झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १५ कात्तिक । विराटनगर महानगरपालिका–४, १२ र १४ लाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकामा १९ वडा रहेकोमा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ । दुई महीनामा सो वडा पनि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीसाथ काम भइरहेको महानगरपालिका प्रमुख भीम पराजुलीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । विराटनगरमा हाल ९९।४ प्रतिशत चर्पी निर्माण भइसकेको छ । वडा नं ४ मा तीन हजार १४५, वडा नं १२ मा दुई हजार ७७४ र वडा नं १४ मा एक हजार ९११ घरधुरीमा शत्प्रतिशत चर्पी निर्माण भएपछि खुला दिसामुक्त वडा घोषणा भएको प्रमुख…

Read More

काठमाडौँ, १५ कात्तिक । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिनुभयो । कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिने पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक हप्तापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ । जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६…

Read More

काठमाडौँ, १५ कात्तिक । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छाप्नुभएको हो । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ शुरुआत गरेको हो । सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिनुभयो । केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका…

Read More

पाँचथर, १५ कात्तिक । पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो । अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुखलगायतको टोलीले अनुगमन गरेको हो । सीमा क्षेत्रमा हुने अवैध र अपराध कार्यलाई न्यूनीकरण गर्न अनुगमन गरिएको पालिका अध्यक्ष लेखनाथ घिमिरेले जनाउनुभयो । अनुगमन टोली हालै सीमा क्षेत्र पुगेर अनुगमन गरिएको सांसद नेम्बाङले जानकारी दिनुभयो । नेपाल–भारत सीमा क्षेत्र ४७ नं सीमा स्तम्भआसपास अनुगमन गरिएको हो । सीमा क्षेत्रमा…

Read More

किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक अर्थात् घरेलु उपचारद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी ? किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफा पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । तर यदि किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ । आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीको सहायताले किडनीमा भएको पत्थरीलाई एक हप्तामै बिदा गर्ने छ । यो घरेलु बिधि अपनाउनाले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ । गहुँको दाना भन्दा ठूलो पत्थरीलाई…

Read More

बैतडी, १५ कात्तिक । बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । बेपत्ता हुनेमा मृतक निर्मलाकी सासू ५२ वर्षीया पार्वती भट्ट रहेकी छन् । बुधबार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासू पार्वती खोजतलास गर्न जाँदा पार्वतीसमेत बेपत्ता भएकी प्रहरीले जनाएको छ । दुवै रातिसम्म पनि घर नफर्किएपछि घरपरिवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीबार बिहान स्थानीय ओडीगाउँ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी…

Read More

के तपाईंले कुनै महिलाले गोरुसँग बिहे गरेको सुन्नुभएको छ रु यस्तो विचित्र सुन्ने कुरै भएन । तर हालै एक ७४ वर्षकी महिलाले एउटा गोरुसँग बिहे गरेर सबैलाई अचम्ममा पारिन् । उनी अहिले दिनहुँ आफुले बिहे गरेको त्यो गाईको बाच्छोको हेरचाहमा लागिरहेकी छिन् । उसलाई खुवाउँछिन्, प्रेम गर्छिन् र ओछ्यानमा समेत सँगै सुताउँछिन् । यो घटना कम्बोडियाको हो । खिम ह्यांग नामक ७४ वर्षकी महिला अहिले निकै चर्चामा छिन् । उनको घरमा पनि रमितेहरुको भिड लाग्छ । उनी र उनको नयाँ बाच्छो लोग्ने हेर्न मानिसहरु आउने गरेका छन् । कोही महिलाले गोरुसँग बिहे गर्नु दुनियामा कहीँ नभएको कुरा नै हो ।…

Read More

भद्रपुर, १५ कात्तिक । साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । रु ११ करोडको लगानीमा कारखाना स्थापना गरी सहकारीले आफ्ना सदस्यले उत्पादन गर्दै आएको हरियो पत्ती खरीद गरेर प्रशोधन गर्न बुधबारबाट शुरु गरेको हो । सहकारीले उत्पादन गरेको चियाको नाम भने सिटिसी रहेको छ । सरकारले साना चिया किसानलाई ५० प्रतिशत अनुदान दिन थालेसँगै किसान आफैँले कारखाना शुरु गरेका छन् । यसअघि झापाको पृथ्वीनगर र बाहुनडाँगीमा पनि सहकारीले नै कारखाना सञ्चालन गर्दै आएका छन् । यस सहकारीले पनि ५० प्रतिशत नेपाल सरकारको अनुदान र आफ्नो ५० प्रतिशत लगानीमा चिया कारखाना शुरु गरेको संस्थाका…

Read More

काठमाडौँ, १५ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ९४औँ र शरद १००औँ स्थानमा छन् । त्यस्तै बलिङतर्फ सोमपाल ९२औँ र रेग्मी ७४औँ स्थानमा छन् । आइसिसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा बरियता निर्धारण गर्छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली खेलाडी पनि…

Read More

चन्द्रकला भण्डारी भद्रपुर, १५ कात्तिक । स्थानीय तहमा छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । झापाका १५ स्थानीय तह मध्ये दमक नगरपालिकाले मात्र तीन महीना अघिदेखि छुट्टै इजलास कक्ष तयार गरी न्यायिक सम्पादन गर्दै आएको छ । कतिपय स्थानीय तहको आफ्नै भवन छैन । भवन भएकामा कोठा अभावका कारण छुट्टै इजलास कक्ष बन्न सकेको छैन । न्याय सम्पादनकै क्रममा कतिपय बेला पीडित र पीडकबीच हात हालाहालकै अवस्था सिर्जना हुने गरेको छ । भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले इजलास कक्षभन्दा बाहिर न्याय सम्पादनमा गोपनीयताको समस्या आउने बताउनुहुन्छ । अधिवक्तासमेत रहनुभएकी श्रेष्ठले नगरपालिकाको बन्दै गरेको भवनमा व्यवस्थित इजलास कक्ष…

Read More