
झापा, २२ साउन । जापानमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औँ एसियन गेम्स ९एसियाली खेलकुद०मा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) २०औँ एसियन गेम्सका लागि २२ खेलमा सहभागी हुने खेलाडी संख्या टुङ्गो लगाएको हो । एसियन गेम्स २०२६ मा १३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिएका छन् । यस्तै २२ खेलमा कूल ३२ प्रशिक्षक समावेश हुनेछन् । खेलाडी र प्रशिक्षक गरी कूल १६८ जना नेपालबाट जापान जानेछन् ।
Facebook Comments Box


