झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, २१ कात्तिक । झापामा तीन महिनाको अवधिमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न पाँचसय भन्दा बढी मानिस पक्राउ परेका छन् । तीन महिनायता जिल्लामा विभिन्न अपराधमा संलग्न ५ सय २५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । तथ्यांक हेर्ने हो भने झापामा दैनिक सरदर ६ जना पक्राउ पर्ने गरेका छन् । प्रहरीले सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित ६४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका साथबाट डाइजोपा, लुपिजेसिक, फेनारगन ३३५७ एम्पुल, नाइट्रोसन २२२ चक्की, ब्राउन सुगर १०८ ग्राम ४१७ मिलिग्राम, पियोमिन १४ थान, चरेस १ किलो ५०० ग्राम बरामद गरिएको कार्यालयले जनाएको छ…

Read More

कञ्चनपुर, २१ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाई माथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ उहाँले भन्नुभयो, “राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पु¥याउन थालेको छ ।” बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुश्किल हुन थालेको उहाँले बताउनुभयो । डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो…

Read More

भद्रपुर, २१ कात्तिक । लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा देवकोटा स्मारक संरक्षण समिति भद्रपुरले मनोरथ स्मृति काव्य कृति पुरस्कारबाट आज साहित्यकार होम सुवेदीलाई सम्मान गरेको छ । यसै वर्षदेखि शुरु गरिएको सो पुरस्कारको राशी नगद रु २० हजार र सम्मानपत्र रहेको छ । त्यसैगरी समितिले प्रत्येक वर्ष साहित्यिक स्रष्टालाई सम्मान गर्दै आएको छ । सो सम्मानबाट साहित्यकार विरही अधिकारी सम्मानित हुनुभएको छ । उहाँलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । यसअघि सामुदायिक मुना भवन देवकोटा चोक भद्रपुर–९ स्थित रहेको देवकोटाको शालिकमा वरिष्ठ साहित्यकार तथा भाषाविद् चूँडामणि रेग्मी, तारा विविध, पूर्वन्यायाधीश नन्दप्रसाद पौडेल, विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहाललगायतले…

Read More

चितवन, २१ कात्तिक । भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ना६ख ९३६६ नंको बस बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो । बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ ।

Read More

बनियानी, २१ कात्तिक । जिल्ला बाल कल्याण समिति झापाले एक महिने शिशु खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीलाई जिम्मा लगाएको छ । जिल्ला बाल कल्याण समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले एसओएस बालग्राम इटहरीलाई सामाजिक सुरक्षासहितको जिम्मेवारीका साथ शिशु जिम्मा लगाएको हो । माइती घर दमक बताउने संगीता दर्जीले २०७५ साल असोज १९ गते जन्म दिएकी छोरी खुशीका पिता प्रेम कार्की बेपत्ता भई हिँडेको र आमा संगीता पनि मादक पदार्थ सेवन गरी अचेत अवस्थामा रहने गरेकाले नवजात शिशु बिर्तामोड–५ मा बेवारिसे अवस्थामा पाइकाले प्रहरीले शिशुको उद्धार गरी मेची अञ्चल अस्पतालमा सुरक्षार्थ राखेको थियो ।…

Read More

काठमाडौँ, २१ कात्तिक । वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढएको छ । विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभगी गराउने लक्ष्यसहित सरकारले ऋण दिने नीति अघि बढाएको हो । सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमका समावेश गरेको परियोजनामा आधारित ऋण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुगेको श्रम, रोजगर तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्तसचिव रामप्रसाद घिमिरेले बताए । आजको कारोवार दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २१ कात्तिक । अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गरेर बैंकहरूलाई यस्तो निर्देशन दिएको हो । बिनाप्रयोजन विदेश जाने प्रवृत्ति बढ्न थालेपछि त्यो नियन्त्रणका लागि डलर सटही सीमा घटाइएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए। तीन वर्षअघि राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुक जाने नागरिकलाई राहदानीबापत प्रतिपटक २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही दिने व्यवस्था थियो। ‘स्वदेशी पर्यटनलाई प्रवर्द्धन र विदेशी पर्यटनलाई निरुत्साहित गर्न यस्तो नीति ल्याइएको हो,’…

Read More

काठमाडौँ, २१ कात्तिक । दक्षिण कोरियामा एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मंगलबार मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो । तुम्बापो दुई वर्षअघि इपिएसमार्पmत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए । मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

Read More

काठमाडौँ, २१ कात्तिक । नेपाली काङ्ग्रेसले पार्टीको महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारीलाई तीव्र गति दिएको छ । पार्टीले सो कार्यका लागि सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा आर्थिक नीति मस्यौदा समिति गठन गरेको थियो । समितिको आज बसेको बैठकले समग्र आर्थिक नीति मस्यौदा तयारीमा विज्ञहरु डा स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल, डा पोषराज पाण्डे, अच्युत वाग्ले र डा विश्व पौडेलसँग आवश्यक सहयोग लिने निर्णय गरेको छ । समितिले यसअघि आर्थिक नीति मस्यौदा तयारीका लागि आवश्यक सुझाव लिने क्रममा यही कात्तिक ९ गते गण्डकी प्रदेशको पोखरामा सो क्षेत्रका पार्टी सभापति तथा विज्ञको संलग्नतामा सुझाव लिने काम सम्पन्न गरिसकेको छ…

Read More

काठमाडौँ, २१ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभयो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली…

Read More