झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ । मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन् । मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः छालामा चमक मायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ । आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ । विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्मोन निष्कासन गर्छ । यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ । डिप्रेसन जित्ने शक्ति माया गर्ने…

Read More

भद्रपुर, २० कात्तिक । जिल्ला प्रहरी कार्यालय झापाले तीन महिनाको अवधिमा रू एक करोडभन्दा बढीको सामान बरामद गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी चालू आर्थिक वर्ष २०७५÷०७६ को साउनयता भन्सार छलेर चोरी तस्करी गरिएका रू १ करोड २ लाख ४ हजार ९१ बराबरको सामान बरामद गरिएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार अवैध गतिविधि नियन्त्रण अभियान अन्र्तगत भारतसँग सीमा जोडिएका विभिन्न स्थानबाट अवैध सामग्री बरामद गरिएको हो । त्यस्तै, प्रहरीले झापाका विभिन्न नाकाबाट ठूलो परिणामको पटाका बरामद गरेको छ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट अवैध रूपमा भित्र्याइरहेको अवस्थामा…

Read More

काठमाडौँ, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा (प्र) का अध्यक्ष पशुपतिशम्शेर जबराबीच आज भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष राणालाई दिएअनुसार महाराजगञ्जस्थित अध्यक्ष राणाको निवासमा छलफल भएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । वैचारिक दृष्टिकोणमा हिन्दू राष्ट्र कायम गर्ने, राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा जनताको चाहनाका साथै दुवै दलका नेता तथा कार्यकर्ताको भावनालाई बुझेर निर्णय लिने…

Read More

चीनमा एकजना पुरुष आफ्नी २ वर्षकी छोरीलाई लिएर सधैजसो चिहानमा चान्छन् अनि चिहानको खाल्डोभित्र गएर सुत्छन्, खेल्छन् । यसरी छोरीसँग चिहानमा सुत्ने ती बाबुको त्यो दैनिकीको अन्तर्य भने निकै दर्दनाक छ । आखिर किन त्यसो गरिरहेका छन् ती पुरुष ? ती पुरुष झांग लियोंग र उनकी पत्नी डेंगकी एक २ वर्षकी छोरी छिन् । ती बालिकाको नाम झांग जिनली हो । जिनली एक गम्भीर रोगबाट पीडित छिन् । जसका कारण बुआआमा निकै दुःखी छन् । डिंग तथा झांगले आफ्नी छोरीको मनबाट मृत्युको डर निकाल्का लागि त्यो अनौठो उपाय अपनाएका हुन् । झांगले निकट भविष्यमै मर्ने भनिएकी आफ्नी छोरीका लागि घरकै…

Read More

घोराही, २० कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताउनुभएको छ । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा निकायलाई नहुने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले नागरिकको आवाजलाई सरकार समक्ष पु¥याउने माध्यम पत्रकारिता भएकाले यसको दुरुपयोग हुनबाट रोक्नुपर्ने बताउँदै विकासको नाममा पत्रकारले विवादलाई महत्व दिन नहुने बताउनुभयो । अबको समय विकास र समृद्धिको भएको भन्दै उहाँले पत्रकारिताप्रतिको अपराध राज्यविरुद्ध र लोकतन्त्रविरुद्धको अपराध हो भन्नुभयो । फ्रिड्म फोरमले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले…

Read More

पोखरा, २० कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकलाई विकसित र समृद्ध बनाउन पार्टी–पार्टीबीच सौहार्दता हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले सरकार स्थिर छ तर, राजनीतिक अस्थिरता कायम रहेकाले यसलाई अन्त्य गरी सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस्् भनी शुभकामना दिनुभयो । मुलुकमा सुशासन, पारदर्शिता, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्नुपर्ने उल्लेख गर्दै उहाँले यसका लागि सहमति, सहकार्य र…

Read More

अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरिसकेकी केकी अधिकारीले यस वर्ष फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरिन् । फिल्ममा उनी स्वयंको प्रमुख भूमिका थियो । साथमा थिए प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने पनि । फिल्मले घरेलु बजारमा सुखद व्यापार गरेको थियो । करोडको केक काटेपछि फिल्म विदेशमा पनि राम्रो विक्यो । अब केकी फेरि दोस्रो पटक आफ्नो ब्यानरबाट नयाँ फिल्म निर्माण गर्दैछिन् । ‘क’ फाप्ने बताउने उनी अब ‘कन्याकुमारी’ नाममा फिल्म बनाउँदैछिन् । हाल फिल्मको कथा लेखनको काम भइरहेको छ । फिल्ममा पाँच जना नायिका हुने केकीले जानकारी दिइन् । प्रियंका र ऋचालाई दोहोर्‍याउने इच्छा भएपनि फाइनल भने नभएको उनले…

Read More

काठमााडौँ, २० कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् । उनको घरायसी कममा समेत सरकारी गाडी, इन्धन र चालक छन् । उनी मन्त्रालयले उपलब्ध गराउको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलार्य गृह मन्त्रालयले बा…

Read More

बिर्तामोड, २० कात्तिक । झापाको मेचीनगर–५ स्थित नकलबन्दाबाट सोमबार दिउँसो प्रहरीले मरिच बरामद गरेको छ । मेनपा–५ नकलबन्दा स्थित टहरामा नेपालबाट भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको ६० हजार रुपैयाँ बराबरको कालो मरिच ४ बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

काठमाडौं, २० कात्तिक । पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ । यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन्। आर्थिक वर्ष २०६४÷६५ देखि १०७४÷७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएको छ। ११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ । औसतमा वर्षमा एक हजार आठ सयभन्दा धेरैको ज्यान जान्छ । यो संख्या प्राकृतिक विपद्बाट मृत्यु हुने संख्याभन्दा झन्डै दुईगुणा बढी हो । तथ्यांकअनुसार प्राकृतिक विपद्मा परी वर्षमा औसत नौ सयको ज्यान जाने गरेको छ । ११ वर्षमा…

Read More