
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बलिउडमा अवार्ड कार्यक्रममा दर्शकको ध्यान कलाकारले के अवार्ड पाउँछन् भन्ने हुथ्यो । तर, अहिले अवार्डमा कुन कलाकारले कस्तो प्रस्तुति दिन्छन् भन्नेतिर दर्शकको ध्यान रहन्छ । बदलिएको अवार्ड कार्यक्रमसँगै यसमा प्रस्तुति दिने कलाकारको रकम पनि आकासिएको छ । ऋतिक बलिउडका बेस्ट डान्सर अभिनेतामध्येका एक हुन् । त्यसैले पनि उनी एक अवार्ड प्रस्ुततिको लागि ३.५ करोडसम्म लिने गर्दछन् । अभिनेत्री दीपिका करोडौ मानिसको दिलको ढुकढुकी हुन् । उनी लुक्स, सादार अभिनय र राम्रो नृत्यका कारण सबैको प्रिय छिन् । उनी ४ मिनेट स्टेज कार्यक्रमका लागि १।३३ करोड रुपैयाँ लिन्छिन् । अभिनेता रणबीर सिंह इनर्जेटिक परफमेन्सका कारण चर्चित छन् । उनको नृत्य स्टेजमा…
अभिनेत्री सुष्मा कार्की लामो समयपछि हट सिनसहित फिल्ममा देखिने भएकी छन् । विकिनी सिन दिएकी सुष्मा रोमियो एन्ड मुनामार्फत फिल्ममा देखिन लागेकी हुन् । फिल्मको एनिमेशन सिनसहितको ट्रेलर सार्वजनिक भएको छ । रोमियो एन्ड मुनाको गीत सार्वजनिक गर्ने क्रममा अभिनेता विनय दुई विकिनी लगाएका युवतीसँग सार्वजनिक हुँदा आलोचना समेत भएको थियो ।
झापा १२ असारः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई छिमेकी राष्ट्रसँग व्यापार विस्तार गर्न प्रदेश सरकार लागि परेको बताउनुभएको छ । झापाको भद्रपुरमा सोमबार समाजसेवी स्व देवीप्रसाद उप्रेतीको २६ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ को भारत र चीनसँग जोडिएको सीमा क्षेत्रमा थप व्यापारिक नाका विस्तारका लागि प्रदेश सकार लागेको जानकारी दिनुभयो । मुख्यमन्त्री शेरधन राईले भन्नुभयो, “आर्थिक समृद्धिका लागि नेपाली उत्पादन विदेश निर्यात गर्नु आवश्यक छ, त्यसका लागि मुख्य नाकासँगै अन्य नाका पनि स्थापना गर्नुपर्छ, प्रदेश सरकार अहिले त्यसको तयारीमा छ ।” पूर्वमा चिया, अदुवा, अलैँची, अम्लिसोलगायत कृषिजन्य वस्तु उत्पादनमा जोड दिनुपर्ने बताउँदै उहाँले भारत,…
दमक, १२ असार । यहाँस्थित आस्था कलेज देशभरका व्यवस्थापन कलेजहरुको टपटेनको उत्कृष्टतामा छनोट भएको छ । काठमाडौँमा रहेको न्यू विजनेश एज प्रालिले गरेको देशभरिका व्यवस्थापन कलेजको मूल्याङ्कनका आधारमा दमक–४ मा रहेको आस्था कलेजले त्यस्तो उत्कृष्टता प्राप्त गरेको हो । देशभरि व्यवस्थापन कलेजको संख्या एक हजार २७४ रहेको छ । उत्कृष्टतासँगै कलेजले विस्कुलस् रेटिङ–रेङ्किङ अवार्ड–२०१८ पाएको कलेजका प्रमुख टेकनाथ भण्डारीले बताउनुभयो । उहाँले शैक्षिक सुधारसहित अन्य विभिन्न आधारभूत मापदण्ड पूरा गरेका कारण कलेजले पछिल्लोपटक त्यस्तो सफलता प्राप्त गर्न सकेको बताउनुभयो । अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने सो कलेजमा हाल बिबिएसतर्फ ३०० विद्यार्थी रहेका छन् । कलेजसँगै माध्यमिक विद्यालयतर्फ एकता…
झापा, १२ असारः झापाको शिवसताक्षीमा पैनीमा डुबेर एक बालकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–२ का डम्बरबहादुर विश्वकर्माका १० वर्षीय छोरा गणेश विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालकको सोमबार सोही नगरपालिकाको वडा नम्बर ७ मा रहेको पैनीमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । पौडी खेल्न क्रममा डुबेपछि उनलाई दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सन्तोष शर्मा हल्दिबारी (झापा) ११ असारः झापाका स्थानीय तह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणमा जुटेका छन् । जिल्लामा