
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १४ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदा दिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई÷दुई विकेट लिए । पहिलो…
गोपाल काफ्ले झापा, १४ भदौ । मुलुक संघीय संरचनामा गएको उपहारस्वरुप झापाका सहकारीले १७ वटा ऐनको अधिनमा रहेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता थपिएको छ । यो बोझ झापाका सहकारीका लागि मात्र नभई नेपालका हरेक सहकारी संघ–संस्थाको थाप्लामा धेरथोर भोग्नैपर्ने बाध्यता बनेको हो । सहकारी अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त र व्यवहारबाट सञ्चालन हुने एउटा सामुदायिक सेवा व्यवसायको रुप हो । जसको कार्य कुनै एउटा देश र अर्को देशमा फरक हुनु हुँदैन । तर विडम्बना नै भन्नुपर्छ, झापामा जिल्लाभर कार्यक्षेत्र रहेका सबै सहकारीले कम्तीमा १७ वटा सहकारी ऐनको अधिनमा रहेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ । किन यस्तो बाध्यता आएको हो भन्ने जिज्ञासालाई…
चितवन, १४ भदौ । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट आज बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद ९ख० नाम गरेको हात्ती लिएर घाँस काट्नका लागि निस्किएका थिए । सोही क्रममा नजिकैको वन क्षेत्रमा हात्तीले माउतेलाई आक्रमण गरेको हो । घाँस काट्न गएका दुईमध्ये अर्का एक रुखमा चडेर बाँच्न सफल भएका थिए । सरदार यही भदौ ५ गते सोही हात्तीको माउतेका रुपमा करारमा नियुक्त भएका थिए ।
काठमाडौँ, १४ भदौ । एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन् । यो समाचार तयार पार्दासमेत यूएइले १३ ओभर खेल्दै दुई विकेटको क्षतिमा ७१ रन जोडेको छ ।
काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गर्नुभएको थियो ।
दश वर्ष अघि अर्थात् सन् २००८मा एउटा औपचारिक कार्यक्रममा केही विद्वत साथीसँग मेरो भेटघाट भयो । कार्यक्रम के थियो, अहिले मलाई यकिन भएन । कार्यक्रम सकिएपछि केही साथीबीच अनौपचारिक कुराकानी भयो । त्यसैक्रममा एक जना मित्रले भन्नुभयो, ‘सन् २०१५ भित्र भारत र चीनको सहमतिमा नेपालको अस्तित्व यही अवस्थामा रहने छैन ।’ म त्यसपछि यस विषयको औपचारिक पुष्टि हुने सम्भावनाको खोजी गर्न थालेँ । यसै क्रममा मैले थाहा पाएँ भारतमा सन् २०२५ देखि खानेपानी शुन्य हुँदैछ । जमिनमुनिको पानी खान योग्य छैन र हिमालबाट बगेर आएको एकमात्र नदी गंगा, पहाड कटेर फाँटसम्म पुग्दा धेरै दुषित भइसकेको हुनेछ भन्ने पनि सुनेँ । यही क्रममा करीब ३ वर्ष पहिले…
काठमाडौं, १४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ । केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीकोे नामावली प्रति नेता माधव कुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । खासगरी पाँच नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्चर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला र अन्य कमिटीमा एकलौटी नाम सिफारिस गरेर आफ्नो पक्षलाई पाखा लगाउन खोजेको नेपाल समूहको बुझाइ छ । आजको कारोबार दैनिकमा खबर छ…
कञ्चनपुर, १४ भदौ । कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ । छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी पनि दिए । तर, सुरुमा प्रहरीले पक्राउ गर्न नमानेको कविताका बुबा कर्णबहादुरले बताए । ‘गिरीलाई पक्राउ गर्न प्रहरीलाई पटक–पटक आग्रह गर्यौँ, तर सुनुवाइ नभएपछि अभियुक्तलाई हामीले नै समातेर प्रहरीलाई बुझायौँ,’ कर्णबहादुरले भने, ‘मदनकै बयानका आधारमा भरत बोेहरा र नवराज…
काठमाडौँ, १५ भदौ । कञ्चनपुरमा १५ दिनको अन्तरमा दुई बालिकाको बलात्कारपछि हत्या भएको छ । २६ असारमा घरबाट किताब किन्न भनेर हिँडेकी कृष्णपुर नगरपालिका– ८ की १७ वर्षीया कविता विष्टको बलात्कारपछि हत्या भएको १५ दिनपछि नै १० साउनमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।, यस वर्षको साउनमा मात्रै कञ्चनपुरमा बलात्कारका सात घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १ साउनमा पुनर्वास नगरपालिकाकी ३९ वर्षीया महिलालाई ३० वर्षीय युवक नरेश रानाले जबर्जस्ती बलात्कार गरे । भैँसी चराउन गएकी ती महिलालाई रानाले कोही नभएको मौका छोपी उखुबारीमा लगेर जबर्जस्ती करणी गरेका थिए । त्यसक्रममा महिला कराएपछि स्थानीयले…
काठमाडौं, १४ भदौ । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरिरहेका छन् । मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुने पार्टीका नेताहकरुको बुझाइ छ । समाचार अनुसार, पार्टीका नेताहरुलाई बुधबार र बिहीबार हुने रिसेप्सन पार्टीमा निम्तो गरिएको छ । मोदीसहितको रिसेप्सन पार्टीमा मोदीसँग विशेष कुराकानी गर्ने योजना अध्यक्ष मण्डलका नेताहरुले बनाएको पार्टीका एक नेताले बताए । मोदीसँग अध्यक्ष मण्डलका शीर्ष नेताहरुको सामूहिक भेट हुने वा केही अध्यक्ष विशेषसँग भेट हुने यसबारे निर्णय भइनसकेको स्रोतले जनाएको छ ।आजको कारोबार दैनिकमा खबर छ…