
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गोविन्द लामिछाने मङ्गलबारे, १२ मङ्सिर । नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्ने वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिनुभयो । वडामा कामकाजी भाषाका रूपमा ‘लिम्बू भाषा’ को कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भएको वडाध्यक्ष राईले बताउनुभयो । कार्यान्वयनको औपचारिक घोषणा इलाम क्षेत्र नं २ का प्रदेश सांसद धीरेन्द्र शर्मा (रमण) ले भोलि गर्नुहुने वडा कार्यालयले जनाएको छ । वडामा दोभासे कर्मचारी नभए पनि ‘लिम्बू भाषा’ र ‘किराँत सिरिजङ्घा लिपि’ को आधार क्षेत्र भएकाले माङ्सेबुङबाटै सरकारी…
प्रकाश धौलाकोटी तेह्रथुम, १२ मङ्सिर । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करीब दुई बोरा अलैँची बेच्न पिठ्युँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुग्नुभयो तर अलैँची राम्रो नसुकेको भन्दै पुनः राम्रो सुकाएर ल्याउन भनेपछि उहाँ चकित पर्नुभयो । विगतमा यसैगरी सुकाएर लाखौँको अलैँची कारोवार गरेका लिम्बूलाई व्यापारीले अलैँचीको गुणस्तर भएन भन्दा रिस पनि उठेको थियो । “पहिले यस्तै अलैँची व्यापारीले खुशी भएर किन्थे”, अलैँची बोकेर फर्कँदै गरेका लिम्बूले भन्नुभयो, “अहिले अझै राम्रो सुकाएर ल्याउन भनेका छन् ।” श्रीजुङकै किसान देउबहादुर लिम्बूले फलाएको १५ मन अलैँची पनि न्यून गुणस्तरको ठहरियो । उहाँको केही अलैँची मात्रै मध्यमस्तरको ठहर गरी बाँकी सबै न्यून…
विराटनगर, १२ मङ्सिर । भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिनुभयो । ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ । घटनाको सत्यतथ्य पत्ता लागिसकेपछि ट्याङकर धनी सुखदेवले अब उप्रान्त यस्तो घटना हुन नदिने र…
विराटनगर, १२ मङ्सिर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा अघि बढाउने कार्य शुरु गरिएको जानकारी दिनुभयो । महान्यायाधिवक्ता खरेलले सरकारले काम गरेबापत राष्ट्रसेवक कर्मचारीलाई सेवा सुविधा दिएकाले अनियमितता र भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी सेवा सुविधा कम भयो भनेर गैरकानूनी काम गर्नेलाई कानूनअनुसार कारवाही हुने प्रष्ट पार्नुभयो । महान्यायाधिवक्ता खरेलले सरकारले प्रदान गरेको सेवा सुविधाप्रति असन्तुष्टि भए माग गर्ने बाटो रहेको बताउँदै अनियमितता गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुुने छैन भन्नुभयो ।
बिर्तामोड, १२ मंसिर । झापाको बिर्तामोड नगरपालिकाले पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले उक्त कार्यसँगै सञ्चार क्षेत्रको विकासका र सञ्चारकर्मीको हितका लागि सूचना तथा सञ्चार कार्यविधि लागू गरेको छ । सूचना तथा सञ्चार कार्यविधि २०७५ नामक यस कार्यविधि लागू भएपछि नगर क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको हकहितका लागि नीतिगत व्यवस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताउनुभयो । उहाँका अनुसार सो कार्यविधिमा व्यवस्था भएअनुसार अब नगरपालिकाले प्रत्येक वर्ष एक जना सञ्चारकर्मीलाई विकास पत्रकारिता पुरस्कार प्रदान गर्नेछ भने नगरको एउटा सञ्चारमाध्यमलाई पुरस्कृत गरिनेछ । नगरका विकासमूलक समाचारलाई प्राथमिकता दिने एक जना पत्रकार र एउटा सञ्चारमाध्यमलाई पुरस्कृत गरिने नीतिगत…
बैतडी, १२ मङ्सिर । पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन । भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएकामध्ये पहिलो चरणमा १०० जनाकोे निःशुल्क दुर्घटना बीमा गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाका तीन सहकारीमा आवद्ध शेयर सदस्यका घरपरिवारबाट कोही भारत गए उनीहरुको बीमा गरिने भएको हो । जिल्लास्थित पाटन नगरपालिका र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज९रुडेस०को संयुक्त सहकार्यमा पाटनस्थित उदयदेव महिला बचत…
उर्लाबारी, १२ मङ्सिर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।उक्त टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।
काठमाडौं, १२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध विशेष अदालतमा मंगलबार मुघा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्नेहरुले अब जता पनि सरकार देख्ने दाबी गरेका छन् । मुलुकभर मंगलबार सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘पत्रपत्रिकामा कसैले सोधेछन्– सरकार कहाँ छ ? के गर्दै छ ? कतिले भने– सरकारले सिन्को पनि भाँचेन, कतिले भने– सरकारले जुम्रो पनि मारेन,’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, यो सरकार बनेको जुम्रा मार्न, सिन्का भाँच्न होइन, देश बनाउन हो ।’ ओलीले अगाडि भने, ‘आज म भन्न चाहन्छु, सरकार खोज्न पावरवाला चस्मा लाउनुपर्दैन, खोज्नुपर्दैन, नचाहे पनि तपाईले सरकार देख्नुहुनेछ, त्यो तपाईको बाध्यता हुनेछ ।’ आजको…
काठमाडौँ, १२ मंसिर । उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’ लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरुमा मिल्क होलिडे देखापर्न थालेको छ । मन्त्रालयमातहतको राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले बझाएको प्रतिवेदनमा दूध उत्पादन बढी हुने सिजन (कात्तिकदेखि फागुनसम्म)मा कच्चा दूधको मूल्य प्रतिलिटर ५ देखि ७ रुपैयाँ कम निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ…