
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १३ मङ्सिर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा थियो । बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९७ औँ स्थानमा यथावत रहेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थानमा रहेको छ । त्यस्तै भूटान १८६ औँ, बङ्गलादेश १९२औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा रहेका छन् । नयाँ बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स…
मोरङ, १३ मंसिर । आफ्नो बसमा आफै आगो लगाएको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले २ जनालाई पक्राउ गरेको छ । गत मंगलवार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर(५ को मसान चौकमा राती १० बजे बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो । अज्ञात समुहले बसमा आगजनी गरेको र मोवायल तथा अन्य धनमाल समेत लुटि लगेको भन्ने खवर ईलाका प्रहरी कार्यालय हरैचामा प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बेलवारी र ईलाका प्रहरी कार्यालय हरैचाबाट तत्काल प्रहरी टोली खटी गई स्थानीयवासी र दमकलको सहयोगमा उक्त आगो राती २३स्३० बजे नियन्त्रणमा लिएको थियो । उक्त आगजनी कसले र के कारणले गरेको…
प्रकाश धौलाकोटी तेह्रथुम, १३ मङ्सिर । परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न सफल पनि छन् । त्यस्तै युवामध्ये एक हुनुहुन्छ, मेन्छ्यायेम गाउँपालिका–६ का विनोद अधिकारी । उहाँ तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका कम्पनी कमाण्डरसमेत हुनुहुन्थ्यो तर द्वन्द्व समाप्त भएर विस्तृत शान्ति सम्झौता भएपछि उहाँको दैनिकी परिवर्तन भयो । अहिले उहाँले टिना जडीबुटी बहुउद्देश्यीय कृषि…
काठमाडौँ, १३ मङ्सिर । म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो । नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मामा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गर्नुभयो । अर्को प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताउनुभयो ।
उर्लाबारी, १३ मङ्सिर । मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ । बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।
राजविराज, १३ मङ्सिर । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताउनुभयो । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास गरेकी थिइन् । आगोबाट अञ्जनीको शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।
दमक, १३ मङ्सिर । झापा, दमक नगरपालिका–८ की बोनम्यारो रोगी १५ वर्षीया स्यारोन लिम्बूलाई उहाँका सहपाठी र विद्यालयले रु ५२ हजार ५०० आर्थिक सहयोग प्रदान गरेका छन् । बिरामीको उपचारमा सहयोग पु¥याउन उक्त सहयोग रकम स्कूलका क्याप्टेन प्रेरणा मगर र स्कूलकी अध्यक्ष इन्दिरा सुवेदी प्याकुरेलले विद्यार्थीसहित विद्यालयले रकम सङ्कलन गरी बिरामीका बुबा विकास लिम्बूलाई सो सहयोग दिएका हुन् । दमक–८ स्थित एभरेस्ट बोर्डिङ स्कूल कक्षा ९ मा अध्ययनरत् स्यारोनको विगत पाँच वर्षदेखि रक्त क्यान्सरसँगै बोनम्यारो उपचार भइरहेको छ । स्कूलकी अध्यक्ष सेवुदीका अनुसार विद्यार्थीले खाजा खर्च कटाएर बिरामी परेकी आफ्ना सहपाठीको उपचारमा थोरै भए पनि सहयोग पु¥याउन एकै दिन रु…
रोल्पा, १३ मङ्सिर । रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ । वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको बताइएको छ । महिलाले मात्रै यस्ता मुद्दा दायर गर्ने गरेकामा पछिल्लो मुलुकी संहिताले पुरुषलाई समेत सम्बन्धविच्छेद गर्न सक्ने बाटो खुला गरेसँगै पुरुषले समेत मुद्दा दर्ता गर्न थालेको उक्त अदालतका तामेलदार डिठ्ठा झक्कुप्रसाद आचार्यले जानकारी दिनुभयो । महिलाले दायर गर्ने सम्बन्धविच्छेदका मुद्दामा…
दमक, १३ मङ्सिर । झापा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गरिने भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बुधबार उक्त सङ्घको भवन शिलान्यास गर्नुभयो । युवा व्यवसायी केशवकुमार अग्रवालले भवन निर्माणका लागि सङ्घलाई गौरीगञ्ज–३ को एक कठ्ठा जग्गा दान दिनुभएकामा गाउँपालिकाकाले रु १० लाख उपलब्ध गराएपछि भवन निर्माण शुरु गरिएको सङ्घका अध्यक्ष मखना महतोले बताउनुभयो । गौरादह उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा युवा व्यवसायी जीवन राईले सो भवन निर्माणमा रु ५० हजार सहयोग दिने घोषणा गर्नुभयो ।
दमक, १३ मंसिर । झुप्रोमा जीवनयापन गर्दै आएका झापा, दमकका एक विपन्न १० वर्षे बालक टीकाराम धिमाल ९भुइकटहरे०को परिवारले नयाँ घर पाएको छ । दमक–२ मा अर्काको जग्गामा त्रिपाल लगाएर बसोबास गर्दै आएका भुइकटहरेका बुबा रामबहादुर, आमा सीता धिमाल बुधबार नयाँ घरमा सरेका छन् । स्वदेश तथा विदेशबाट सङ्कलित रकमबाट दमक–३ को डिपुमा १० धुर जग्गा खरीद गरी करीब रु आठ लाखको लागतमा तीनकोठे पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको भवन निर्माण समितिका संयोजक पूर्ण वाइबाले जानकारी दिनुभयो । धिमाल परिवार घर पाएपछि हर्षित छन् । उर्लाबारी–७ स्थित बेथेल एजुकेशन एकेडेमीमा अध्ययरत भुइकटरेलाई उक्त विद्यालयका प्रिन्सिपल दीपक न्यौपानेले निःशुल्क पढ्ने…