More

काठमाडौं, १७ मंसिर । राप्रपा प्रजातान्त्रिकका महामनत्ती सुनील थापाले कमल थापाले एकताको बाटो बन्द गरेपछि राप्रपा राष्ट्रवादी र राप्रपाका असन्तुष्ट नेताहरुसँग आफुहरुले एकताका लागि छलफल अगाडि बढाएको स्वीकारे । समान विचारधारा भएका तीन राप्रपाका एकीकरण गर्ने प्रयास हाम्रो थियो । तर, राप्रपा अध्यक्ष कमल थापाले एकताको बाटो सहज छैन आ—आफ्ना बाटो जाओँ पार्टी एकता नगरौँ भनेपछि हामीले उहाँलार्य छाडेर बाँकी शक्तिबीच एकता गर्ने छलफल अगाडि बढाएका छौँ, उनले भने वार्ता सकारात्मक भएको छ । केही दिनमै एकता घोषणा हुने वातावरण बन्दैछ । राप्रपा अध्यक्ष थापाले एकताको वातावरण बिथोलेपछि पार्टीका पाच पुर्वपदाधिकारीसहित १९ जनाले हस्ताक्षरसहितको विज्ञप्ती जारी गरेर व्यक्तिगत स्वार्थ त्यागेर…

Read More

काठमाडौं, १७ मंसिर । श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो — ‘जुँगाको लडाइँ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट अवसरको फाइदा लिन केही व्यवसायीले चलखेलसमेत सुरु गरेका छन्। ‘कारबाही गरेका’ संरचनाका ठाउँमा आउने बाटो बनाउन तिनले दबाब दिने गरेको स्रोतले बतायो। बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थाले अनावश्यक पैसा उठाएको भन्दै मन्त्रालयले जेठमा कारबाही गरेको थियो। मन्त्री विष्टकै निर्देशनमा तीमध्ये अधिकांशका सञ्चालक पक्राउ परेका थिए। तिनको मुद्दा विचाराधीन छ । कात्तिक १२ गते श्रम समझदारी गर्दा मलेसियाले ती संरचना हटाउन मानेन। बरु सबैमा गरी लाग्ने करिब १८…

Read More