
बिर्तामोड, १७ कात्तिक । सनराइज एफएम र जनसंसद् तथा लोकतन्त्र पोष्टको संयुक्त टिम विवेचना दैनिकले आयोजना गरेको झापा मिडिया कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
ग्रासरुट फुटबल मैदानमा जारी मिडिया कपको पहिलो सेमिफाइनल खेलमा सनराइजले मेरो रेडियो र यलम्बर टाइम्सको संयुक्त टिमलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो अन्तिम सेमिफाइनल खेलमा आयोजक विवेचना दैनिकविरुद्ध जनसंसद् र लोकतन्त्र पोष्ट दैनिकको संयुक्त टिमले शानदार जीत निकालेर फाइनल यात्रा तय ग¥यो ।

शुक्रबार दिउँसो पत्रकार महिला र विर्ता लेडी जेसीजबीच मैत्रीपूर्ण खेल हुने र फाइनल खेल दिनको २ बजे हुने आयोजकले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
