झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एक भारतीय प्रहरी अधिकारीको हत्याको आरोपमा उनकी पत्नीसहित चार जना छोरीहरु पक्राउ परेका छन् । रिपोर्टका अनुसार जिन्स पाइन्ट लगाउन नदिएको निहुँमा उनीहरुले भाडाका अपराधीहरुलाई हत्या गर्ने जिम्मा दिएका थिए । सब इन्सपेक्टर मेहरबान अलीको शव भारतको उत्तर प्रदेशमा नालीमा आइतबार फेला परेको थियो । उक्त स्थान अलीको घरबाट मात्र २५० मिटर टाढा रहेको थियो । हत्याका लागि ‘कन्ट्रयाक्ट किलर’ लाई प्रयोग गरेको स्वीकार गरेपछि प्रहरीले ५२ वर्षीया जाहिदा बेगमसहित छोरीहरु साबा (२६), जिनत (२२), इराम (१९) र आलिया (१८) लाई शाहाजाहँपुरमा रहेको उनीहरुको घरबाट पक्राउ गरेको छ । अलीको शव फेला परेपछि गरिएको अनुसन्धानको क्रममा सो क्षेत्रमा लगाइएको सिसिटिभीको…

Read More

बलिउडमा यतिबेला बायोपिकको लहर नै चलिरहेको छ । सञ्जय दत्तको बायोपिकले हलहरुमा धुम मच्चाइरहेका बेला अश्लिल फिल्मको पृष्ठभूमिबाट आएकी अभिनेत्री सन्नी लियोनी पनि आफ्नो बायोपिकलाई लिएर निकै उत्साहित देखिएकी छन् । सन्नी लियोनीको बायोपिक ‘करणजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ अहिले निर्माणाधिन छ । फिल्मको मोसन पोस्टर हालै सार्वजनिक गरियो । उक्त पोष्टर सामाजिक सञ्जालमा सेयर गर्दै सन्नीले लेखेकी छन्, ‘चाँडै नै मेरो जिन्दगी एउटा खुल्ला किताबजस्तो हुनेछ ।’ फिल्म १६ जुलाईमा रिलिज हुने सन्नीले जानकारी दिएकी छन् । फिल्मको पोष्ट हेर्दा यसमा सन्नी लियोनीको जीवनमा दुई भाग समावेश हुनेछन् । पहिलो भागमा पोर्न उद्योगमा आयनसअपघ सन्नीको जीवन…

Read More

इरान एक कठोर इस्लामिक कानून भएको देश मानिन्छ । समाजमा कडा मुस्लिम परम्परा तथा कानून हावी छ । गत वर्ष देशमा यस्ता कतिपय परम्परामा परिवर्तनको कोसिस गरियो । तरपनि रुढीवादी सोँच आजपनि हावी छ । यसको सबैभन्दा ठूलो उदाहरण चाहीँ बिहे अगाडि केटीहरुको कुमारीपनको प्रमाणपत्र मागिनु । बिहे गर्नका लागि भर्जिनिटी सर्टिफिकेट मागिने भएपछि अविवाहित युवतीहरु आफ्नो यौनांगको सर्जरी सम्म गराउँदछन् । यद्यपि कानूनी रुपमा यस्तो गर्नु वर्जित छ । तर धेरै पुरुषहरुले पुरुषवादी समाजमा आफ्नो अधिकारको दुरुपयोग गरी महिलाहरुलाई मानसिक प्रताडना दिने गरेको पाइन्छ । इरानी समाजमा बिहे नगर्ने पुरुषलाई नामर्द भनिन्छ र त्यस्तो पुरुष आफ्नो घरपरिवार सँग पनि…

Read More

स्वास्थ्य कस्तो छ भन्नेबारे हाम्रो शरीरका विभिन्न अंगले अनेक किसिमका संकेत दिइरहेका हुन्छन् । हातले पनि हृदयाघात, पोषक तत्वको कमी, ‘थाइराइड फङ्सन’ जस्ता कुराको संकेत गर्ने गर्छन् । हत्केला, छालाको बनावट, नङ, पसिनाका ग्रन्थी र रङले शरीरमा विभिन्न तत्वको अभावको संकेत गरिरहेका हुन्छन्। थाइराइड फङ्सन सुन्निएका औंला र चिसा हात ‘हाइपोथाइराइडिजम’ (असामान्य रुपले निस्क्रिय थाइराइड) को संकेत हुन सक्छ । सक्रिय खालका थाइराइड अर्थात् ‘हाइपरथाइराइडिजम’मा भने हातको छाला रातो या सुख्खा हुने गर्छ। पोषक तत्वको तह नङ बिनाकारण भाँच्चिइरहन्छ भने त्यो जिंक, भिटामिन ए, भिटामिन सी र बायोटिनजस्ता पोषक तत्वको कमीका कारण हुन सक्छ । यो क्याल्सियमको कमी हुने रोग…

