झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भीमदत्तनगर, ३० कात्तिक । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ । घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको बताउनुभयो । यसअघि प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टको डिएनए नमिले पछि साधारण तारेखमा छुटेका थिए । सोही घटनामा संलग्नताको आशङ्का तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित चार जनाको पनि डिएनए परीक्षण गरिएको थियो । अनुसन्धानका क्रममा हालसम्म परीक्षण गरिएका डिएनए नमिले…

Read More

विनोद धौलागिरि मोरङ, ३० कात्तिक । मोरङ जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रंगेली खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रतिनिधि सभाका सदस्य शिवकुमार मण्डलले नगरपालिकालाई खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश पोखरेलले नगरपालिकालाई खुल्ला दिसामुक्त स्थानीय तहको प्रमाणपत्र प्रदान गर्नुभयो । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सामुदायिक विकास समाज बिराटनगर र मातृभूमि महिला समाजले रंगेलीमा खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेका हुन् । ११ हजार १ सय ३४ घरधुरीमध्ये ५ हजार ६ सय ९८ घरधुरीमा अभियानअघि सुरक्षित चर्पीको पहुँच रहेको थियो भने अभियानको क्रममा ५ हजार…

Read More

बनियानी, ३० कात्तिक । जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी जवानबाट हबल्दारमा बढुवा भएका ४१ जना प्रहरीलाई आज दज्र्यानी चिह्न प्रदान गरेको छ । कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बढुवा भएका प्रहरीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जेष्ठता, कार्य सम्पादन मूल्याङ्कन समेतको आधारमा बढुवा सिफारिस गरेका ४१ जनालाई दज्र्यानी चिह्न प्रदान गरिएको प्रमुख ढकालले जानकारी दिनुभयो । बढुवा हुनेमा यम नारायण श्रेष्ठ, रेणुका सुनाम, राजु कटवला क्षेत्री, धर्मनाथ यादव, बिमल चौधरी, विष्णु भक्त बि.क., श्रीमती रतन देबी खवास, योगेन्द्र यादव,…

Read More

भीष्मराज ओझा काठमाडौँ, ३० कात्तिक । काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी अस्पतालमा वातावरणीय कानूनका आवश्यक मापदण्ड पालना गरे÷नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो । वातावरण निरीक्षकको टोलीले अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र, सङ्क्रमण फोहरको व्यवस्थापन, धुलो धुवाँलगायत वातावरणीय कानूनी मापदण्ड पालना गरेको सम्बन्धमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सुष्मा कोइराला मेमोरियल अस्पतालले मात्र त्यस्ता सबै…

Read More

विराटनगर, ३० कात्तिक । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महीनामा भारतबाट ३० लाख छ हजार किलो फलफूल आयात गरेको छ । सो नाका भएर गत आवको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो । चालु आवको साउनदेखि असोजसम्ममा गत आवभन्दा सात लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीले जानकारी दिनुभयो । चालु आवको तीन महीनामा रु दुई करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ । गत आवमा सो अवधिमा एक करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो । विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता,…

Read More

काठमाडौँ, ३० कात्तिक । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसँग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ । स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । संशोधनका लागि मन्त्रालयले जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घसँग छलफल गरेको छ । “शुरुमा हतार–हतारमा स्थानीय तह सञ्चालनका लागि ऐन ल्याइयो”, उहाँले भन्नुभयो, “अहिले सङ्घ र प्रदेशका विभिन्न कानून बन्दा उक्त ऐनसँग बाभिए, त्यसैले संशोधन गर्न थालेका हाँै ।” उहाँका अनुसार वन, भूमिसुधार, शिक्षा…

Read More

भद्रपुर, ३० कात्तिक । कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकालाई समेटेर ‘सुपारी जोन’ कार्यक्रम लागू गरिएको जोनका प्रमुख राजेन्द्र खरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको ‘सुपारी जोन’मा किसानलाई सुपारी खेतीतर्फ आकर्षित गर्नका लागि अनुदान तथा प्रोत्साहन दिन चालु आवमा रु ३० लाख विनियोजन गरिएको छ । जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट २० हजार कृषक लाभान्वित भएको खरेल बताउनुहुन्छ ।…

Read More

दमक, ३० कात्तिक । दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा परेर गम्भीर भएका दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो । पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको अदुवा बोकेको मे१त ८०२५ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । राति १२ बजेतिर भएको दुर्घटनाबाट मालवाहक ट्र्याक्टर सडकदेखि १५० फिट…

Read More

विराटनगर, ३० कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई शक्तिशाली एवं बलियो बनाउन प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उहाँले विश्व जनमत तयार गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र मर्यादित हुनुपर्छ भन्दै राज्यलाई जिम्मेवार बनाउन पत्रकारिता क्षेत्र झन जिम्मेवार बन्नुपर्छ भन्नुभयो । उहाँले सत्य र तथ्ययुक्त समाचार सम्प्रेषण गरेर असल समाज निर्माण गर्न पत्रकारिता क्षेत्रको भूमिका अग्रणी छ भन्दै जिम्मेवार पत्रकारिताका लागि प्रदेश सरकार सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रदेशसभाका सदस्य जयराम यादवले विकासमा जनसहभागिता बढाउन र…

Read More

दार्चुला, ३० कात्तिक । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ । धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताउनुभयो । घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकमग्न भएका छन् । धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीय छोरी छन् । छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलाषा लिएर गएका धामीको मृत्युको खबरपछि पुरै गाउँ शोकमा…

Read More