झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चलचित्र ‘सत्रु गते’ले गतबर्ष बम्पर कमाई गरेपछि निर्माता किरण केसीले नयाँ चलचित्रको घोषणा गरेका छन् । यो चलचित्रलाई किरण केसीका छोरा सुजन केसीले निर्देशन गर्ने भएका छन् । कलाकार केसीको जन्मदिनको अवसर पारेर आज आयोजना गरिएको कार्यक्रममा ‘दाल भात’ नामक चलचित्रको घोषणा गरिएको हो । चलचित्रलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गर्दैछन् । चलचित्रमा ‘सत्रु गते’कै टिम हुने बताइएको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीको साथमा दिपकराज गिरी र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहने वुझिएको छ । तर, किरण केसीको जन्मदिनको अवसरमा भने कलाकारको घोषणा गरिएन । कार्यक्रममा हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै कलाकार…

Read More

धादिङ, १५ असार – पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक भएको छ । धादिङ वेसीमा आयोजित एक कार्यक्रममा कथासंग्रह विमोचन भएको हो । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले कथा संग्रहको संयुक्त विमोच गरेका थिए । ९ वटा कथा समावेश ‘जुँगे झाँक्रीको भूत’का विषयमा धादिङका अग्रज साहित्यकार बद्री प्रसाद दाहालले टिप्पणी गरेका थिए । कथा संग्रहमा समावेश भएका कथाबाट सामाजिक सन्देशका साथसाथै भरपुर मनोरञ्जन पनि पाउन सकिने सो अवसरमा दाहालले बताए । उनले साहित्यको क्षेत्रमा अग्रसर दुवाडीका कथाहरु रोचक तथा मननयोग्य रहेको सुनाए । पुस्तक बारेमा बोल्दै कथाकार केशव…

Read More

दमक, १५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । आज झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उनले भने ‘अब देशलाई समृद्धितर्फ रुपान्तरण गर्ने जिम्मेवारी सरकारको हो तर सो लक्ष्य पूरा गर्न सञ्चारमाध्यमले पनि साथ दिनुपर्छ ।’ सञ्चारमन्त्री बाँस्कोटाले प्रेस जगतलाई थप मर्यादित र व्यावसायिक बनाउने खाँचो रहेको छ चर्चा गर्दै सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘सञ्चारमाध्यमको नीतिगत व्यवस्थापनमा चुनौती देखिए निराकरणका लागि सरकार गम्भीर छ ।’ प्रेस जगत विश्सनीय र व्यावसायिक भइ देश तथा समाजप्रति थप उत्तरदायी बन्न सके देशले छिट्टै फड्को मार्ने विश्वास व्यक्त गर्दै उनले समाजका…

Read More

सुरुङ्गा, १५ असार । विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, आमा लीलामाया दर्जी, ज्वाइँ प्रकाश दर्जी र दुई छोराछोरी बिरामी परेका छन् । उनीहरुको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी कचनकवल गाउँपालिकामा सोयाविन र आलु मिसाएको तरकारी पकाएर खाँदा ‘फुड पोइजन’ भएर बिहीबार दिउँसोे नौजना बिरामी परेका छन् । उनीहरुको…

Read More

काँकडभिट्टा, १५ असारः झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए बुधबार रातीदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो । बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट्टराई र इलाका प्रहरी कार्यालय धुलाबारीले सचेत गराएको छ । इलाका प्रहरी कार्यालय धुलाबारी, काँकडभिट्टाबाट गएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी सहितले गाउँमा सुरक्षा प्रदान गरिरहेको वडाध्यक्ष भट्टराईले बताए । छिमेकी मुलुक भारतबाट आएको जंगली हात्तीलाई दिनभर बगानबाट अन्यत्र जान नदिई सुरक्षा…

Read More

झापा, १५ असार (रासस): सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाउँ–गाउँमा सञ्चार सुविधा विस्तार गर्ने बताउनुभएको छ । झापाको अर्जुनधारा नगरपालिकास्थित खुदुनाबारीमा नेपाल टेलिकमको लेण्डलाइन सेवा विस्तारको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले कुनै पनि नागरिक सञ्चारको सुविधाबाट बञ्चित नहुने बताउनुभयो । उहाँले समृद्धिका लागि सञ्चारको महत्वपूर्ण हुने भएकाले त्यसको विस्तार मुलुकको दूरदराजसम्म हुनुपर्नेमा जोड दिनुभयो । ‘सञ्चार समृद्धिको सूचक हो’, उहाँले भन्नुभयो, ‘सरकार सञ्चार क्षेत्रको विकास र विस्तारमा प्रतिबद्ध छ ।’ अर्जुनधारा–२ र ३ वडाका बासिन्दालाई लक्षित गरेर १४४ वटा लेण्डलाइन क्षमताको ‘एएमएसएजी सिस्टम’ जडान गरिएको नेपाल टेलिकम बिर्तामोड बरिष्ठ इन्जिनियर सुधीरकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज ०२३–४२००००…

