
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शिवगञ्ज, २३ असार । झापाको शिवसताक्षी–६ शिवगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिहीबारबाट एक्स–रे सेवा सञ्चानलमा आएको छ । दक्षिणी क्षेत्र पाँचगाछी, महाभारा, बैगुनधुरा, शरणामती र धरमपुरका सेवाग्राहीहरुलाई लक्षित गरेर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सञ्चालन गरेको हो । बिहीबार, स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा शिबसताक्षी–६ का वडाध्यक्ष एवम् युवा नेता मनोज कार्कीले उक्त सेवाको उद्घाटन गरेका थिए । उनले धेरै लामो समयदेखी एक्स–रे सेवाको अभावमा ग्रामीण क्षेत्रवासीहरु सामान्य प्रकारका स्वास्थ्य समस्यामा दमक–बिर्तामाडसम्म पुग्नुपर्ने बाध्यता रहेको बताए । आर्थिक दृष्टिकोणबाट यहाँको नागरिकहरुले दमक र बिर्तामोडसम्म पुगेर एक्स–रे सेवा लिनुपर्ने पिडादायी यर्थाथ थियो, अव यो समस्या समाधान भयो, वडाध्यक्ष कार्कीले भने,जनताले उपेक्षा गरेका…
झापा, २३ असार । झापाका विभिन्न सामाजिक संघ–संस्थालाई साहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले रू एक करोड नगद सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वको ‘मेरो गाउँ, मेरो लगानी’ कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक कार्यालय, विभिन्न सामुदायिक विद्यालय, सामुदायिक भवन, पत्रकार महासंघ झापा शाखा, पर्यटनको क्षेत्र लगायतका दर्जनभन्दा बढी संघसंस्थालाई उक्त रकम प्रदान गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई रू १० लाख बराबरको ¥याडरगन र वे्रथलाइजर, नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचारकोषलाई रू दुई लाख, स्मार्ट चौक निर्माणका लागि (चारपाने, लक्ष्मीपुर, दुर्गापुर र सुरुङ्गा) रू १८ लाख, सैनिकमोडको सामुदायिक स्वास्थ्य भवनलाई रू दुई लाख,…
काठमाडौँ, २३ असार । युवा नेताले युवा स्वरोजगार कोषबाट लिएको पाँच करोड धितोवापतको रकम युवा नेताले नै तिर्नुपर्ने निर्णय भएको छ । शुक्रबार पार्टी मुख्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन संघको संयुक्त बैठकमा सो निर्णय भएको हो । स्रोतका अनुसार जगत सिम्खडाको २५ जनाको टोलीबाहेक अन्य टोलीले स्वरोजगार कोषअन्तर्गतको रकम भुक्तानी गरेका छैनन् ।
कनकाई, २३ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि सहारा नेपाल साकोसले थप दुई लाख रुपैयाँ प्रदान गरेको छ । शुक्रवार सुरुङ्गामा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरो गाउँ, मेरो लगानी’ कार्यक्रममा उक्त रकम प्रदान गरिएको हो । पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी र महासंघ झापाका कार्यवहाक अध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई संयुक्त रुपमा उक्त रकमको चेक प्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि सांसद एलपी साँवा लिम्बू, सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेल र प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले संयुक्त रुपमा चेक प्रदान गरेका थिए । सहयोग…
झापा, २२ असार । गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले रू ४० मा बिक्री गरिरहेका छन् । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिनुभएका पाँचथर अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो रु ६ देखि रु ८ सम्ममा गोलभेँडा बिक्री गरेको बताए । उनले भने, ‘यसपाली गोलभेँडा पर्याप्त उत्पादन भएको छ, उचित मूल्य पाइएको छैन ।’ व्यापारीले विभिन्न बहाना बनाएर किसानलाई उचित मूल्य दिन मान्दैनन् । तरकारी व्यापारी रामभुषण शाह प्रतिकिलो गोलभेँडा रू ४० मा बिक्री गरिरहेको बताए ।…
