
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ,२२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकबासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले आज दिनुभएको शुभकामना सन्देशमा गर्नुभएको छ । सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पूगने आशा राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिबाट…
निर्देशक नवल नेपाल पारिवारिक फिल्म बनाउन माहिर मानिन्छन् । गत वर्ष उनी निर्देशित फिल्म ुमंगलमु रिलिज भएको थियो । उनले लज्जा, भाग् सानी भाग्, तश्विर, महशुस लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । यस वर्ष उनी नयाँ फिल्म लिएर आउँदैछन् । अझै पनि निर्मात्री पुनम गौतमको निर्माण रहने फिल्ममा उनी निर्देशकको रुपमा छन् । माघ अन्तिम साताबाट फ्लोरमा जाने बताइएको अनटाइटल प्रोजेक्ट लामो समयदेखि चर्चामा छ । फिल्ममा अभिनेता पुष्प खड्का र बेलायतले भिषा रिजेक्ट गरेपछि लिलिबिलीमा प्रदीप खड्कासँग रोमान्स गर्न नपाएकी रेबिका गुरुङ अनुबन्ध भइसकेका छन् । अभिनेत्री दीपिका प्रसाईँ पनि फिल्ममा भित्रिएको बजारमा चर्चा थियो । अन्ततः दीपिकालाई…
बिर्तामोड, २२ कात्तिक । जिल्ला कारागार झापामा एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक प्रसाईंको दुवै मृगौला फेरिएको थियो । मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको र बुधबार उपचारको क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रसाईंलाई लागूऔषध मुद्दामा जिल्ला अदालत झापाले १२ वर्ष कैद सजाय सुनाएको थियो । उहाँ २०७३ असोज १० गतेदेखि झापा कारागारमा जेल जीवन बिताइरहेका प्रनाउ श्रेष्ठले बताउनुभयो ।
काठमाडौँ, २२ कात्तिक । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा…
काठमाडौँ, २२ कात्तिक । थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । उक्त छनौट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ । अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो । छनौट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । उक्त च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८…
इटहरी, २२ कात्तिक । सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा बुधबार दिउँसो आगलागी हुँदा कम्तिमा एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । एक दर्जन बढी व्यावसायिक कारोबारका पसल तथा व्यवसाय रहेको उक्त भवनमा विद्युत् ‘सर्ट’ भएर दिउँसो १ बजेतिर आगलागी शुरु भएको इटहरी बारुणयन्त्र कार्यालयले जानकारी दिएको छ । आगलागीमा परेर विनोद पराजुलीको नाममा रहेको उक्त चारतले भवनको माथिल्लो तीन तला पूर्ण रूपमा ध्वस्त भएको छ । आगलागीका कारण त्यो भवनभित्र रहेका अधिकांश पसल तथा व्यवसायीको सरसामान पूर्ण रूपमा जलेर नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।…
झापा, २२ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण…
जनकपुरधाम, २१ कात्तिक । नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभामा काङ्गे्रसका प्रमुख सचेतकसमेत रहनुभएका खाँडले सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको भन्दै सोकोविरूद्धमा काङ्गे्रसले छठपर्वपछि रचनात्मक र सङ्घर्षशील कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । मुुलुकमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कष्टकर अवस्थामा रहेको उहाँको भनाइ थियो । उहाँले हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, घर करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थिर बनेको छ भन्नुभयो…
काठमाडौँ, २१ कात्तिक । वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा आज निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका श्रेष्ठको आज बिहान ५ः३५ बजे निधन भएको नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो । तनहँु बन्दीपुरमा जन्मनुभएका श्रेष्ठले भारतको कोलकत्ताबाट कानूनी शिक्षा हासिल गर्नुभएको थियो । सर्वोच्च अदालत बारको पहिलो अध्यक्षसमेत रहनुभएका श्रेष्ठ नेपाल बार एशोसिएशन र नेपाल कानून समाजको पनि अध्यक्ष हुनुभयो । कानूनसम्बन्धी धेरै कृति र लेख प्रकाशन गर्नुभएका श्रेष्ठले पञ्चायत कालमा प्रजातन्त्रको पक्षमा उभिनुभएका बिपी कोइरालालगायत नेताको पक्षमा कानूनी बहस पैरवी गर्नुभएको थियो । नेपालको कानूनी शिक्षा,…
मञ्जुल बराइली र अनुसा थापाको स्वरमा समावेश तिहारको गीत सार्वज्निक भएको छ । सन्जिब बराइलीले यो गीतमा शब्द तथा संगीत भरेका छन् । यो गीतको भिडियोमा बखत बिष्ट र प्रतिभा चौधरी बिष्टको जोडीलाई हेर्न सकिन्छ । अहिले यो जोडी युटुबमा चर्चामा छ । केशव खड्काले निर्देशन गरेको भिडियोमा कुसुम सिटौलाको कोरियोग्राफी, टंक केसीको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । भिडियोमा मोनिका, कृतिमा, कुसुम, श्रृजना, कुसल, नयन, अलिकलाई पनि देख्न सकिन्छ ।