झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ११ मङ्सिर । नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा हुने भएको छ । काङ्ग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मङ्सिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो । काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट काङ्ग्रेसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिनुभयो । “काङ्ग्रेसको विधान संशोधन समितिमा रहनुभएका काङ्ग्रेस रोल्पा सभापति अमरसिंह पुन र ललितपुर सभापति मदन अमात्यसँग विधान प्रस्तावनाका बारेमा छलफल गरेर देशैभरिका काङ्ग्रेस सभापतिहरुको समान धारणा बनाउँछौँ,” उहाँले भन्नुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उहाँको…

Read More

कतार, ११ मंसिर । नेपाली प्रवासी आदिवासी जनजाति महासंघ कतारले सातौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको अध्यक्षमा शिवकुमार भुजेल चयन भएका छन् । त्यसैगरी, प्रथम उपाध्यक्षमा पुरुषोत्तम सुनुवार, द्वितीय उपाध्यक्षमा रामकुमार मण्डल, महासचिवमा सागर तुम्वाहाम्फे, उप महासचिवमा एकराज राई, सचिवमा तेज गुरुङ र सह कोषाध्यक्षमा हरिबहादुर महतो चयन भएका छन् । त्यसैगरी विभागी सचिवमा श्यामलाल चौधरी, नर बा. गुरुङ, नर बा. सुनुवार, आङ डवाङ कुशाङ शेर्पा चयन भएका छन् । त्यसैगरी, परिसद सदस्यमा पित ब. गुरुङ, युवराज भुजेल, सोहन भुजेल, रमेश भुजेल, भोगेन्द्र आङखेवा लिम्बू, बिबश मादेन लिम्बु, सपना जवेगु लिम्बु, गजेन्द्र सुनुवार, कान्छा राम तामाङ, रामेश्वर…

Read More

कतार, ११ मंसिर । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले सातौँ महाधिवेशन सम्पन्न गरेको छ । ‘पहिचान प्रतिनिधित्व र स्वायत्तता/ स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघियताका लागि संविधान संशोधनको लागि हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ महासंघका अध्यक्ष देव राज राईको अध्यक्षतामा महाधिवेशन सम्पन्न गरेको हो । नेपाली राजदुतावास कतारका श्रम सहचारी नरेन्द्र ज्ञवालिको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिमा महासंघका प्रमुख सल्लाहकार सियाराम चौधरी, गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मानार्थ परिषद सदस्य बिल गुरुङ, गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य कुमार कार्की, गैर आवसिय नेपाली संघ, अन्तराष्ट्रिय परिषद कोअपडेट सदस्य बिनोद…

Read More

काठमाडौँ ११ मङ्सिर । नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ । नेविसङ्घले आज पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसङ्घलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताउनुभयो । कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै मावि र उच्चमाविको अधिवेशन गरिसक्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस २० भित्र सबै प्रदेशको अधिवेशन…

Read More

बिर्तामोड, ११ मंसिर । सरकारले आजदेखि लागू गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम’को युनियन अफ कमर्स इम्प्लोइज युनिकम नेपालले स्वागत गरेको छ । युनिकमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रम ऐतिहासिक कदम भएको जनाएको छ । श्रमिकको अवकासपछि आजीवन निवृत्तिभरण पेन्सनको व्यवस्था सहित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले नेपालको असंगठित क्षेत्रमा कार्यरत करिब ५ लाख ५० श्रमिकलाई सम्बोधन गर्ने युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले बताउनुभयो । ‘सरकारले तोकेको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० सँगै सामाजिक सुरक्षा कार्यक्रम अब प्रत्येक व्यक्तिले प्राप्त गर्ने लिइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रमा काम गर्ने श्रमिकले सरकारले…

Read More

गङ्गा पराजुली पशुपतिनगर, ११ मङ्सिर । परम्परागत रुपमा मौरीपालन हुँदै आएको इलामको रोङ गाउँपालिकामा व्यवसायीकरणका लागि मौरी विकास शाखा स्थापना भएको छ । कृषि विकास शाखाबाटै कार्यक्रम कार्यान्वयन हुनेगरी गाउँपालिकाले मौरी विकास शाखा स्थापना गरी व्यावसायिक मौरीपालनको काम शुरु भएको हो । स्थानीय तहमा मौरी संरक्षण र प्रवद्र्धन शुरु गरेको गाउँपालिकाले पाँच वर्षमा पाँच सय किसानलाई व्यावसायिक मौरीपालक बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष समसेर राईले बाउनुभयो । “आर्थिक वर्ष २०७४÷७५ मा पाँच लाख बजेट विनियोजन गरी मौरी स्रोत केन्द्रको स्थापना समेत भएको छ ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको २० लाख बजेटले सबै वडाका किसानलाई व्यावसायिक मौरीपालनको तालीम प्रदान गरिनेछ…

Read More

काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताउनुभएको छ । पहिलो सामाजिक सुरक्षा दिवस र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज यहाँ आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उहाँले भर÷अभरमा सुरक्षा दिने र श्रम गरेवापत उचित पारिश्रमिक दिने राज्य नियन्त्रणकारी संस्था मात्रै नभई आफ्ना नागरिकको अभिभावक भएको स्पष्ट पार्नुभयो । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै सबैका लागि र सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना सञ्चालन गर्ने बताएको स्मरण गर्दै उहाँले भन्नुभयो, “आजभन्दा २५ वर्ष पहिले हामीले नै पहिलो…

Read More

काठमाडौँ, ११ मङ्सिर । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासङ्घले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासङ्घले सबै सञ्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र गराउन नेपाल सरकारलाई आहृवानसमेत गरेको छ । बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकालाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । बैठकले स्थानीय प्रदेश सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता…

Read More

काठमाडौँ, ११ मङ्सिर । सरकारले लाखाँै श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गर्नुभयो । योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् । उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले आजदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ ।

Read More

बनियानी, ११ मङ्सिर । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका झापाको गौरादह–१ का ३० वर्षीय महादेव राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राजवंशीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले २०७३ माघ १० गते १० वर्ष कैद र रु ५० हजार जरिवाना तोकेका थियो । फैसला कार्यान्वयन टोलीले राजवंशीलाई पक्राउ गरी जिल्ला अदालत झापामा पेश गरेर कैद भुक्तानका लागि सोमबार कारगार चलान गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । बहुविवाह गर्ने दुई जना पक्राउ प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ का ३० वर्षीया ३०…

Read More