दिग्गज बलिउड अभिनेता मिथुन चक्रवर्ती आफ्नो छोराका कारण तनावमा परेका छन् । विवाहको दुई दिनअघि उनका छोरा महाक्षयमाथि बम्बै हाइकोर्टमा बलात्कारको मुद्दा परेको छ । महाक्षयले आफूमाथि बलत्कार गरेर गर्भपतन गर्न लगाएको आरोपसहित एक भोजपुरी अभिनेत्रीले मुद्दा दायर गरेकी हुन् । मुद्दा दायरसपछि महाक्षयले अग्रिम जमानतका लागि निवेदन दिएका थिए । तर, उक्त निवेदन अदालतले खारेज गरेको छ । त्यसैले महाअक्षय पक्राउ पर्ने सम्भावना बढेको छ । महाक्षय र अभिनेत्री शिला शर्माकी छोरी मदालसा शर्माबीच ७ जुलाईमा बिहे हुँदैछ । आज संगीत सेरिमोनीका लागि पाहुनाहरु बोलाइएको छ । तर, महाक्षयमाथि गम्भीर आरोप लागेपछि बिहे हुने(नहुने ठेगान छैन । मदलसाकी आमा…
काठमाडौँ, २२ असार । प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । कांग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो । संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले तपार्इंहरुको माग अर्को बैठकको कार्यसूचीमा आउने जानकारी गराए । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले डा केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्व संसद्मा दर्ता भएको हुँदा सो प्रस्तावलाई छलफलमा नल्याएसम्म बैठक चल्न नदिने जानकारी गराए । सभामुखको पटक पटकको आग्रहपछि पनि नेपाली कांग्रेसका सांसदहरु उठिरहेपछि बैठक…
लोग्नेस्वास्नीको झगडा परालको आगो भन्छन् । तर यो झगडा कहिलेकाहीँ यति सल्किँदो रहेछ कि यसले निकै डरलाग्दो रुप लिन्छ, जुन कल्पना गर्न पनि सकिँदैन । लोग्नेस्वास्नीबीच झै–झगडा, कुटाकुट भएका खबर त हाम्रो समाजमा पनि आइरहन्छन् । उता थाइल्याण्डमा चाहिँ एकजना महिलाले आफ्नो पतिको लिंग छिनाइदिएकी छन् । लोग्नेको लिंग छिनाइदिनुको कारण पनि रोचक नै छ । वास्तवमा उनको लोग्नेको परस्त्रीसँग अवैध सम्बन्ध रहेछ । सोही कुरा थाहा पाएपछि रिसले चूर भएकी ती महिलाले धारिलो चक्कुले प्रहार गरी लोग्नेको यौनांग च्वाट्टै पारिदिइन् । अनि काटेको लिंगको टुक्रा झ्याल बाहिर फ्याँकिदिइन् । समाचार अनुसार लोग्नेको लिंग छिनाउने महिला २४ वर्षीया करुण सनुसन…
नगरकोट, २१ असार । राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै छरिएर रहेका राप्रपा एक स्थानमा उभिने छ भन्नुभयो । वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्द्रीकरण गर्ने प्रवृत्तिको संकेत भएको उहाँको भनाइ थियो । अध्यक्ष राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलका हकमा सुनाएको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकीकरणको मूल सिद्धान्तको समेत खिल्ली उडाएको आरोप लगाउनुभयो । केदारभक्त…
काठमाडौँ, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ १४ गतेपछि ९निर्वाचन आचारसंहिता लागू भएपछि० वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको थियो । उक्त निर्णयका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न काँग्रेस केन्द्रीय कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न लागेको आरोप लगाउनुभयो । अघिल्लो सरकारले गरेका निर्णय संसद्बाट निर्वाचित सरकारकै निर्णय भएको…