झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ मङ्सिर । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापामा विभिन्न विधामा खेलाडी छनोट धमाधम भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद्को अयोजनामा प्रदेश नम्बर ५ का विभिन्न स्थानमा आयोजना हुन लागेको उक्त प्रतियोगिताका लागि धमाधम खेलाडी छनोट भइरहेको जिल्ला खेलकुद विकास समिति झापाका प्रमुख टहलदास मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि खो–खो र ब्याटमिन्टका खेलका लागि खेलाडी छनोट भइसकेका छन् । ‘महिला फुटबल खेलाडी छनोट शनिबारदेखि शुरु भएको छ’, उहाँले भन्नुभयो, ‘अन्य विधामा क्रमशः खेलाडी छनोट हुनेछ ।’ झापाबाट ब्याडमिन्टन खेलका लागि ६ जना, खो–खो खेलका लागि २६ जना खेलाडी छनोट भइसकेका छन् भने महिला फुटबल खेलाडीका छनोटमा…

Read More

चितवन, १६ मङ्सिर । पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन् भने हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता हुनेछ । सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ । महोत्सवका क्रममा सांस्कृतिक कार्यक्रम, संरक्षणमूलक नाटकसमेत प्रस्तुत गरिनेछ । घिमिरेका अनुसार पशु अधिकारकर्मीले गत वर्ष गरेको अनुगमनपछिको…

Read More

गौशाला, १६ मङ्सिर । ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको ज१ख ८७४ नंको बसको सम्सी गाउँपालिका–८ स्थित सडकखण्डमा अचानक रेडिवाटर पड्किँदा चालकसहित आधा दर्जन श्रद्धालु घाइते भएका छन् । घाइतेमध्ये जलेश्वर नगपालिका–१ की ५० वर्षीया सतिया देवी, वडा नं ८ की ५५ वर्षीया लीला देवी र बलवा नगरपालिका–४ की ५५ वर्षीया परेखनी देवीको अवस्था गम्भीर रहेको छ । साथै बसका चालक विजय मण्डल र अन्य दुई…

Read More

बंगलादेश, १६ मंसिर । बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ । नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ । काउन्सिलका अनुसार हाल मुलुकबाहिर सबैभन्दा बढी मेडिकलका विद्यार्थी बंगलादेशमै छन् । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अनुसार यहाँका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । ढाकास्थित नेपाली दूतावासले गत वर्ष परराष्ट्र तथा शिक्षा मन्त्रालय र मेडिकल काउन्सिललाई पत्र पठाएर कालो सूचीका मेडिकल कलेजबारे जानकारी दिएको थियो । त्यस्ता समस्याग्रस्त मेडिकल कलेजमा विद्यार्थी नपठाउनसमेत दूतावासले…

Read More

विराटनगर, १६ मङ्सिर । यहाँ शनिबार भएको पाँचैवटा मिस्टर मोरङको उपाधि सञ्जिव मगरले जितेका छन् । मोरङ शारीरिक सुगठन तथा फिटनेश सङ्घद्वारा आयोजित फाइनल प्रतियोगीमा मिस्टर मोरङको उपाधिबाट पथरीका मगर घोषित भएका छन् । विजेता मगरलाई नगद रु ५१ हजारसहित ट्रफी प्रदान गरिएको छ । यस्तै फस्ट रनरअप अजय मरिकलाई नगद रु २५ हजार र सेकेण्ड रनरअप योगेन लिम्बुलाई रु ११ हजार प्रदान गरिएको छ । प्रतियोगिताको मोस्ट इम्प्रुव बडी विल्डिङमा नेपाल जिमका नवाव अन्सारी, बेस्ट पोजरमा जेसीबी जीमका हरेराम रजक, बेस्ट फिजिकलमा जेसीबी जिमका जुनार आलम र मोस्ट मस्कुलर म्यान विराट जीमका अशोक खड्का घोषित भए । विराटनगर उपमहानगरपालिका…

Read More

काठमाडौँ, १६ मंसिर । अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको खण्डन गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिइकनै उनले भने, ‘१८ करोडको गाडी किन्ने कुरामा कुनै सत्यता छैन ।’ यसपछिको अनौपचारिक कुराकानीमा उनले सरकारले राष्ट्रपतिको लागि किन्न लागिएको गाडीहरुको मूल्य १४ करोड रुपैयाँ भएको जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

दमौली, १६ मङ्सिर । चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो । उक्त खोल्साभन्दा तल अमृत घाइते अवस्थामा…

Read More

काठमाडौं, १६ मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले निर्मलाको पक्षमा भइरहेका प्रदर्शन र सांकेतिक विरोधलाई रोक्न खोजेको हो। निर्मलालाई न्याय माग्दै शुक्रबार मात्रै माइतीघर मण्डला क्षेत्रमा टाँसिएका पोस्टर माथिको आदेश भन्दै च्यातेको प्रहरीको टोलीले शनिबार त्यही स्थानमा गरिएको सांकेतिक विरोध कार्यक्रमलाई रोक्ने प्रयास गर्‍यो। विरोध कार्यक्रमलाई रोक्नैका लागि माइतीघर मण्डलादेखि धोबीखोला पुलसम्म ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रही तैनाथ गरिएको थियो। मध्याह्न १२ बजे थाल्ने भनिएको कार्यक्रम प्रहरीले माइतीघर मण्डलामा प्रवेश नै गर्न नदिएपछि करिब एक घण्टापछि सुरु…

Read More

काठमाडौँ, १५ मङ्सिर । जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको आज रहस्यमय ढङ्गबाट मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी भावनाको उपचारका लागि नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धनका लागि लोप्चनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । यसैबीच सोही वडाको सरस्वतीनगरमा बारा कलैयाका ४० वर्षीय प्रितम कुमारको इलेक्ट्रोनिक्स पसलबाट आज करीब रु दुई लाख बराबरको छ थान टिभी चोरी भएको छ । चोरीमा संलग्न रहेका व्यक्तिको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गाँजासहित पक्राउ चन्द्रागिरि नगरपालिका–२…

Read More

भद्रपुर, १५ मंसिर । भद्रपुर–१० स्थित विपि टोल विकास संस्थाले टोल भरिका सडक संजाल सूचना बोर्ड राखेको छ भने टोलमा रहेका बस्तीहरुमा १९ ओटा डस्टविन समेत विरतण गरेको छ । संस्थाका अध्यक्ष खड्गबहादुर खड्काको अध्यक्षता तथा १० नं. वडा अध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यतामा विपि चौक धनुषमोडबाट अभियान सम्पन्न गरिएको हो । कार्यक्रममा टोलभरिका अगुवा समाजसेवी व्यक्तित्वहरुको उपस्थिति थियो भने संचालन खगेन्द्र चौलागाइँले गरेका थिए ।

Read More