
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, १४ मङ्सिर । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकी छ । मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् । वार्षिक स्वदेशी तथा विदेशी गरी दुई…
उर्लाबारी, १४ मंसिर । लिम्बु समुदायको महान चाड चासोक तङनाम–२०७५ लाई सफल बनाउन आज मोरङको उर्लाबारीमा बिभिन्न छवटा उपसमितिहरु गठन गरिएका छन् । समिर तुम्बाहाङ्फेको संयोजकत्वमा चासोक मेला व्यवस्थापन समिति, सुरेन्द्र शेर्माको संयोजकत्वमा साँस्कृतिक समिति, अमर सेलिङको संयोजकत्वमा प्रचार प्रसार समिति, सागर थलङको संयोजकत्वमा अतिथि सत्कार तथा स्टेज व्यवस्थापन समिति, जीवन पोमुको संयोजकत्वमा खेलकुद समिति र फागोहाङ सेरेङको संयोजकत्वमा भेटि संकलन समिति गठन गरिएको हो । चुम्लुङका नगर अध्यक्ष चन्द्र पालुङ्वाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी पुस ७ गतेदेखि उर्लाबारी–९ आमबारीको खेलमैदानमा तीन दिने चासोक मेला आयोजना गरिने छ । त्यस अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका साथै…
काठमाडौं, १४ मंसिर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् । प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए । ‘बाहिर अफवाहका रूपमा आएजस्तो प्रचार–प्रसारमा करोडौँ करोड खर्च भएको छैन,’ बाँस्कोटाले भने, ‘खर्च भएको रकम अर्थ मन्त्रालयले कोषलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।’ त्यस्तै, बैठकले आगामी २७ र २८ मंसिरमा काठमाडौंमा…
भक्तपुर, १४ मंसिर । जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ । जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । कम्पनीका उपाध्यक्ष नाओकी इरेले नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालका तीनओटा कलेजसँग समझदारी भएको जनाउँदै उपाध्यक्ष इरेलले सन् २०२१ को मार्चसम्ममा एक हजार नेपाली आईटी ईन्जिनियरलाई रोजगारी दिने योजना रहेको बताए । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, १४ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा व्यापार घाटा ३८.१ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । सो अवधिमा ३६।१ प्रतिशतले आयातमा वृद्धि भई ५ खर्ब १३ अर्ब रुपैयाँको कुल व्यापार भएको केन्द्रले जानकारी दिएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं, १४ मंसिर । गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा महेन्द्र एस्केले नियुक्ति पाएको एक महिना मात्र भएको छ । उनले पाएको १३ हजार तलबमा चित्त बुझेको थिएन । होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए । उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने होटेल साहुका ८ बर्षीय छोरा प्रयास कुँवर । प्रहरीका अनुसार महेन्दले चार दिनअघि नै अपहरण र हत्याको योनजा बनाएका थिए । मंगलबार साँझ उनले उपयुक्त समय पाए । साँझ करिब ६ बजेको थियो । बालकका आमा बुबा अस्पताल गएको मौका छोपी उनले अपहरण गरेका थिए । महेन्द्रले दिएको बयानअनुसार बालकलाई फकाउनउनले ५० रुपैयाँको क्याटबरी चकलेट…
काठमाडौं, १४ मंसिर । नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने ३ जना मेजर सेनानी सहित १ सय १२ जना सैनिकलाई बर्खास्त गरेको छ । पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना छनौटमा खटिएका ३ मेजर र ८ अन्य दर्जा सहित १ सय १२ जना सैनिक बिहीबार बर्खास्त भएका हुन् । एक उपरथीका अनुसार नेपाली सेनाको ईतिहासमा एकैपटक यतिधेरै सैनिक अधिकृत तथा जवान बर्खास्त भएको यो पहिलोपटक हो । सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले पैसा बुझाएर भर्ना भएका १०१ जना सिपाही र भनौ छनौटका क्रममा रकम असुल्ने ३ मजेरसहित ११ सैनिकलाई बर्खास्त गरिएको जानकारी दिए ।, आजको कारोबार…
भद्रपुर, १४ मंसिर । ६५ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस बिहीबार देशैभर मनाइएको छ । क्षयरोग विरुद्ध जागरुक वनाउने हाम्रो भावना क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहना भन्ने नाराका साथ झापामा पनि क्षयरोग दिवस मनाइएको छ । क्षयरोग दिवसको सन्दर्भमा नेपाल क्षयरोग निवारण सस्था, जिल्ला शाखा झापाले भद्रपुरमा क्षयरोगीहरुलाइ फलफुल वितरण गरेको छ । डट विधि अनुसार केन्द्रमै पुगेर औषधि सेवन गर्ने क्षयरोगीहरुलाई सस्थाले फलफुल वितरण गरेको हो । नियमित औषधि खान संस्था पुग्ने त्यस्ता रोगीहरु २५ जना रहेको शाखाले जनाएको छ । क्षयरोग दिवसको अवसरमा जिल्ला शाखाले प्रचारात्मक कार्यक्रम गर्दै व्याच वितरण गर्नुको साथै राष्टिय क्षयरोग दिवसको यस वर्षको…
दार्चुला, १४ मङ्सिर । नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको र यो महिना चार पुरुषले यस्ता मुद्दा मुद्दा दर्ता गराएको डिठ्ठा लक्ष्मीदत्त पन्तले जानकारी दिनुभयो । यस्तो मुद्दा दर्ता गराउनेमा वैदेशिक रोजगारीबाट घर फर्किएका तीन एक काठमाडौँमा गैरसरकारी संस्थामा कार्यरत पुरुष छन् । मुद्दा दर्ता गराउनेमा महाकाली नगरपालिकाका दुई, मालिकार्जुन गाउँपालिकाका एक तथा दुहुँ गाउँपालिकाका एक पुरुष रहेको अदालतले जनाएको छ । जिल्लाका अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने गर्छन् । पति वैदेशिक रोजगारीमा गएपछि पत्नी भने बालबच्चा पढाउन भन्दै…
भारतीय चलचित्र उद्योग बलिउडमा यतिबेला बिहेको सिजन चलिरहेको छ । चर्चित जोडीहरु धमाधम वैवाहिक सम्वन्ध जोडिरहेका छन् । पछिल्लोपटक अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले ईटलीमा बिहे गरे । यसअघि अभिनेत्रीहरु सोनम कपुर, नेहा धुपिया र अनुष्का शर्माको बिहे भएको थियो । चाँडै नै प्रियंका चोपडाले पनि ब्वाईफ्रेन्डसँग लगनगाँठो कस्दैछिन् । उनीहरुको बिहेको मिति सार्वजनिक गरिएको छैन । अब अर्को वर्ष बिहे गर्न सक्ने सेलिब्रिटीहरुको बारेमा चर्चा हुन थालिसकेको छ । यो वर्ष जस्तो बिहेको लहर नआए पनि केही सेलिब्रिटीहरु २०१९ मा घरजम गर्न सक्नेछन् । यतिबेला सबैभन्दा चर्चामा रहेको प्रेम जोडी हुन् रणवीर कपुर र आलिया भट्ट ।…