
कतार, ११ मंसिर । नेपाली प्रवासी आदिवासी जनजाति महासंघ कतारले सातौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिको अध्यक्षमा शिवकुमार भुजेल चयन भएका छन् । त्यसैगरी, प्रथम उपाध्यक्षमा पुरुषोत्तम सुनुवार, द्वितीय उपाध्यक्षमा रामकुमार मण्डल, महासचिवमा सागर तुम्वाहाम्फे, उप महासचिवमा एकराज राई, सचिवमा तेज गुरुङ र सह कोषाध्यक्षमा हरिबहादुर महतो चयन भएका छन् ।

त्यसैगरी विभागी सचिवमा श्यामलाल चौधरी, नर बा. गुरुङ, नर बा. सुनुवार, आङ डवाङ कुशाङ शेर्पा चयन भएका छन् । त्यसैगरी, परिसद सदस्यमा पित ब. गुरुङ, युवराज भुजेल, सोहन भुजेल, रमेश भुजेल, भोगेन्द्र आङखेवा लिम्बू, बिबश मादेन लिम्बु, सपना जवेगु लिम्बु, गजेन्द्र सुनुवार, कान्छा राम तामाङ, रामेश्वर मण्डल, सुरोज मण्डल, अभिराम मण्डल, नरेन्द्र चाम्लिङ राई, ज्ञानु राई, रुप नारायण चौधरी र पुष्प मोक्तान तामाङ रहेको अध्यक्ष भुजेलले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
