
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उर्लाबारी, २९ कात्तिक । सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ । मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग यहाँ बुधबार भएको भेटघाटमा युएनएचसीआरका एशिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भूटानी शरणार्थी समस्या समाधानमा युएनएचसीआर सधैँ लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “युएनएचसीआरले लगातार प्रयास नगरेको पनि होइन, अझै पनि नेपाल र भूटानसँग कुराकानी गर्न तयार छ, फेरि कोशिस गरौँ ।” निर्देशक रवाट्टेले तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणार्थी र शिविरमा बाँकी रहेका शरणार्थीको छुटेका परिवारलाई एक ठाउँ ल्याउनेतर्फ युएनएचसीआरले पहल गर्ने बताउनुभयो ।…
काठमाडौं, २९ कात्तिक । नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार बाहिरिएको थियो । पार्टी र सरकारबाट भूमिका नपाए पनि गैरनाफामूलक कम्पनी खडा गरेर विकास निर्माण अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको खुलासा उनले नयाँ पत्रिकाको अन्तर्वार्तामा गरेका थिए । आफ्नो प्रस्ताव कन्टेनरमा फालिएको भन्दै असन्तुष्ट गौतमले अन्वार्तामा भनेका थिए, ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो, तर अब डेढ–दुई महिनामा सबै विषय खुलस्त हुन्छ । मैले किन र कस्तो भूमिका खोजेको हुँ…
कञ्चनपुर, २९ कात्तिक । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो । उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । त्यस्तै प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ । केन्द्रीय प्रविधिविज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौं रहेका कञ्चनपुर प्रहरीले अधिकृतलाई बुधबार रिपोर्टे दिएको छ । सरकारी वकिलको सल्लाहमा खोल्छौँ, कञ्चनपुुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने । रिपोर्ट कञ्चनपुर ल्याएपछि सरकारी वकिलको सल्लाहमा खोलिने…
काठमाडौं, २९ कात्तिक । विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्।यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरूको व्यापार विस्तार गर्न खर्च भएको छ। राष्ट्रिय सतर्कता केन्द्रले समेत कोषको रकममा व्यापक दुरुपयोग भएको जनाएको छ। अनुगमनपछि केन्द्रले तयार पारेको प्रतिवेदनमा तालिमको नाममा समेत भ्रष्टाचार भएको उल्लेख छ। एउटै व्यवसायीले ५० करोड रुपैयाँसम्म स्वरोजगार कोषबाट लगेको तर लक्षित वर्गमा ऋण प्रवाह नगरिएको प्रतिवेदनमा छ।कोषको उद्देश्यविपरीत अनौपचारिक…
चितवन, २८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडपछि आगजनी गरेका हुन् । प्रहरी चौकी रामपुरका इञ्चार्ज शिवमङ्गल चौधरीका अनुसार डिनको कार्यालय भवनको १५, केन्द्रीय कार्यालयका २५ र प्रशासन भवनको १२ वटा झ्यालका सिसा फुटेका छन् । प्रशासनको ढोका फुटाएर भित्र प्रवेश गरी पेट्रोल छर्किएर फर्निचर र कागजपत्रमा आगजनी गरेको उहाँले बताउनुभयो । केन्द्रीय कार्यालयको ढोका फोर्न नसकेपछि ढोकामै आगजनी गरेका थिए । तत्काल प्रहरी र विश्वविद्यालयका सुरक्षागार्डले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । यकिन तथ्याङ्क नआए पनि करीब…
काठमाडौँ, २८ कात्तिक । पत्रकार राजेश सापकोटालाई ‘ब्रेन स्ट्रोक’ भएपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार शुरु गरिएको छ । कात्तिक २३ गते भाइटीकाको दिन अपराह्न अकस्मात् शरीरको दाहिने भाग नचलेपछि परिवारका सदस्यले उहाँलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पु¥याएका थिए । मुटुमा कुनै समस्या नदेखिएपछि गङ्गालालले तत्कालै न्युरो अस्पताल बाँसबारी स्थानान्तरण गरेको थियोे । न्युरो अस्पतालले ‘ब्रेन स्ट्रोक’ भएको पत्ता लगाई उपचार शुरु गरेको थियो । यो समस्या देखिएको ९० मिनेटमा यसविरुद्धको खोप नलगाए रोगीको मृत्यु सम्भावना रहन्छ । पत्रकार सापकोटा ४० मिनेटमै चिकित्सकको सम्पर्कमा पुगेपछि उपचार सम्भव भएको उहाँले राससलाई जानकारी दिनुभयो । न्यूरो सर्जनको प्रयासपछि उपचार सफल भएको…
काठमाडौँ, २८ कात्तिक । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक २५ गतेको बैठकले श्रमिकको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाउन गत वर्ष नै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी गरेको थियो । सोही ऐनको दफा ६९ बमोजिम बैठकले उक्त नियमावली स्वीकृत गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज जनाएको छ । उक्त नियमावलीमा सरकारी कोषबाट पारिश्रमिक लिने व्यक्ति, अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुने तथा तोकिएमा खास अवस्थामा रोजगारीदाता सूचीकरणबाट हटेको अवस्थामा पनि योगदानकर्तालाई भुक्तानी गर्नुपर्ने दायित्वबाट उम्कन…
भद्रपुर, २८ कात्तिक । प्रदेश नम्बर १ कै सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा भव्य रूपमा छठ पूजा सम्पन्न गरिएको छ । उदाउँदो सूर्यलाई अर्घ दिँदै आज भद्रपुरको मेची नदीमा भव्यताका साथ समावेशी छठ पूजामा सम्पन्न गरिएको हो । नेपाल–भारत सिमानामा रहेको मेची नदीमा दुवै देशका श्रद्धालु भक्तजनले छठ पर्व मनाए । दुवैतर्फ गरी करिब पाँच हजार घाट निर्माण गरिएको थियो भने करिब एक लाखभन्दा बढी भक्तजनको सहभागिता रहेको मैथिल समाजका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिनुभयो । जनसहभागिताका हिसाबले भद्रपुरमा जनकपुरपछिको दोस्रो स्थानमा छठ पूजा हुने गरेकोसमेत उहाँले बताउनुभयो । त्यस्तै, पूजा स्थलमा आउने भक्तजनहरुलाई…
म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व भएको बताउँदै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रका समग्र समस्या समाधानका लागि सरकारले नयाँ नीति ल्याउने तयारी गरेको जानकारी दिनुभयो । प्रतिभा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने, देश विकासका लागि योग्य र दक्ष जनशक्ति तयार पार्न मद्दत पुग्ने शिक्षा नीति बनाइने अध्यक्ष…
काठमाडौँ, २८ कात्तिक । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ । आज दिउँसो देशको पश्चिमी भू–भाग, मध्य र पूर्वका पहाडी भेगमा सामान्य बदली रहने तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातको समयमा पश्चिमी तथा पूर्वी पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । पश्चिमी पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । बिहीबार पश्चिमी तथा पूर्वी…