
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ४ मङ्सिर । बालिका बलात्कार आरोपमा दमक नगरपालिका– ३ मा डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दीपक धमला पक्राउ परेका छन् । धमालाले एक बालिकालाई सोमबार राति ललाइफकाइ नजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोप लागेको छ । धमालालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमर थापाले बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षणका लागि आज मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
भैरहवा, ४ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो । आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ ।
विराटनगर, ४ मङ्सिर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताउनुभएको छ । राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उहाँले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताउनुभयो । जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मथलो विराटनगरमा काङ्ग्रेसभित्र गुटउपगुट नरहने उद्घोष गर्दै सभापति देउवाले पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता रहेको आंैल्याउनुभयो । उहाँले निर्मला पन्तको हत्याकाण्डमा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारको साख गिरेको बताउनुभयो । सभापति देउवाले सरकारले स्वतन्त्र न्यायालय र सुरक्षा निकायमा…
भद्रपुर, ४ मङ्सिर । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभएको थियो । साउदी अरबमै २०६९ पुस ३० गते उहाँको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताउनुभयो । त्यसबेला साउदी अरबकै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उहाँका छोरा नीरजलाई फोनमार्फत खबर दिएका थिए । छ वर्षपछि यही मङ्सिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझ्न काठमाडौँ जानुभएको…
काठमाडौँ, ४ मङ्सिर । प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागुऔधष (नाइट्रभेट) ८४० टब्यालेट र पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले उनीहरुमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।
विनोदसिंह विष्ट बैतडी, ४ मङ्सिर । जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिनुभयो । जिल्लामा अहिले १२७ प्रसूति सेवा केन्द्रबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको उहाँले बताउनुभयो । गाउँगाउँमा प्रसूति सेवा शुरु भएपछि आमा र शिशुको ज्यान जोगाउने अभियान सफल भएको देहीमाडौँ स्वास्थ्यचौकीका अनमी हिरा बोहराले बताउनुभयो । पछिल्लो समय सुत्केरी सेवा लिन महिला पनि स्वास्थ्य संस्थामा आउने…
काठमाडौँ, ४ मंसिर । जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो । उनीविरुद्ध एक २५ वर्षीया युवतीले कात्तिक १४ गते उजुरी दिएकी थिइन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
कामठमाडौं, २४ मंसिर । रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार यसका लागि गन्तब्य मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गर्न उनीहरु सहमति भएको जानकारी दिएका हुन् । उनका अनुसार वैदेशिक रोजगारका लागि कामदार पठाउने १२ देशहरुको बैठक कोलम्बो प्रोसेस मा यस्तो सहमति भएको हो । यो निकै महत्वपुर्ण सहमति हो । यसले कामदारको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन ठुलो सहयोग गर्छ, नेपाल व्यावसायिक पहल एनबीआई द्धारा आयोजित कार्यक्रममा सोमबार उनले भने, स्रोत देशहरु रोजगारदातालाई जिम्मेवार बनाउने पक्षमा उभिँदा कामदारको हितका लागि गन्तब्य देशसँग उच्च सम्मानका साथ…
भद्रपुर, ४ मङ्सिर । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए । कक्षा १० का अनिस दाहालले साथीसँग मिलेर ‘वाल्मिकी भर्सेस टेरोरिस्ट’ कम्प्युटर खेल प्रदर्शनीमा राखिएको छ । कक्षा ६ देखि १० सम्मका झण्डै २५० विद्यार्थीले बनाएका विज्ञान सामग्री प्रदर्शनीमा राखिएको विज्ञान शिक्षक निलम खरेलले बताउनुभयो ।
भद्रपुर, ४ मंसिर । मिक्स मार्सल आर्टअन्तर्गत अन्तर्राष्ट्रियस्तरको वक्सिङ प्रतियोगितामा भाग लिन भारतको दिल्ली जान लागेका भद्रपुरका एकजना खेलाडीलाई सोमबार भद्रपुरमा विदाइ गरिएको छ । नेपालको प्रतिनिधित्व गर्दै भारत जान लागेका भद्रपुर–६ निवासी २० वर्षीय सुभम मल्लिकलाई भद्रपुर नगरपालिका र झापा जिल्ला वक्सिङ संघले संयुक्त रुपमा स्वागत–सम्मानसहित विदाइ गरेको हो । नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त समारोहका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, झापा जिल्ला वक्सिङ संघका अध्यक्ष सञ्जीव घोष, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वक्सिङका प्रशिक्षक डम्बर लिम्बूलगायतले मल्लिकलाई फूलमाला अविर पहिर्याएर जीतको शुभकामनासहित विदाइ गरेका थिए । मल्लिकले दिल्लीमा आयोजना हुने एमएमए प्रतियोगितामा ६४ केजी तौल समूहमा…