रहेका १५ वटा स्थानीय तहमध्ये केही गाउँ÷नगरपालिकाले आगामी नीति कार्यक्रम सार्वजनिक समेत गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् । बिर्तामोड, दमक, भद्रपुर र मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । स्थानीय तहले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार विकास लगायतका विषयमा जोड दिएका छन् । यसैबीच, हल्दिबारी गाउँपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा पर्यटन प्रबद्र्धनलाई प्राथमिकतामा राखेको छ । ‘पूर्वको पर्यटकीय…
काठमाडौँ, ११ असार । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गरे । डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चालन गर्न र ‘सिन्डिकेट’लाई पूर्णरुपमा अन्त्य गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउन बजेटको व्यवस्था गर्न पनि उनीहरुले माग गरे । आजको छलफलमा सांसदहरु रामबहादुर विष्ट, सरलाकुमारी यादव, नरबहादुर धामी, पद्म गिरी, कृष्णप्रसाद दाहाल, विमला विक, राजेन्द्र लिङदेन, मनकुमारी जिसी र दुर्गाकुमारी विश्वकर्माले भाग लिएका थिए…
झापा, ११ असार । नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन् । भारतको पश्चिम बंगालको आलिपुर, जयगाउँ घर भएका ३१ वर्षीय आदित्य दियाली नक्कली लाइसेन्ससहित पक्राउ परेका हुन् । नेपालमा हुने मोटरसाइकल चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय, अनारमनीका अनुसन्धान अधिकारीले दियालीको साथबाट नेपाली लाइसेन्स समेत भेट्टाएका थिए। ‘उनीसँग नेपाली लाइसेन्स भेटिएपछि शंका लागेर यातायात व्यवस्था कार्यालय, कोशीमा लाइसेन्स बारे सोधका थियौं’, कार्यालयका प्रमुख डिएसपी कृष्ण कोइरालाले भने, ‘त्यहाँबाट जवाफ आएपछि उनले भोजपुरको ज्यांग्रे–७ का किरणबहादुर कार्कीको नाममा जारी भएको लाइसेन्समा उनले आफ्नो फोटो टाँसेर प्रयोग…
इलाम, १० असार । इलाममा अलैँचीको (बिजुं) बिरुवा बिक्न छोडको छ । अलैँचीको दाम घट्दै गएको र किसान आफैँसँग पर्याप्त बिरुवा भएका कारण बिरुवा बिक्न छोडेको हो । विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री हुने बिरुवा यसवर्ष असार पहिलो हप्ता बितिसक्दासमेत नर्सरीबाट बिरुवा नबिकेको सम्बद्ध किसानहरूको गुनासो छ । जिल्लाको सबैभन्दा बढी बिरुवा उत्पादन हुने रोङ गाउँपालिका–६ जिर्मलेबाट यस वर्ष बिरुवा निकासी नभएको स्थानीयवासी गोविन्द पौडेलले बताए । यहाँ रामसाइ, गोलसाइ, जिर्मले र साउने जातको अलैँचीको बिरुवा पाइन्छ । यहाँका विभिन्न अलैँची नर्सरी उद्योग (यावा, बेद, अधिकारी र वाइवा) नर्सरी उद्योगबाट करीब ३२ लाख बिरुवा उखेलेर नष्ट गर्नुपरेको अधिकारी नर्सरी…
बिर्तामोड, १० असारः बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा कृषि, शिक्षा र सहकारी क्षेत्रको प्रबद्र्धन र विकासमा केन्द्रित नीति तथा कार्यक्रमलाई प्राथमिकता दिँदै रू ८० करोड १७ लाखको प्रस्तावित बजेट सार्वजनिक गरेको छ । दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले मूलतः शिक्षा, सहकारी र कृषिमा केन्द्रित विकासका योजना र स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा लागानी बढाइएको जानकारी दिनुभयो । बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा बडा नं १ का अध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार गत बर्षको तुलनामा शिक्षामा ६४ प्रतिशत बजेट बृद्धि गरी २ करोड ३४ लाख २० हजार पु¥याइएको छ भने कृषि क्षेत्रमा नगर प्रमुख विषादिमुक्त कार्यक्रम र…