
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरिसकेकी केकी अधिकारीले यस वर्ष फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरिन् । फिल्ममा उनी स्वयंको प्रमुख भूमिका थियो । साथमा थिए प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने पनि । फिल्मले घरेलु बजारमा सुखद व्यापार गरेको थियो । करोडको केक काटेपछि फिल्म विदेशमा पनि राम्रो विक्यो । अब केकी फेरि दोस्रो पटक आफ्नो ब्यानरबाट नयाँ फिल्म निर्माण गर्दैछिन् । ‘क’ फाप्ने बताउने उनी अब ‘कन्याकुमारी’ नाममा फिल्म बनाउँदैछिन् । हाल फिल्मको कथा लेखनको काम भइरहेको छ । फिल्ममा पाँच जना नायिका हुने केकीले जानकारी दिइन् । प्रियंका र ऋचालाई दोहोर्याउने इच्छा भएपनि फाइनल भने नभएको उनले…
काठमााडौँ, २० कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् । उनको घरायसी कममा समेत सरकारी गाडी, इन्धन र चालक छन् । उनी मन्त्रालयले उपलब्ध गराउको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलार्य गृह मन्त्रालयले बा…
बिर्तामोड, २० कात्तिक । झापाको मेचीनगर–५ स्थित नकलबन्दाबाट सोमबार दिउँसो प्रहरीले मरिच बरामद गरेको छ । मेनपा–५ नकलबन्दा स्थित टहरामा नेपालबाट भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको ६० हजार रुपैयाँ बराबरको कालो मरिच ४ बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठमाडौं, २० कात्तिक । पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ । यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन्। आर्थिक वर्ष २०६४÷६५ देखि १०७४÷७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएको छ। ११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ । औसतमा वर्षमा एक हजार आठ सयभन्दा धेरैको ज्यान जान्छ । यो संख्या प्राकृतिक विपद्बाट मृत्यु हुने संख्याभन्दा झन्डै दुईगुणा बढी हो । तथ्यांकअनुसार प्राकृतिक विपद्मा परी वर्षमा औसत नौ सयको ज्यान जाने गरेको छ । ११ वर्षमा…
झापा, २० कात्तिक । आज तिहारको दोस्रो दिन, कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको संख्यासमेत बढ्न थालेको छ । आज बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले…
विराटनगर, २० कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटी सम्बन्धी समस्या पत्ता नलागेपछि उहाँ उपचारका लागि गत शुक्रबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको थियो । मुख्यमन्त्री राईको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको स्वास्थ्य जाँचअनुसार अवस्था सामान्य रहेको उहाँका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताउनुभयो । घाँँटीको समस्याबाट पीडित उहाँको विस्तृत रिपोर्ट कात्तिक २६ गते प्राप्त हुने भएको छ । मुख्यमन्त्री राई निजी खर्चमा उपचारका लागि थाइल्याण्ड जानुभएको थियो ।
काठमाडौँ, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसको महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो । महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको शर्माले बताउनुभयो । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ । काङ्ग्रेसले संविधानको…
काठमाडौं, २० कात्तिक । निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा एक करोड ११ लाख ६१ हजार ६ सय रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । सिंह गत बर्ष सहायक वन अधिकृत राजपत्राकिंत पाँचौँ पदबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए । उनलाई राजपाले प्रदेश सांसदको समानुपातिक सुचीमा समेत राखेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।
सान नेपाल गौरादह, २० कात्तिक । गौरादह नगरपालिका वडा नं.–४ का महिलाले जनप्रतिनिधि विकास विरोधी भएको गुनासो गरेका छन् । नगर महिला सञ्जालद्वारा आयोजना गरिएको उद्घोषण तालिमको समापनमा सहभागी भएका महिलाहरुले जनप्रतिनिधि प्रति आक्रोश व्यक्त गर्दै त्यस्तो गुनासो गरेका हुन् । जनप्रतिनिधिले आपूmहरुलाई धेरै आश्वासन दिएर चुनाव जितेको भन्दै उनीहरुले वडा नं. ४ मा कुनै पनि विकास निर्माण कार्य सन्तोषजनक रुपमा नभएको बताए । ‘चुनावमा भोट माग्न आउँदा निकै गुलिया कुरा गरे तर २ वर्ष बित्न लाग्दासम्म एउटा पनि महत्वपूर्ण काम गरेर देखाउन सकेनन्’, तालिममा सहभागी नैनकला भण्डारीले भनिन् । विद्यालय वरपर लुकेर बालबालिकाहरु मदिरा सेवन गर्छन् भन्दै उनले जनप्रतिनिधिहरुले…
अनिल वाग्ले झापा, २० कात्तिक । अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने एवम् समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तहको बीचमासम्बद्ध सरोकारवालाई समेटी संस्थागत साझेदारी निर्माण गर्ने उद्देश्यले देशभरका स्थानीय निकायमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम देशभर यही कात्तिक २९ गतेसम्म भइसक्ने झापाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताएका छन् । प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार झापाका १५ वटै स्थानिय तहमा पनि कार्यक्रम लागू हुनेछ । ‘धेरै स्थानीय तहमा समिति गठन भईसकेको छ ।’ प्रवक्ता श्रेष्ठले भने, ‘बाँकी स्थानीय तहमा पनि २९ गते अगाडि…