झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १४ मङ्सिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पा¥यो । जितसँगै प्रहरी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस खेलसँगै प्रहरीले १० अङ्क जोडेको छ । प्रहरीको जितमा नीरकुमार राईले दुई गोल गरे भने अभिषेक रिजालले एक गोल गरे । खेलको पहिलो हाफको ४१ औँ मिनेटमा प्रहरीका नीरकुमारले अजित भण्डारीको पासमा हेड गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफसम्म शुन्यका…

Read More

दुनियाँमा कतिसम्म निर्दयी तथा क्रूर मानिसहरु समेत छन् भन्ने उदाहरण एक युवतीले पेस गरेकी छन् । मा प्रेममा धोका पाएको झोंकती युवतीले आफ्ना भूपू प्रेमीलाई मारिन् अनि मृतकको मासुबाट भोजन बनाएर मजदूरहरुलाई खुवाइन् । खलीज टाइम्सको रिपोर्ट अनुसार यो घटना मोरक्कोको हो । ३० वर्षीया ती महिला ३ वर्षदेखि एकजना युवकसँग प्रेम सम्बन्धमा थिइन् । जब प्रेमीले अर्को महिलासँग बिहे गर्न लागेको उनलाई जानकारी दिए, तब उनी क्रुद्ध बनिन् । प्रेमीको धोकाबाट आक्रोसित उनले हत्या गरिन् । अनि मृतकको शवलाई काटेर मासु पकाइन् । त्यसरी पकाएको मासु उनले पाकिस्तानी श्रमिकहरुलाई खुवाइन् । बाँकी रहेको मासु कुकुरलाई खुवाइन् । घटना केही…

Read More

काठमाडौँ, १४ मङ्सिर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताउनुभएको छ । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको उल्लेख गर्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताउनुभयो । काङ्ग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको अवगत गराउँदै उहाँले काङ्ग्रेसकै नेतृत्वमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान…

Read More

चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान आफ्नो ‘द स्टोरी अफ गड’ टीभी श्रृंखलाको छायांकन गर्न काठमाडौं आएका छन् ।फ्रिम्यान नेपालमा रहेको जानकारी युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो ट्वीटर ह्याण्डलमार्फत् सार्वजनिक गरेको छ। आफ्नो गहकिलो आवाजका कारण चर्चा बटुलेका ८१ वर्षीय फ्रिम्यानले इन्भिक्टस चलचित्रमा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए । उनका अन्य चर्चित चलचित्रहरूमा सस्याङ्क रिडेम्प्सन, मिलियन डलर बेबी र ड्राइभिङ मिस डेजीलगायत छन् । सन् २००४ मा उनले मिलियन डलर बेबीमा निभाएको भूमिकाका लागि सर्वोत्कृष्ट सपोर्टिङ एक्टर अस्कर दिइएको थियो । फ्रिम्यानको भ्रमणबारे मिडियालाई जानकारी दिइएको छैन ।धर्म, आस्था र भगवानबारे संसारभरका मानिसको धारणा बुझ्नु फ्रिम्यानको टीभी…

Read More

भक्तपुर, १४ मङ्सिर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म सञ्चालन हुने जानकारी दिएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । बोर्डका अनुसार आगामी चैत १० अनिवार्य अङ्ग्रेजी र ११ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । त्यस्तै चैत १२ गते बिदा, १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृति, व्याकरण र संस्कृतिको परीक्षा छ । चैत १५ गते अनिवार्य…

Read More

काठमाडौँ, १४ मङ्सिर । महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेको हो ।महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको भेटिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । कार्यालयका अनुसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको छ ।…

Read More

ताप्लेजुङ, १४ मङ्सिर । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकी छ । मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् । वार्षिक स्वदेशी तथा विदेशी गरी दुई…

Read More

उर्लाबारी, १४ मंसिर । लिम्बु समुदायको महान चाड चासोक तङनाम–२०७५ लाई सफल बनाउन आज मोरङको उर्लाबारीमा बिभिन्न छवटा उपसमितिहरु गठन गरिएका छन् । समिर तुम्बाहाङ्फेको संयोजकत्वमा चासोक मेला व्यवस्थापन समिति, सुरेन्द्र शेर्माको संयोजकत्वमा साँस्कृतिक समिति, अमर सेलिङको संयोजकत्वमा प्रचार प्रसार समिति, सागर थलङको संयोजकत्वमा अतिथि सत्कार तथा स्टेज व्यवस्थापन समिति, जीवन पोमुको संयोजकत्वमा खेलकुद समिति र फागोहाङ सेरेङको संयोजकत्वमा भेटि संकलन समिति गठन गरिएको हो । चुम्लुङका नगर अध्यक्ष चन्द्र पालुङ्वाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी पुस ७ गतेदेखि उर्लाबारी–९ आमबारीको खेलमैदानमा तीन दिने चासोक मेला आयोजना गरिने छ । त्यस अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका साथै…

Read More

काठमाडौं, १४ मंसिर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् । प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए । ‘बाहिर अफवाहका रूपमा आएजस्तो प्रचार–प्रसारमा करोडौँ करोड खर्च भएको छैन,’ बाँस्कोटाले भने, ‘खर्च भएको रकम अर्थ मन्त्रालयले कोषलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।’ त्यस्तै, बैठकले आगामी २७ र २८ मंसिरमा काठमाडौंमा…

Read More

भक्तपुर, १४ मंसिर । जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ । जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । कम्पनीका उपाध्यक्ष नाओकी इरेले नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालका तीनओटा कलेजसँग समझदारी भएको जनाउँदै उपाध्यक्ष इरेलले सन् २०२१ को मार्चसम्ममा एक हजार नेपाली आईटी ईन्जिनियरलाई रोजगारी दिने योजना रहेको बताए । आजको नागरिक दैनिकमा खबर छ ।

Read More