झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

क्वालालम्पुर, १७ कात्तिक । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् । सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् । हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा पेनिन्सुलार मलेसियामा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ । हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, १७ कात्तिक । सनराइज एफएम र जनसंसद् तथा लोकतन्त्र पोष्टको संयुक्त टिम विवेचना दैनिकले आयोजना गरेको झापा मिडिया कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । ग्रासरुट फुटबल मैदानमा जारी मिडिया कपको पहिलो सेमिफाइनल खेलमा सनराइजले मेरो रेडियो र यलम्बर टाइम्सको संयुक्त टिमलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो अन्तिम सेमिफाइनल खेलमा आयोजक विवेचना दैनिकविरुद्ध जनसंसद् र लोकतन्त्र पोष्ट दैनिकको संयुक्त टिमले शानदार जीत निकालेर फाइनल यात्रा तय ग¥यो । शुक्रबार दिउँसो पत्रकार महिला र विर्ता लेडी जेसीजबीच मैत्रीपूर्ण खेल हुने र फाइनल खेल दिनको २ बजे हुने आयोजकले जनाएको छ ।

Read More

भद्रपुर, १६ कात्तिक । पाँच दिनदेखि बेपत्ता झापाको गौरीगञ्ज गाउँपालिकाका एक व्यक्तिको शव आज फेला पारिएको छ । गौरीगञ्ज–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव नेपाल भारत सीमाको ५०० मिटर दूरीको भारतीय भूमिमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कनकाई नदी किनारको कासघारीमा जमीनमुनि गाडिएको अवस्थामा शव फेला परेको हो । बेपत्ता राजवंशीको खोजीमा रहेका स्थानीयवासीले नै उनको घडी, पर्सलगायतका सामग्रीसहित गाडिएको स्थानबाट ५० मिटर दूरीको स्थान रगताम्य भेटेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाल र भारतीय प्रहरीको संयुक्त टोलीले शव खाल्डोबाट निकालेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख टेकेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजवंशीको हत्या…

Read More

विराटनगर, १६ कात्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएका कानून स्वतः खारेज हुने बताउनुभएको छ । यहाँस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने भएकाले प्रदेश सरकारलाई अलमलमा नपर्न आग्रह गर्नुभयो । मन्त्री ढकालले प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा गृहकार्य शुरु गरिसकिएको जानकारी दिनुभयो । प्रदेश सरकारको भावना र चाहनाप्रति सङ्घीय सरकार गम्भीर रहेको उल्लेख गर्दै आवश्यक कानून निर्माण गरी समयमै माग सम्बोधन गरिने उहाँले प्रष्ट पार्नुभयो । उहाँले न्यायालय र नेपाल सरकारअन्तर्गत कार्यरत कर्मचारीको सम्पत्ति विवरण सरकारसँग रहेको जानकारी दिँदै आवश्यक…

Read More

काठमाडौँ, १६ कात्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ । कोषको भाखा नाघेको कर्जा उठन बाँकी रु २७ करोड पाँच लाख ६४ हजार ५७९ रहेको छ । सो कर्जा नतिर्नेलाई सो कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले बताउनुभयो । कोषले हालसम्म रु तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६…

Read More

विराटनगर, १६ कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नुभयो । दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उहाँको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताउनुभयो । यसअघि उहाँ वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराउनु भए पनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिनुभयो । उहाँ कात्तिक २४ गते स्वदेश फर्कनु हुने कार्यक्रम रहेको बताइएको छ । मुख्यमन्त्री राईको उपचार उहाँको निजी खर्चमा हुने भनिएको छ ।

Read More

सुरुङ्गा, १६ कार्तिक । विश्वभरका चिमरिया बन्धुहरु एकजुट भएका छन । आज चिमरिया बन्धुको केन्द्रिय भेला झापाको सुरुङ्गामा सम्पन्न भएको छ भने विश्वभर छरिएर रहेका चिमरिया बन्धुहरुविच आपसि एकता र भाइचारा स्थापित गर्ने उद्धेश्यले चिमरिया बन्धु प्रतिष्ठान नेपालको समेत गठन गरिएको छ । घनश्याम चिमरिया –झापा, को अध्धयक्षतामा गठित समितिको उपाध्यक्षमा प्रेम चिमरिया – झापा, बिष्णुबहादुर चिमरिया – काभे, र राम चिमरिया – दोलखा, चयन हुनुभएको छ । यसैगरि महासचिवमा पर्वत चिमरिया – तेह्रथुम, सचिवमा तुलसीप्रसाद चिमरिया –झापा, र कोषाध्यक्षमा लीलाप्रसाद चिमरिया – झापा, र सहकोषाध्यक्षमा बलबहादुर चिमरिया ताप्लेजुङ्ग रहनुभएको छ । यसैगरि सदस्यहरुमा शिवनाथ, टंकप्रसाद, गोपाल, धनमाया, मेदनी ब,…

Read More

विराटनगर, १६ कात्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनुु हँुदैन भन्नुभयो । मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारले आन्तरिक गृहकार्य शुरु गरिसकेको बताउनुभयो । प्रदेश सरकारको भावना र चाहानाप्रति सङ्घीय सरकार गम्भीर रहेको भन्दै मन्त्री ढकालले आवश्यक कानून निर्माण गरी यथोचित समयमा प्रदेश सरकारको मागलाई सम्बोधन गर्ने प्रष्ट पार्नुभयो । एक प्रश्नको जवाफमा कानूनमन्त्री ढकालले छिटो कानून निर्माण गर्दा…

Read More

पशुपतिनगर, इलाम, १६ कात्तिक । सरकारले इलामको रामसार क्षेत्र माइपोखरीलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत माइपोखरीलाई सो सूचीहमा सूचीकृत गरेको हो । माइपोखरीलाई छनोट गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित भएको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो । माइपोखरी सन्दकपुर गाउँपालिका–१ र ४ मा अवस्थित छ । सार्वजनिक सूचना, अध्ययन र विज्ञको सुझावका आधारमा माइपोखरीलाई सूचीकृत गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताउनुभयो । छनोट भएका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि चालू आवमा रु ५० लाख विनियोजन गरिएको…

Read More

चौतारा, १६ कात्तिक । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ । भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी ९१४० फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी बजारदेखि लिपिङ खोलासम्मको क्षतिग्रस्त स्थानको करीब २३० मिटर सडकको नयांँ ट्र्याक खोलेको छ । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र क्षेष्ठका अनुसार तातोपानी धाराभन्दा माथि २०० मिटर र कोदारीको कोप्लाङमा ३० मिटर ट्र्याक खोलिएको छ । त्यस्तै लिपिङ खोला नजिक सडकको तल्लो…

Read More