Read More

काठमाडौँ, १८ असारः मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ । मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले बुधबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । मनसुन रेखा क्रमशः दक्षिणतर्फ सरेपछि मात्र नेपालमा वर्षा कम हुन्छ । यही असार १४ गतेदेखि मनसुन देशैभर फैलिएका कारण बदलीसँगै वर्षा भइरहेको छ । आइतबार साँझदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ । अहिले पनि काठमाडौँ…

Read More

काठमाडौँ, १८ असारः ललित स्मृति अठार वर्षमुनिको राष्ट्रिय फुटबल प्रतियोयगिताअन्र्गत आज भएको पहिलो क्वाटरफाइल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश ग¥यो । हिमालयन शेर्पाका छिरिङ शेर्पाले आर्मीको लागि आत्मघाती गोल गरेका थिए । त्यस्तै आर्मीका लागि विवेक चौधरी र सुसन लामाले गोल गरेका थिए । आर्मीले सेमिफाइलनमा अब मोरङ फुटबल क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मोरङले क्वाटरफाइलनमा च्यासल फुटबल क्लबलाई पराजित गरेको थियो । आर्मी समूह ‘ए’को विजेताको रुपमा अन्तिम आठमा पुगेको थियो भने हिमालयन समूह ‘डि’ बाट उपविजेता बन्दै क्वाटरफाइनलमा…

Read More

उर्लाबारी, १८ असार: बेलबारी नगरपालिका– १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट आज एक मजदुरको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट पूर्व–पश्चिम राजमार्गमा मर्मत सम्भार र सरसफाइको काम गर्दै आएका जहदा गाउँपालिका–४ का ५५ वर्षीय रघु महतोको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो । राजमार्ग किनारमा टेण्टभित्र सुतिरहेको अवस्थामा जंगलबाट निस्किएको हात्तीले महतोलाई आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको थियो । महतोसँगै सुतेका अन्य दुईजनाले भागेर ज्यान जोगाएका थिए ।

Read More

बिर्तामोड, १८ असारः हात्तीले उपद्रो मच्चाउन थालेपछि नियन्त्रणको माग गर्दै जनप्रतिनिधिले तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । हात्ती नियन्त्रणका लागि सरकारले ठोस् नीति तथा योजना नल्याएको भन्दै उनीहरुले समस्या समाधानका लागि अग्रसरता लिन सरकारको ध्यानाकर्षण गराएका हुन् । भारतको पश्चिम बंगालबाट नेपाल भित्रिने जंगली हात्तीको आतंकबाट यस क्षेत्रका नागरिक असुरक्षित हुँदै आएका छन् । प्रदेश १ का सांसद एकराज कार्कीले हात्ती नियन्त्रणका लागि सरकारले चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ रकम विनियोजन गरेको बताए । तर, अहिलेसम्म उक्त बजेटबाट हात्ती नियन्त्रण गर्ने काम भएको छैन । ‘आगामी वर्ष थप छ करोड बजेट आउँदैछ’, उनले भने, ‘बजेट ल्याएर मात्र हुँदैन,…

Read More

अर्जुनधारा, झापा, १८ असारः कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन् । कमसल सामग्रीको प्रयोग, कालोपत्रे गर्न आवश्यक तापक्रम विपरीत छिटो काम सक्ने बहानामा बिहान र रातिसम्म काम गरेका कारण सडक गुणस्तरहीन भएपछि आक्रोशित बनेका उनीहरुले ठेकेदार र निर्माणको जिम्मा लिएको सम्बन्धित निकायका प्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत अख्तियारमा उजुरी दिने बताए । गतवर्ष असार २० गते सम्झौता भएको सो कामको जिम्मा संयुक्तरुपमा इलामस्थित गजुरमुखी र खनाल कन्स्ट्रक्सनले प्राप्त गरेका थिए । सडकमा देखिएको समस्याको विषयमा स्थानीयले गुनासो गरेपछि आफूले पटक–पटक ठेकेदार डिल्ली खनाल र जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख…

Read More