
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २५ कात्तिक । उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषद्सँग अनुमति लिएका छैनन् । उनको भ्रमणबारे ‘जानकारी नभएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘निजी खर्चमा उपचार गर्न थाइल्यान्ड जान लागेको पत्रपत्रिकामा पढेको थिएँ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘उपचारै गर्नका लागि त परराष्ट्रलाई सोधिरहन पर्दैन ।’ परराष्ट्रले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमणको प्रोटोकल सिधै हेर्दै आएको छ । देश संघीय संरचनामा गएपछि प्रदेशका मुख्यमन्त्रीहरूको भ्रमण…
कञ्चनपुर, २५ कात्तिक । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना बस्न भएका हुन् । साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराजले बताए । कहीँ गएर पनि न्याय नपाएपछि परिवार अनिश्चितकालीन धर्ना बस्ने निर्णय लिएको उनले बताए । ‘न्याय नपाउँदासम्म धर्नामा बसिरहन्छु,’ शनिबार महेन्द्रनगरको खुलामञ्चमा महिला अधिकारकर्मी र स्थानीयसँगको छलफलमा उनले भने, ‘छोरीका हत्यारा पत्ता लगाउनका लागि दबाब दिन जे पनि गर्न तयार छु ।’ आइतबार…
काठमाडौंँ, २५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ । नेकपा सचिवालय बैठकले यही कात्तिक ८ गते दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रदेश कमिटीको सदस्य सङख्या, केन्द्रीय नेताहरुको जिम्मेवारी तथा पार्टीको तल्लो स्तरसम्मको एकता प्रक्रियाका लागि गृहकार्य गर्ने जिम्मेवारी दिइएको थियो । सोही जिम्मेवारीअनुरुप कार्यदलले सघन रुपमा काम गरिरहेको नेकपाका महासचिव तथा कार्यदलका सदस्य विष्णुप्रसाद पौडेलले बताए । कार्यदलले गृहकार्य गरी तयार गर्ने प्रतिवेदनलाई पार्टीको सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी पाएको छ । कार्यदलले गृहकार्यलाई…
काठमाडौँ, २५ कात्तिक । देशको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ । ‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो । काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको आज १०४ औँ गणेशमान जयन्तीका अवसरमा काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । २१ वर्षअघि यो भवनको शिलान्यास पनि उहाँले नै गर्नुभएको आज आयोजित कार्यक्रममा जानकारी दिइयो । शिलान्यास भएको २१ वर्षपछि निर्माण सम्पन्न भएकाले कति खर्च लाग्यो भन्नेसमेत काङ्ग्रेस काठमाडौँका नेतालाई थाहा छैन । सभापति कृष्ण सबुज बानियाँले यस अवधिमा धेरै…
हिमांशु चौधरी जनकपुरधाम, २५ कात्तिक । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजदेखि सुरु भएको छ । मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही…
बनियानी, २५ कात्तिक । तिहारमा मनोरञ्जनका लागि खेलिने देउसी–भौलो पछिल्लो समय रचनात्मक बन्दै गएको छ । धार्मिक तथा सांस्कृतिक हिसाबले देउसी–भौलोको आफ्नै विशेष महत्व छ । सँगै देउसी–भैलोको माध्यमबाट विभिन्न सामाजिक कार्य हुन थालेपछि यसको ओज अझ बढेको हो । झापा शिवसताक्षी–९ का युवाले देउसी–भैलोबाट संकलित रकम शनिबार मृगौलापीडितलाई प्रदान गरेका छन् । स्थानीय युवा अनिल खरेलको नेतृत्वमा खेलिएको देउसी–भैलोबाट संकलित रू ५० हजार ५६५ सोही वडाकी मृगौलापीडित २७ वर्षीया सम्झाना बुढाथोकी (राउत)लाई प्रदान गरिएको हो । छोरी सम्झनालाई एक्कासी बान्ता आउँन थालेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन लैजाँदा दुवै मृगौला बिग्रिएको थाहा भएको बुबा भुवन बुढाथोकीले बताउनुभयो ।…
काठमाडौँ, २५ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताउनुभएको हो । नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उहाँले बिपी र सुवर्ण शमशेरले स्थापना गर्नुभएको मान्यता नै काङ्ग्रेसको मार्गदर्शक नीति हो भन्नुभयो । सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने जानकारी दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण…
काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउन लागि सुरु गर्नु भएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरको घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ । सुभकामना सन्देशमा भनिएको छ, ‘फाल्गुनन्दले वि.सं. १९८८ बैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको ७ बुंदे घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाइ लाग्छ त्यो घोषणा पत्रले हाम्रो समाज सुधारका लागि ठुलो योगदान ग¥यो ।’ फाल्गुनन्दले समाज सुधारका…
सन्तोष शर्मा बिर्तामोड, २५ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले युवाहरुलाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा ब्याज अनुदान वितरण कार्यक्रम’मा बोल्दै अर्थमन्त्री खतिवडा सो कुरा बताउनुभएको हो । अर्थमन्त्री खतिवडाले युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याएको समेत जानकारी दिनुभयो । ‘शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिरहुन पर्दैन’, उहाँले भन्नुभयो, ‘योग्यताका आधारमा युवाहरुलाई सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था मिलाइएको छ ।’ युवालाई व्यवसायी बनाउन सरकारले वैदेशिक रोजगारबाट फर्किएकालाई रू १० लाख, शीप भएका महिलालाई रू १५ लाख, दलितलाई रू १०…
बनियानी, २४ कात्तिक । झापाको दमक नगरपालिकाले भोलि (आइतबार) फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिनुभयो । ‘राष्ट्रिय विभूत फाल्गुनन्दको सम्मानका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ’, उहाँले भन्नुभयो, ‘इलामको चुलाचुली गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको छ ।’ त्यस्तै, ताप्लेजुङको फत्तालुङ गाउँपालिकाले पनि फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । ‘फाल्गुनन्दको जन्मदिनमा किरात धर्मालम्बीहरुले बिदा दिन माग गर्दै आएका छन्’, उहाँले भन्नुभयो, ‘धर्मगुरु र किरात धर्मावलम्बीका सम्मान लागि पनि बिदा दिइएको…