Read More

लघुकथा, यकिना अगाध । इमानी जहाँजहाँ पुग्थ्यो उसको खुबै प्रसंसा हुन्थ्यो । पैसा जहाँजहाँ पुग्थ्यो घृणा–द्धन्द फैलन्थ्यो । पैसालाई आफ्नो रुप देखेर साह्रे वाक्कदिक्क लाग्यो । एकदिन इमानी कहाँ गएर विन्ति बिसायो– इमानदारीज्यू, आज एकदिनको लागि मलाई हजुरको बस्त्र चाहियो । आफूले लगाइरहेको बस्त्र इमानीले पैसाको एकै वचनमा खुरुक्क खोलेर दियो । पैसा इमानीको बस्त्र लाएर त्यहाँबाट निस्क्यो । मान, प्रतिष्ठा, इज्जत त्यही बाटो भएर हिडिरहेको थियो । उनीहरुले इमानीको लुगा लाएको पैसालाई इमानी हो भन्ने ठान्यो र भेट्नको लागि पछि लाग्यो । उनीहरु इमानीको पछि लागेको देखेर अरु दुनियाँ पनि पछि लाग्यो । त्यो दिनदेखि पैसाको खुबै शान बढ्यो…

Read More

बिर्तामोड, १२ असारः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ७५०९ नंको बसले को९प ८१५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन । सोही मोटरसाइकलमा पछाडि सवार कमल गाउँपालिका–४ निवासी १५ वर्षीय उमेश खड्का र अमर लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको उक्त कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताउनुभयो । दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ ।

Read More

अहिले‌ फुटबलको‌ चर्चा मौ‌लाएको‌ मौ‌सम छ र‌ जुनसुकै‌ प्रसंगको‌ उठान फुटबल खे‌लबाटै‌ प्रार‌म्भ गर्नु आसान्दर्भिक नठहर्ला । अतः सानो‌ हुँदा र‌बर‌को‌ गो‌ली खे‌ले‌को‌ र‌माइला समझनाहरुलाई अहिले‌को‌ ने‌पाली र‌ाजनीति–जगतका चलखे‌लहरुले‌ झलझली लहर‌्याएर‌ आँखा अघिल्तिर‌ ल्याउने‌ गर्छन् । आफै‌ नियम बनाउने‌, त्यो‌ नियमको‌ अभ्यास आफूहरुलाई अप्ठ्यार‌ो‌ लाग्यो‌ भने‌ आँशिकरुपमा वा सम्पूर्ण बद्ले‌र‌ अकोर्‌ नियम बनाउने‌, खे‌लाडी बदलिनासाथ खे‌लका नियमहरु अदल–बदल भइर‌हने‌, खे‌ल सम्वन्धी पर‌म्पर‌ागत किंवा स्थापित सिद्धान्त जे‌सुकै‌ भए पनि आभ्यासिक सिद्धान्तलाई आफ्नो‌ अनुकूल तुल्याएर‌ अभ्यासमा ल्याउने‌ इत्यादि प्रजातन्त्रो‌त्तर‌ ने‌पाली र‌ाजनीतिले‌ अख्तियार‌ गनेर्‌ गर‌े‌ जस्तै‌ हुन्थे‌ त्यसबे‌ला हाम्रो‌ फुटबल खे‌ल खे‌ल्ने‌ तरि‌काहरु । त्यसबे‌ला वल्लो‌–पल्लो‌–माथिल्लो‌, खो‌लापारि‌ र‌ खो‌लावारि‌ गाउँ–गाउँका बीच हुन्थ्यो‌ हाम्रो‌ फुटबल खे‌लको‌ प्रतिस्पर्धा ।…

Read More

बिर्तामोड, १२ असारः बिर्तामोडका होटल तथा जलमा यौन क्रियाकलाप बढ्दै गएको छ । यौन गतिविधि बढेसँगै प्रहरीले दुई होटलबाट नौ जनालाई पक्राउ गरेको छ । होटल तथा लजहरुका सञ्चालकहरुले युवती तथा महिला राखेर यौनधन्दा चलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले सोमबार बेलुका दुई वटा होटलमा छापा मारेको थियो। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ स्थित युनिक होटल एण्ड लज र सोही ठाँउका भ्यू पोईन्ट होटल एण्ड लजमा छापा मारेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । प्रहरीले छ महिलासहित नौ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएका…

Read More