
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बागलुङ, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आउनुभएका उहाँले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिनुभएको हो । नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा नेता शर्माले राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भएकाले सरकारले बजेट अभाव हुन नदिने र छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारवाही गर्न पछि नहट्ने बताउनुभएको थियो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेकपा…
कञ्चनपुर, ३० कात्तिक । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ । सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको छ । शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौँ, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने । अहिले पनि केहि जना शंकाको घेरामा रहेको उनको भनाई छ ।अहिले संख्या नभिनिहालुँ, केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरुको डिएनए जाँन हुन सक्छ ।, डिएनए जाँच वैज्ञानिक कुरा भएकाले यसलाई आधार मान्ने उनी बताउँछन् । आजको नागरिक…
काठमाडौं, ३० कात्तिक । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्। उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो।आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ। त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन् । दिल्लीले रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको थियो ।
इलाम, ३० कात्तिक । माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ । मुलुककै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बु भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो । संविधानले स्थानीय भाषालाईसमेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गरिएको छ । लिम्बु बाहुल्य माङसेबुङ ५ मा वडा समिति आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र संघसंस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं, ३० कात्तिक । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो । यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको थियो । तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ । यसमा नेकपाभित्रको गृटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् । उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो । आजको…
दोहा, ३० कात्तिक । करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् । पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन् । क्षत्री शाखाका उपाध्याक्षसमेत हुन् । अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
काठमाडौं, ३० कात्तिक । गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिबर्तन गराउँदै आएका थिए । गृहसचिव प्रेमकुमार राईको निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निष्कासन गरिएको हो । उनीहरु पर्यटक भिसामा बस्दै आएका थिए । उनीहरुको भिसाको बाँकी अवधि रद्ध गरिएको छ । आजको अन्नपुर्णपोष्ट दैनिकमा खबर छ ।
दमक, ३० कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गरेका छन् । कांग्रेसलाई अब बलियो बनाउन सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पाका नेताहरुले नेतृत्व गर्न नहुने उनको भनाइ थियो । नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समितिले बिहीबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता रिजालले कांग्रेसमा देखिएको स्थायी गुटले पार्टीलाई कमजोर बनाउने बताए । उनले महाधिवेशनमा पार्टी भित्र विभिन्न गुट सिर्जना देखिए पनि त्यसले स्थायी आकार पाउनु राम्रो नभएको धारणा राखेका थिए । गत तीनै तहको निर्वाचनमा पार्टी खुम्चिनु लोकतन्त्रमा स्वाभाविक भएको भन्दै उनले…
विराटनगर, ३० कात्तिक । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ्ले विराटनगरमा भइरहेको विकास, निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ । विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहीबार प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरमा भइरहेका विकासका गतिविधिबारे जानकारी लिनुभएको हो । विराटनगर प्रदेश नं १ को अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले विराटनगरमा के हुँदैछ भनेर उहाँले बुझ्न खोजेको महानगरका प्रमुख पराजुलीले जानकारी दिनुभयो । प्रदेश प्रमुखले आफूलाई विराटनगरलाई नमूना शहर बनाउन सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा प्रमुख पराजुलीले विराटनगर महानगरभित्र भ्यू टावर निर्माण, विराट राजाको दरबारको प्रवद्र्धन, ४०० किमी सडक कालोपत्र गर्ने काम, वैकल्पिक मार्गको…
बेनी, २९ कात्तिक । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शहीद परिवारलाई भेट्नु भएको छ । पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा मङ्गला गाउँपालिका–२ सिमलचौरका शहीद परिवारकी गुमाकुमारी खड्काको परिवारलाई भेट्न पुग्नुभएको थियो । तत्कालीन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षीया खड्कालाई आफ्नै गाउँमा आज मात्रै भेट्ने अवसर जुरेको हो । पत्नी सीता दाहालको नशासम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरी उपचार गर्न म्याग्दी पुग्नुभएका नेता दाहाल र कुण्डमै स्नानका लागि पारिवारिक भ्रमणमा आउनु भएका गृहमन्त्री थापा यहाँ आउनु भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पार्टी सदस्य…