
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १७ कात्तिक । भद्रपुर–१० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक दायित्व अन्र्तगत वीपी चौक सरसफाई तथा दुर्गा पञ्चायन मन्दिरमा फूलवारी निर्माण सम्पन्न गरेको छ । संस्थाका सदस्यहरु, स्थानीय बासिन्दा तथा शुभ चिनतकको टोलीले हाम्रो वी पी चौक राम्रो वी पी चौक निर्माण अभियान अन्र्तगत सरसफाई तथा फूलवारी निर्माण गरेका हुन् । अभियानमा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीले ऐकेबद्धता जनाउँदै सहभागितता प्रकट गरेका थिए । कार्यक्रममा सत्य लक्ष्मी कृषि सहकारीका अध्यक्ष नयाँनाथ पाण्डे, सचिव कमलप्रसाद अधिकारी, कोषध्यक्ष मोहनकुमार श्रेष्ठले समेत अभियानमा सकृय सहभागिता जनाएर सरसफाई तथा फूलवारी निर्माणमा सहयोग गरेका थिए…
काठमाडौँ, १७ कात्तिक । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
भद्रपुर, १७ कात्तिक । एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरीएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय झापाको कोठामा थन्काइएको छ । सरकारी निती स्पष्ट नहुँदा प्रष्ट कानूनको अभावमा लिलाम प्रकृया अगाडी वढ्न नसकेका कारण वरामद गरीएको १९ हजार ८ सय ३२।२७ किलो रक्तचन्दन कोठा भित्रै थन्किएको हो । प्रहरीले विभिन्न मितिमा भारतवाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयमा वुझाउने गरेको हुँदा त्यसको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको थियो । रक्तचन्दनको कारोबार मुलुक भित्र नहुने भएको हुँदा यसको वजारभाउ कति हो भन्ने यक्किन नभएपनि करीब एक करोड ५२ लाख हुन आउने विज्ञहरुले अनुमान…
तेह्रथुम, १७ कात्तिक । तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट रु एक करोड ३० लाख विनियोजन गरिएको बताउनुभयो । सङ्घीय संरचना अनुरुप प्रदेश नं १ सरकार मातहतमा तेह्रथुम र सङ्खुवासभा जिल्लालाई कार्य क्षेत्र बनाइ उक्त कार्यालय स्थापना भएको र यसले दुबै जिल्लाका स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने भएको छ । कार्यालयले महामारी रोग निन्यत्रण तथा विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयले गर्दै…
पशुपतिनगर, १७ कात्तिक । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, १७ कात्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्। संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’अनुसार स्थापितलाई पदबाट हटाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी आफैंले लिएका छन् । ‘मुख्यमन्त्रीको निर्देशनलाई पनि उहाँ ९स्थापित०ले सधैँ अटेर गर्नुभएपछि बाध्य भएर बर्खास्त गरिएको हो’, मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले भने, ‘सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य छ ।’ आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
क्वालालम्पुर, १७ कात्तिक । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् । सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् । हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा पेनिन्सुलार मलेसियामा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ । हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
बिर्तामोड, १७ कात्तिक । सनराइज एफएम र जनसंसद् तथा लोकतन्त्र पोष्टको संयुक्त टिम विवेचना दैनिकले आयोजना गरेको झापा मिडिया कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । ग्रासरुट फुटबल मैदानमा जारी मिडिया कपको पहिलो सेमिफाइनल खेलमा सनराइजले मेरो रेडियो र यलम्बर टाइम्सको संयुक्त टिमलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो अन्तिम सेमिफाइनल खेलमा आयोजक विवेचना दैनिकविरुद्ध जनसंसद् र लोकतन्त्र पोष्ट दैनिकको संयुक्त टिमले शानदार जीत निकालेर फाइनल यात्रा तय ग¥यो । शुक्रबार दिउँसो पत्रकार महिला र विर्ता लेडी जेसीजबीच मैत्रीपूर्ण खेल हुने र फाइनल खेल दिनको २ बजे हुने आयोजकले जनाएको छ ।
भद्रपुर, १६ कात्तिक । पाँच दिनदेखि बेपत्ता झापाको गौरीगञ्ज गाउँपालिकाका एक व्यक्तिको शव आज फेला पारिएको छ । गौरीगञ्ज–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव नेपाल भारत सीमाको ५०० मिटर दूरीको भारतीय भूमिमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कनकाई नदी किनारको कासघारीमा जमीनमुनि गाडिएको अवस्थामा शव फेला परेको हो । बेपत्ता राजवंशीको खोजीमा रहेका स्थानीयवासीले नै उनको घडी, पर्सलगायतका सामग्रीसहित गाडिएको स्थानबाट ५० मिटर दूरीको स्थान रगताम्य भेटेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाल र भारतीय प्रहरीको संयुक्त टोलीले शव खाल्डोबाट निकालेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख टेकेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजवंशीको हत्या…
विराटनगर, १६ कात्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएका कानून स्वतः खारेज हुने बताउनुभएको छ । यहाँस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने भएकाले प्रदेश सरकारलाई अलमलमा नपर्न आग्रह गर्नुभयो । मन्त्री ढकालले प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा गृहकार्य शुरु गरिसकिएको जानकारी दिनुभयो । प्रदेश सरकारको भावना र चाहनाप्रति सङ्घीय सरकार गम्भीर रहेको उल्लेख गर्दै आवश्यक कानून निर्माण गरी समयमै माग सम्बोधन गरिने उहाँले प्रष्ट पार्नुभयो । उहाँले न्यायालय र नेपाल सरकारअन्तर्गत कार्यरत कर्मचारीको सम्पत्ति विवरण सरकारसँग रहेको जानकारी दिँदै आवश्यक…