झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ३१ कात्तिक । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को छैठौँ मन्त्रिस्तरीय परामर्श बैठक २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । घोषणापत्रमा प्रोसेसको पाँच विषयगत कार्यसमूहको काम र देशगत रुपमा सम्पन्न हुने कामलाई सहज ढङ्गले अघि बढाउन प्राविधिक सहयोग युनिट ९टिएसयू० लाई निरन्तरता दिने निर्णय गरेको छ । प्राविधिक सहयोग युनिटले प्रोसेसको अध्यक्ष राष्ट्र, प्राविधिक कार्य समूह र सदस्य मुलुकसँग सहकार्यका साथ अघि बढ्नुपर्ने तथा आप्रवासनलाई व्यवस्थित गर्ने बृहत्तर उद्देश्य प्राप्तिका लागि काम गर्न निर्देश गरेको छ । प्रोसेसलाई आगामी दिनमा सदस्य राष्ट्रको योगदानमा आधारित खर्च व्यवस्थापन प्रणालीबाटै निरन्तरता दिने र…

Read More

काठमाडौँ, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ । पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरुले नै लगाउन थालेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

महेन्द्रनगर, १ मंसिर । बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ । घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन । अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ । हालसम्म नेपाल प्रहरीले ९ जनाको डीएनए परीक्षण गरेको छ । अझै कञ्चनपुरका ३ जना स्थानीयको डीएनए परीक्षणका लागि पठाइने प्रहरी स्रोतले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, १ मंसिर । सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ । हाल २ लेन रहेको राजमार्ग सहरी क्षेत्रमा ८ लेन र अन्य भागमा ४ लेनको बनाउन तयारी भइरहेको छ । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । सो राजमार्ग विस्तारअन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको विस्तार कार्य अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १ मंसिर । तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज शनिबारबाट स्वतः भङ्ग हुने भएको छ । १२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन गर्न नसकेपछि उत्पन्न अन्योल हटाउन आज शनिबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकोले प्रधानमन्त्रीनिवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटलमा उद्घाटनको केही समयअघिसम्म ‘अर्लट’ थियो । तर, निजि चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाव दिएपछि एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीमा रहेका प्रधानमन्त्री ओली अन्तिमतिर सरकारीनिवास बालुवाटारमै रोकिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

उर्लाबारी, १ मंसिर । मोरङको उर्लाबारी–६ स्थित सिद्धेश्वर शिव बाबा धामले श्रीमद शिव महापुराण एकादशाह विराट ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ । आगामी मंसिर १० देखि २० गतेसम्म शिव महापुराण सञ्चालन गरिने धाम व्यवस्थापन समितिका अध्यक्ष डीपी खतिवडाले जानकारी दिए । पुराणलाई सफल बनाउन स्थानीय समाजसेवी जंगबहादुर कार्कीको संयोजकत्वमा पुराण आयोजक समिति गठन गरिएको छ । जसको सचिवमा गजेन्द्र दंगाल र प्रचार संयोजकमा गणेश दाहाल रहेका छन् । पुराणमा प्रखर धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमबाट दैनिक दार्सनिक प्रवचन, सरस पुराण वाचक आचार्य छन्दुराम भण्डारीबाट कथावाचन, पंडित उमेश आचार्यबाट पाठ पारायणका साथै चर्चित कलाकारहरूद्वारा देव लिलासहितको बेजोड झाँकी प्रदर्शन, संगीतमय भजनकीर्तन…

Read More

काठमाडौँ, ३० कात्तिक । मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ । पछिल्लो तथ्याङ्कअनुसार देशभर वार्षिक ५१३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन भएको देखिन्छ । गत वर्षको तुलनामा यो करीब १० प्रतिशतको वृद्धि हो । गत वर्ष ४६६ मेट्रिक टन कफी उत्पादन भएको थियो । यद्यपि गत वर्षको तुलनामा कफीको निर्यात भने करीब ११ प्रतिशतले घटेको तथ्याङ्कले देखाउँछ । बोर्डको…

Read More

बिर्तामोड, ३० कात्तिक । झापाको बुद्धशान्ति–१ होक्सेस्थित त्रिभूवन माविले सञ्चालन गरेको देउसी कार्यक्रम सम्पन्न भएको छ । विद्यालय बस खरीद गर्दाको ऋण तिर्ने उद्देश्यले कात्तिक २२ गतेदेखि सञ्चालन गरिएको देउसी कार्यक्रम शुक्रबार एक कार्यक्रमको आयोजना गरी हाेक्से चाेकमा समापन गरिएको हो । विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले २३ वटा टोल खेलिएको देउसीबाट ११ लाख ३८५ रुपैयाँ संकलन भएको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति–१ का वडाध्यक्ष भीमकुमार नेवार रहनुभएको थियो । कार्यक्रममा देउसीमा सहभागी विद्यालयका २९ जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रमको पहिलो र अन्तिम चरणको सञ्चालन प्रधानाध्यापक आचार्यले गर्नुभएको थियो…

Read More

झापा, ३० कात्तिक । झापाको कनकाई नगरपालिकास्थित माइधार निवासी बिष्णु घिमिरेको कुवेतमा निधन भएको छ । घिमिरेको नोभेम्बर १६ तारिक शुक्रबार २०१८ का दिन निधन भएको हो । कुवेतको जिलिब स्थित साथीको घरमा सुतेको अवस्थामै घिमिेर मृत अवस्थामा भेटिएको झापाली समाज कुवेतका सचिब प्रेम झापालीले जानकारी दिए । करिब सात बर्ष देखी कुवेतमा कार्यरत घिमिरे झापाली समाज कुवेतका कार्य समिती सदस्य तथा नेपाली समुदाय कुवेतमा लामो समय देखी आबद्द भएका ब्यक्ती हुन। ३७ बर्षिय बिष्णु घिमिरे कुवेतको एस डि एफ सि कम्पनीमा आए पनि अहिले एजिलिटी कम्पनीमा सबारी चालकको रुपमा कार्यरत थिए भने केही समयमै अर्को कम्पनी जाने तयारीमा थिए।

Read More