
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बेत्रावती, ११ मङ्सिर । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । बलरामलाई सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद लिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ । लक्ष्मणको शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको पाइएको छ । दाजुभाइबीच सामान्य विषयमा विवाद हुँदा…
दमक, १० मङ्सिर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले वर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा काम गर्छ भने त्यसमा काङ्ग्रेसले साथ र सहयोग गर्नेसमेत बताउनुभयो । महामन्त्री कोइरालाले झापाको दमकमा आज साँझ पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको नौमहिने कामबाट जनतामा आशाभन्दा निराशा छाएको छ भन्नुभयो । उहाँले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको छ भन्दै काङ्ग्रेस एक ढिक्का भए मात्र देश बलियो हुन्छ भन्नुभयो । महामन्त्री कोइरालाले काङ्ग्रेस व्यक्तिवादी गुटगत स्वार्थमा फसेको चर्चा गर्नुहँुदै अब त्यसलाई चिरेर युवाहरु नेतृत्व तहमा स्थापित हुनुपर्छ भन्नुभयो ।
दमौली, १० मङ्सिर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको आरोप लगाउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ र १० का पार्टी कार्यकर्तासँग आज भएको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विमान खरीद प्रकरणमा अनियमितताको कुरा उठ्नु, निर्मला पन्त हत्या प्रकरणमा हत्यारालाई पक्राउ गर्न नसक्नु र विकास निर्माणका कामहरु जनचाहना अनुरुप अघि बढाउन सरकार सफल हुन नसकेको आरोप लगाउनुभयो । सो कार्यकर्ता भेटघाटमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, नेपाली काङ्ग्रेसका पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, प्रदेशसभा सदस्य सरिता गुरुङ, पार्टी जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी लगायतले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको धारणा राख्नुभएको थियो ।
बनियानी, १० मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित हात्तीसुढेमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ६५ वर्षीय आइन्द्र लिम्बू रहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । कार्यालयका प्रहरी प्रमुख पदमसुन्दर लिम्बूका अनुसार बुद्धशान्ति–४ स्थित हात्तीसुढेको भित्री सडक खण्डमा पूर्वबाट दक्षिणतर्फ जाँदै गरेको मे.५ प ८९८४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक कचनकबल गाउँपालिका–७ का ६५ वर्षीय देवी लिम्बू र मोटरसाइकलको पछाडि सवार भद्रपुर–१ का आइन्द्र लिम्बू गम्भीर घाइते भएका थिए । घटनापछि घाइते दुवै जनालाई उपचारको लागि बिर्तामोडस्थित बिर्ता…
काठमाडौँ, १० मङ्सिर । ग्रिसको राजधानी एथेन्समा जारी विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २०औँ बैठकमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का तर्फबाट केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो धारणा राख्नुभएको छ । कम्युनिस्ट पार्टी अफ ग्रिसले आयोजना गरेको बैठकमा धारणा राख्दै रिजालले नेपालका दुई ठूला कम्युनिस्ट नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीच एकतापछि नेकपा विश्वकै बलिया कम्युनिस्ट पार्टीहरुमध्येको एक बनेको बताउनुभयो । उहाँले एमालेले अवलम्बन गर्दै आएको जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गर्दै आएको माओवाद तथा २१औँ शताब्दीको जनवादलाई थाती राखेर जनताको जनवादका रुपमा नयाँ कार्यक्रम अघि सारिएको बैठकमा जानकारी गराउनुभयो । उहाँले आफूहरु पनि माक्र्सवाद र…
भद्रपुर, १० मङ्सिर । मुख्यमन्त्री शेरधन राईले शिवसताक्षी–७ मा भएको आगलागीमा परी एउटै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । सताक्षीधाममा धार्मिक अनुष्ठान सोमबार उद्घाटन गर्ने क्रममा उहाँले दिवङ्गत भएका चारै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना दिनुभएको हो । “काखे बालकसहित एकै घरका चार जनाको आगलागीमा परी मृत्यु खबरले मलाई मर्माहत तुल्याएको छ”, मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेश सरकारले मृतकको परिवारलाई राहत प्रदान गर्नेछ ।” कार्यक्रममा सङ्घीय सांसद एलपी सावा, नगरप्रमुख चन्द्रकुमार शेर्मा, प्रदेश सांसद झलकसिंह दर्लामी लगायतले सो घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको थियो । आगलागीमा परी मृत्यु भएका ३५ वर्षीय लक्ष्मण खनाल,…
झापा, १० मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ । महासंघ झापा शाखाको आज बिर्तामोडमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक र विकृत रुप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आह्वान गरेको हो । बैठकपछि अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले जारी गरेको विज्ञप्तिमा पत्रकार मम्मेलनमा दिइने खर्चले समाचार नै नहने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्च व्यावसायिक पत्रकारिताका लागि घातक मात्र होइन,…
काठमाडौँ, १० मङ्सिर । सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब प्रधानसेनापति छैटौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । जङ्गीअड्डास्थित खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० गोलले पराजित गर्दै एपिएफ फाइनल पुगेको हो । एपिएफको जीतमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन् । खेलको ३५औँ मिनेटमा सावित्राले अनिताको पासमा गोल गरिन् । त्यस्तै खेलको ६९औँ मिनेटमा अनिताले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसको एक मिनेटपछि नै एपिएफले पेनाल्टी पायो । मोनिका पुलामी मगरले गोललाइन नजीक हातले बल छोएपछि सिधै रातो कार्ड पाइन् । पेनाल्टीलाई सावित्राले गोलमा परिणत गर्दै ३–० को…
भद्रपुर, १० मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सताक्षीधामलगायत धार्मिक पर्यटकीयस्थललाई गुरुयोजनासहित अघि बढाउनुपर्ने बताउनुभएको छ । गुरुयोजनासहित अघि बढाइएका पर्यटकीय महत्व बोकेका पूर्वका धार्मिकस्थलका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारको नीति रहेको उहाँले बताउनुभयो । झापाको शिवसताक्षी नगरपालिका–११ मा रहेको प्रसिद्ध धार्मिकस्थल सताक्षीधाममा आज आयोजित सताक्षी गोरक्षा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सताक्षीधाम प्रदेश नं १ कै प्रसिद्ध धार्मिक ऐतिहासिकस्थल भएकोले यसलाई पर्यटकीय दृष्टिले प्रवद्र्धन गर्न प्रदेश सरकारले बजेट दिने वचन दिनुभयो । श्रीगोलोक गोवद्र्धन गौशाला, सताक्षीधाम मन्दिर विकास समिति लगायतले आयोजना गरेको उक्त महोत्सव एघार दिनसम्म चल्ने र शिवपुराण वाचन गरिने आयोजक समितिका अध्यक्ष सन्त…
काठमाडौँ, १० मङ्सिर । पहिलो संस्करणको ‘एमएम कप’ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुस २१ देखि माघ ७ गतेसम्म इनरुवामा हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश, एक स्थानीय र एक पाहुना टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विप्लप घोषले जानकारी दिनुभयो । विजेताले उपाधिसँगै रु चार लाख एक हजार, उपविजेताले रु दुई लाख एक हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५÷२५ हजार पाउनेछन् । उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले…