add
खेलकुद विशेष स्थानीय खबर

राष्ट्रिय खेलकुदका लागि झापामा धमाधम खेलाडी छनोट हुँदै

add

झापा, १६ मङ्सिर । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापामा विभिन्न विधामा खेलाडी छनोट धमाधम भइरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को अयोजनामा प्रदेश नम्बर ५ का विभिन्न स्थानमा आयोजना हुन लागेको उक्त प्रतियोगिताका लागि धमाधम खेलाडी छनोट भइरहेको जिल्ला खेलकुद विकास समिति झापाका प्रमुख टहलदास मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिताका लागि खो–खो र ब्याटमिन्टका खेलका लागि खेलाडी छनोट भइसकेका छन् । ‘महिला फुटबल खेलाडी छनोट शनिबारदेखि शुरु भएको छ’, उहाँले भन्नुभयो, ‘अन्य विधामा क्रमशः खेलाडी छनोट हुनेछ ।’

झापाबाट ब्याडमिन्टन खेलका लागि ६ जना, खो–खो खेलका लागि २६ जना खेलाडी छनोट भइसकेका छन् भने महिला फुटबल खेलाडीका छनोटमा ४० जना सहभागी भएका छन् । जसबाट १६ जना खेलाडीहरुले झापाबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व जनाउने छन् ।

ब्याटमिन्टनमा महिलातर्फ काँकरभिट्टाकी अञ्जना राई, पुरुषतर्फ काँकरभिट्टाका प्रनिससिंह ठकुरी, निर्भिक सिग्देल, नितेश न्यौपाने, दमकका दशरथ साह र दिपक साह छनोटमा परेका छन् ।

त्यस्तै, पुरुष खो–खो खेलाडीहरुमा प्रमोद साह, निर्जन तामाङ, प्रकाश चौधरी, मनोज राजवंशी, कुशल मेचे, किरण राजवंशी, सन्तोष राजवंशी, समिम आलम, बासुलाल राजवंशी, रुपक राजवंशी, खण्डासिंह राजवंशी, करण पासवान, महेश राजवंशी, राकेश चौधरी र सञ्जिव श्रेष्ठ छनोट भएका भने महिलातर्फ मनु तामाङ, सरिता रसाइली, आकृति चौधरी, सुरेजा खातुन, निकीता मण्डल, लिलावती राजवंशी, प्रज्ञा तामाङ, रजनी बस्नेत, अमिता न्यौपाने, निशा भट्टराई, सोनु हाङमा माबो, सोलमी रिजाल र जानुका राजवंशी रहेका छन् ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मंसिर १४ देखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा हुने खेलाडी छनोट शुरु भएको हो । खेलाडी छनोटका लागि खेल संयोजक समेत तोकिएको छ ।

फुटबल, एथ्लेटिक्स, टेबल टेनिस, जुडो, भलिबल, कबड्डी, खो खो, उसु, ब्याडमिन्टन, कराते लगायतका विधामा खेलाडी छनोट कार्य तीव्र रुपमा अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिनुभयो ।

Facebook Comments